• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक २१, २०८३
☰
शनिबार, कार्तिक २१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ३. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ४. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ५. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ६. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ७. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • १०. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

राप्रपाका गठबन्धन बिरुद्ध उम्मेद्बारी दिएका श्रेष्ठ र जोशीको प्रतिबद्धता पत्र सार्बजनिक

  •   आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को गठबन्धनविरुद्ध राप्रपाबाट नै उम्मेदवारी परेको छ । एमाले-राप्रपा गठबन्धनविरुद्ध योगलाल श्रेष्ठ र पवित्रा जोशीले उम्मेदवारी दिएका हुन् । श्रेष्ठले महानगरको मेयर तथा जोशीले उपमेयरमा उम्मेदवारी दिएका हुन् ।

    आइतबार भरतपुरमा पत्रकार सम्मेलन आयोजना गर्दै उम्मेदवारद्धयले एमाले-राप्रपा गठबन्धनविरुद्ध आफुहरुले उम्मेदवारी दिएको बताए । मेयरका उम्मेदवार श्रेष्ठले बिचार सिद्धान्त नै नमिल्ने पार्टीसँग राप्रपाले गठबन्धन गरेकोले त्यसविरुद्ध उम्मेदवारी दिएको बताए । ठूला भनिएका दलहरु नातावाद त कृपावादमा लिप्त हुँदा पदका लागि त्यही दलसँग गठबन्धन गर्नु अनुचित भएको उनको भनाइ थियो । उपमेयरकी उम्मेदवार जोशीले गठबन्धन नभएको भए अहिलेको अवस्था आउने थिएन भन्दै गठबन्धनविरुद्ध नै आफुहरुले उम्मेदवारी दिएको बताईन् ।

    उनले जनताको मत र मन जितेर विजयी हुने विश्वास व्यक्त गरिन् । यस्तै उम्मेदवारद्धयले आफ्नो प्रतिवद्धता समेत सार्वजनिक गरेका छन् । प्रतिवद्धतापत्रमा वृद्धवृद्धा आमाबुवालाई वृद्धाश्रम छोड्ने छोराछोरीलाई दण्डित गरिने उल्लेख छ । यस्तै ५० वर्ष भन्दा माथिका आमाबुवा र जेष्ठ नागरिकलाई सम्मानपूर्वक उपचार र हेरचाह गरिने तथा वृद्धवृद्धा मैत्री मनोरन्जनपार्कको व्यवस्थापन गरिने पनि प्रतिवद्धतापत्रमा भनिएको छ । कक्षा १२ सम्म अनिवार्य शिक्षा, भरतपुरलाई फोहोररहित शहर, महिलालाई घरमै बसी आयमुलक कार्यको व्यवस्थापन, ए‍ेलानी जग्गा खोजी व्यवसायिक संस्था र बिरामी कुरुवा घर बनाउने उपमेयर पदकी उम्मेदवार जोशीले बताईन् ।

    उनले ढल निकास र प्रदुषणरहित नारायणी नदी, तटबन्धको स्थायी व्यवस्थापन, प्रविधिमैत्री शिक्षा, अपाङ्ग, महिला र उत्पीडित विपन्न वर्गले सञ्चालन गरेको व्यवसायमा कर सहुलियत, महानगरबासीको अनिवार्य स्वास्थ्य बीमा, महानगरकै लगानीमा विपन्न वर्गका नागरिकको स्वास्थ्य बीमा, अनलाइन भुक्तानीलगायतको व्यवस्था गरिने बताईन् ।

    यसैबीच स्वतन्त्र उम्मेदवारद्धयले आजबाट घर दैलो अभियान पनि सुरु गरेका छन् । शनिबार चुनाव चिन्ह पाएसँगै आजबाट घरदैलो अभियान सुरु गरिएको हो । भरतपुरको २९ वटै वडामा घरदैलो कार्यक्रम गरिने मेयर पदका उम्मेदवार श्रेष्ठले बताए । उनीहरुले ‘खाने पानीको धारा’ चुनाव चिन्ह पाएका छन् ।

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ५.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.