चितवन । बाघले आक्रमण गर्दा चितवनको खैरहनीमा एक जनाको मृत्यु भएको छ। आइतबार बिहान करीब ८ बजेको समयमा खैरहनी नगरपालिका १३ बैरिया बस्ने अन्दाजी ६५ को नारायण दाहाललाइ बाघले आक्रमण गरेको हो।
कुमरोज मध्यवर्ती सामुदायिक वनको राप्ती घाँसे मैदानमा घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको छ भन्ने खबर प्राप्त हुनासाथ नेपाल प्रहरी ,राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको टोलीले खोजी कार्य गरेको थियो। बाघले आक्रमण गरेको स्थान भन्दा करिब १ किलोमिटर भित्र घाँटीमा चोट लागेको र दाहिने खुट्टाको तिघ्रा भागमा खाएको अवस्थामा दाहालको शव फेला परेको प्रहरीले जनाएको छ।
अहिले घटनास्थलमा लास मुचुल्का उठाउने काम भइरहेको छ। बाघले आक्रमण गर्दा सनिवार पनि चितवन राष्ट्रिय निकुञ्जको कसरा हात्तीसार केन्द्रमा कार्यरत कर्मचारी (माहुते)को मृत्यु भएको थियो।








