• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक २१, २०८३
☰
शनिबार, कार्तिक २१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ३. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ४. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ५. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ६. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ७. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ८. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ९. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • १०. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

विपन्न परिवारको निःशुल्क स्वास्थ्य विमा : मेयरका उम्मेदवार चौधरी

  •   आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेकपा एमालेका तर्फबाट खैरहनी नगरपालिका प्रमुखका उम्मेदवार बन्नुभएका निवर्तमान नगरप्रमुख लालमणि चौधरीले आफू पुनः नगरप्रमुखमा निर्वाचित भएपछि विपन्न नगरवासीको निःशुल्क स्वास्थ्य विमा गरिदिने बताउनुभएको छ । आजदेखि सुरु भएको घरदैलो कार्यक्रमको उद्घाटनका क्रममा उम्मेदवार चौधरीले आफू निर्वाचित भएको खण्डमा आगामी कार्यकालमा ५०० विपन्न, गरिब परिवारको निःशुल्क स्वास्थ्य विमा गर्नुका साथै न्यूनतम पानीको महसुल पनि निशुल्क गर्ने बताउनुभयो ।

    ‘नगरको पूर्वाधारमा हामी अगाडि छौँ’, नगरप्रमुखका उम्मेदवार चौधरीले भन्नुभयो, ‘जनता प्रत्यक्ष लाभान्वित हुनेगरि लोककल्याणकारी कार्यक्रम ल्याइनेछ ।’ नगरप्रमुखका उम्मेदवार चौधरीले आफ्नो पहिलो कार्यकालमा पूर्वाधारको काम धेरै भएकोले अब लोक कल्याणकारी कार्यक्रमलाई प्राथमिकता दिइने बताउनुभयो । पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालनका क्षेत्रमा धेरै सुधार भइसकेको उल्लेख गर्दै चौधरीले अब विषेश ध्यान शिक्षा र स्वास्थ्यमा दिन आवश्यक रहेको औँल्याउनुभयो ।

    आफ्नो अघिल्लो कार्यकालमा पूर्वाधार विकास सहितको मूल्यांकनमा खैरहनी नगरपालिका चार पटकसम्म उत्कृष्ट घोषणा भएको उहाँको भनाइ थियो । चौधरीको कार्यकालमा स्थानीत तह क्षमता विकास स्वमूल्यांकनमा खैरहनी नगरपालिका लगातार दुई वर्ष देशभरकै उत्कृष्ट नगरपालिका भएको थियो । त्यस्तै सूचना प्रविध लेखाजोखा मुल्यांकनमा जिल्ला प्रथम तथा देशभर चौथो बन्न सफल भएको थियो । त्यसैगरी, विसं २०७५÷७६ मा राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट समेत खैरहनी नगरपालिका पुरस्कृत भएको थियो ।

    यी सबै नजिता ल्याउनमा जनप्रतिनिधि, कर्मचारीलगायत सम्पूर्ण नगरवासीको भूमिका रहेको चौधरीले बताउनुभयो । यसैबीच, नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनका लागि खैरहनीमा आइतबारदेखि घरदैलो तथा कोण सभा सुरु गरेको छ । एमालेका तर्फबाट नगरप्रमुखका उम्मेदवार लालमणि चौधरी र उपप्रमुख पदका उम्मेदवार कविता उप्रेतीले घरदैलो सुरुआत गर्नुभएको हो । नगरस्तरीय घरदैलो कार्यक्रमको सुरुआत खैरहनी–६ तुलसीपुरबाट औपचारिक कार्यक्रमका बीच गरिएको थियो ।

    घरदैलो कार्यक्रम सुरुआतका क्रममा प्रमुख अतिथि रहनुभएका नेकपा एमाले केन्द्रीय सदस्य जेएन थपलियाले सुक्ष्म ढंगबाट निर्वाचन प्रचारप्रसार र एमाले जिताउने अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । आइतबार पहिलो दिन खैरहनी वडा नम्बर ६ र ७ मा घरदैलो गरिएको छ । घरदैलो तथा कोण सभामा उपप्रमुख पदका उम्मेदवार कविता उप्रेती, खैरहनी ६ का वडाध्यक्षका उम्मेदवारसहित सदस्यहरु, वडा नम्वर ७ मा वडा अध्यक्षका उम्मेदवार मनेजर महतोसहित वडा सदस्यका उम्मेदवारहरु, एमालेका नेताहरु, युवा नेता तथा कार्यकर्ताहरुको उल्लेख्य मात्रामा उपस्थिति थियो ।

    सोमबार दोश्रो दिन खैरहनी नगपालिका वडा नम्बर–९ मा घरदैलो तथा कोण सभा गरिने निर्वाचन प्रचार प्रसार समिति संयोजक जगन्नाथ आचार्यले जानकारी दिनुभयो ।

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार

    • ६.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.