• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ३. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ४. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ५. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ६. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ७. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ८. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ९. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • १०. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

संरक्षित स्थानीय जातका गाईलाई औषधि उपचार

  •   शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको भरतपुर–१ वागीश्वरीस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा रहेका स्थानीय जातका गाईहरुको उपचार तथा औषधि र भिटामिन वितरण गरिएको छ । आज (शनिबार) परेको विश्व भेटेरिनरी दिवस २०२२ को अवसरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले वागीश्वरीमा संरक्षित स्थानीय जातका गाईहरुको औषधि उपचारका साथै भिटामीन वितरण गरिएको हो । भेटेरिनरी अस्पतालका प्रमुख वरिष्ठ पशु विकास अधिकृत सुशील केसीले गौ संरक्षण केन्द्रका सेविका योगी निरन्जन नाथलाई औषधि तथा भिटामिन प्रदान गर्नुभएको थियो ।

    सो क्रममा नाथले गौ संरक्षण केन्द्रमा स्थानीय प्रजातिका २०० वटा गाईहरु संरक्षण गरिएको बताउनुभयो । संरक्षण केन्द्रमा रहेका गाईहरुलाई किर्ना र बर्खा लागेसँगैै खोरेतका कारण समस्या हुने गरेको नाथले बताउनुभयो । सो कार्यक्रममा भेटेरिनरी अस्पतालका प्रमुख केसीले त्यहाँ संरक्षण गरिएका गाईहरुलाई खोरेत विरुद्धको एफएमडी भ्याक्सिन प्रदान गरिने बताउनुभयो । “स्थानीय जातका गाईहरुलाई खोरेतबाट जोगाउनका लागि हामीले चाँडो पहल गर्छौँ” केसीले भन्नुभयो, “अबको एक हप्ताभित्र सबै गाईलाई पुग्नेगरी खोरेत विरुद्धको एफएमडी भ्याक्सिन प्रदान गर्छौँ ।”

    त्यस्तै गाईहरुलाई किर्नाबाट जोगाउनका लागि समेत डिपिङ ट्याङ्की राख्नका लागि पहल गर्ने केसीले बताउनुभयो । सो कार्यक्रममा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगालेले स्थानीय जातका गाईको बहुउपयोगिता रहेको भन्दै वागीश्वरीमा गाई संरक्षण हुनु सकारात्मक भएको बताउनुभयो । त्यहाँ रहेका गाईहरुलाई खानाको समस्या भएको आफूले जानकारी पाएको उल्लेख गर्दै घाँस रोप्ने ठाउँ बनाएको खण्डमा आफूले सुपर नेपियर जातको ४० हजार घाँसको बीउ निःशुलक उपलब्ध गराउने बगालेले बताउनुभयो ।

    स्थानीय प्रजातिको गाईको दूध, गहुत तथा गोबर धार्मिक प्रयोजनका लागि मात्रै प्रयोग नभएर औषधीय गुणसमेत हुने गरेको बगालेको भनाइ थियो । भेटेरिनरी पेसाको पुनरुत्थान तथा सुदृढीकरणका लागि संरक्षित गाईहरु भएको स्थानमा पुगेर विश्व भेटेरिनरी दिवस मनाइएको पशु विकास अधिकृत रामचन्द्र आचार्यले बताउनुभयो ।

    वागीश्वरीमा रहेका गाईहरुको स्वास्थ्य उपचारपछि नाम्ले, माटे र जुकाविरुद्धको औषधि (अलबेन्डाजोड), कलेजोलाई फाइदा गर्ने (लिभर टोनिक) औषधि तथा दूध उत्पादन बढाउने भिटामिन, क्याल्सियम र सुपर नेपियर जातको घाँस गौ संरक्षण केन्द्रलाई प्रदान गरिएको आचार्यले बताउनुभयो ।

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ५.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका

    • ६.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.