• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

गठबन्धनमा कलह छ, रुपन्देहीमा पहिलाका ८ भन्दा बढी जित्छौं: एमाले अध्यक्ष केसी

  •   सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    स्थानीय तहको निर्वाचन नजिकै आइरहँदा रुपन्देहीमा दलहरुले चुनावी गतिविधि तीव्र बनाएका छन् । रुपन्देहीको कुरा गर्ने हो भने गत निर्वाचनमा जिल्लाका १६ वटा स्थानीय तहमध्ये आठवटामा एमालेले एक्लै जित हासिल गरेको थियो । अहिले एमालेको जिल्ला कमिटीको नेतृत्व युवा नेता तेजेन्द्र केसीले गरिरहेका छन् ।  जिल्ला अध्यक्ष केसीले अहिले सिंगो रुपन्देही जिल्लाको चुनावी अभियानलाई अगाडि बढाइरहेका छन् ।

     

    यसपटकको स्थानीय निर्वाचन एमालेका लागि कत्तिको जटिल चुनौतीपूर्ण छ भन्ने विषयमा एमाले रुपन्देहीका अध्यक्ष केसीसँग न्युज कारखानाका लुम्बिनी प्रदेश संयोजक लक्ष्मण पौडेलले गरेको कुराकानी:

    स्थानीय तहको चुनावी अभियानमा हुनुहुन्छ । समग्र रुपन्देहीको अवस्था कस्तो पाउनुभएको छ ?

    –नेकपा एमालेको समग्र जिल्लाको अवस्था भनेको अत्यन्त राम्रो छ । हामी स्थानीय तहको चुनावमा अहिले १६ वटै पालिकामा हाम्रा निर्वाचन परिचालन कमिटी तथा त्यसभन्दा माथि निर्देशन कमिटी, आर्थिक कमिटी, स्वयंसेवक परिचालन कमिटीलगायत चुनाव केन्द्रित विभिन्न कमिटीहरु बनेका छन् । र हामी युद्धस्तरमा चुनावी तयारीमा जुटेका छौं । जिल्लाका १६ वटै पालिकामा एमालेको उत्साहजनक सहभागिता छ । अहिले हाम्रा उम्मेदवारहरु घरदैलो कार्यक्रममा हुनुहुन्छ । सबै कमिटीहरुले आफ्नो जिम्मेवारीको काम अगाडि बढाइरहेका छन् ।

    गएको स्थानीय तहको निर्वाचनमा एमालेले जिल्लाका आठवटा पालिका जितेको थियो । अहिले त्यो कायम रहन्छ ?

    –स्वाभाविक छ कि हामी पहिलेको चुनावमा भन्दा अहिलेको चुनावमा विजय हासिल गर्ने स्थानीय तहको संख्या बढाउँछौं । अहिले खासगरी दक्षिणतिर एमालेको प्रभाव अत्यन्तै उत्साहजनक देखिएको छ । र हामी चाहिं दक्षिणी क्षेत्रमा समेत विजय हासिल गर्ने योजनाका साथ अगाडि बढेका छौं । यसअघि जितेका स्थानीय तहमा त हामीले स्वाभाविकरुपले अत्यधिक मतका साथ विजय हासिल गर्छौं । र हामी थप ठाउँमा समेत विजय हासिल गरेर हामी पहिलेको चुनावमा भन्दा राम्रो परिणाम ल्याउँछौं । अहिले एमालेमा धेरै मानिसहरु प्रवेश गरेको अवस्था छ । त्यो प्रवेशका कारणले पनि एमालेको अवस्था सुद्धृढ रहेको देखाउँछ । र सबै पार्टी भन्दा शक्तिशाली पार्टीको रुपमा स्थापित छ ।

    पार्टीभित्र असन्तुष्टी पनि त होला नि होइन ?

