चितवन । चितवनमा ७० किलो गाँजासहित एक युवक पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय भण्डाराले ७० किलो गाँजासहित राप्ती नगरपालिका ३ का २६ वर्षीय सुजन श्रेष्ठ भन्ने वुद्धिलाल प्रजालाई पक्राउ गरेको हो । आज (शुक्रवार) राप्ती १ परेवाकोट हुँदै गाँजा ओसार पसार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको टोलीले दिउँसो २ बजे उनलाई पक्राउ गरेको हो । अन्य व्यक्ति भने फरार भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
खोजतलासको क्रममा ७० केजी गाँजा बरामत भएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