    –असन्तुष्टि हुनु स्वाभिक हो । असन्तुष्टीहरुलाई हामीले व्यवस्थापन गरिसकेका छौं । नीतिगत रुपमा, सैद्धान्तिक रुपमा असहमति केही थिएनन् । कतिपय साथीहरुले जिम्मेवारी लिने कुरामा केही ब्यक्तिगत असन्तुष्टी थियो । हामीसँग एउटा सीमा छ । त्यो सीमा भन्दा बाहिर हामी जान मिल्दैन । एउटा पालिकामा एउटा मेयर हुन्छ, एउटा उपमेयर हुन्छ । त्यहाँ आकांक्षी धेरै हुन सक्छन् । त्यसमध्येको एउटा निर्णय पार्टीले गर्ने हो । पार्टीले फैसला गरिसकेको छ । त्यो फैसलालाई सबै साथीहरुले बोकेर हिंड्नुभएको छ । भएका कमी कमजोरीहरुलाई हामी चुनावपछि समीक्षा गर्ने छौं । जहाँ कमी कमजोरी भएका छन्, तिनी कमी कमजोरीलाई पार्टीले आत्मसाथ गर्ने छ । जो उम्मेदवारका आकांक्षी हुनुहुन्थ्यो । उहाँहरु सबै पार्टी काममा लागि सक्नुभएको छ ।

    गत स्थानीय तहको चुनाव भन्दा धेरै स्थानमा जित्छौं भन्नुभयो । जित्ने आधारहरु चाहिं के छन् ?

    –हामीसँग प्रशस्त एजेण्डा छन् । पार्टीका अध्यक्ष केपी ओलीले सुरु गर्नुभएका विकास आयोजना तथा कार्यक्रमहरु स्थानीय तहमा एमालेको नेतृत्व नहुने हो भने  अलपत्र पर्छन् । हामीले जितेका ठाउँमा विकासको जुन जग बसाल्ने काम भएको छ, त्यो जग हल्लिन्छ । त्यसकारण हाम्रा सबै जनतासित गाँसिएका धेरै एजेण्डाहरु छन् । त्यसकारण एमालेको विजय अनिवार्य छ ।

    जिल्लामा पार्टीको नेतृत्वमा बसेर काम गर्दा चुनावमा देखिने सफलता वा असफलताले तपाईंको भूमिकाको पनि मूल्यांकन होला नै हैन ?

    –हाम्रो पार्टी संस्थागत ढंगले अगाडि बढ्दै आएको छ । नेतृत्व गौण कुरा हो । हामीले यसलाई व्यक्तिगत भन्दा पनि संस्थागत ढंगले सोंचेर मूल्यांकन गर्ने परिपाटीको विकास गर्नुपर्छ । नेकपा एमालेको रुपन्देही जिल्लामा जुन सांगठनिक सञ्जाल छ । एमालेका जति कार्यकर्ता, समर्थक, शुभेच्छुकहरु छन् । यी सबै कारणले गर्दाखेरि हामी रुपन्देहीमा अत्यधिक मतले जित्छौं । यहाँ चाहिं हाम्रो पार्टीका थुप्रै नेताहरु हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा जोडिनुभएका हाम्रो पार्टीका उपाध्यक्ष विष्णु पौडेल यसै जिल्लाको हुनुहुन्छ । उहाँहरुले समृद्धिको अभियानलाई अगाडि बढाउनुभएको छ । रुपन्देही जिल्लालाई विकासको मोडल बनाउनुभएको छ । विकास कस्तो हुन्छ रुपन्देही जिल्लामा गएर हेर्नुपर्छ भनेर अन्तका मानिसहरुले भन्ने गर्छन् । यसको नेतृत्व नेकपा एमालेले गरेको छ । यहाँका जनताले त्यो कुरा बुझेका छन् । यसकारण रुपन्देहीका अधिकांश स्थानीय तहमा एमालेको शानदार ढंगले जित हासिल हुन्छ ।

    देशव्यापी सत्तारुढ गठबन्धन्धनविरुद्ध धेरैजसो ठाउँमा एमाले एक्लै छ । रुपन्देहीमा गठबन्धनको चुनौती कस्तो छ ?

    –विश्वमै हेर्ने हो भने सत्ताको विपक्षमा प्रतिपक्षी पार्टी हुन्छन् । तर नेपालमा प्रमुख प्रतिपक्षी दललाई उक्त दल बलियो भयो, शक्तिशाली भयो भनेर सत्ताको गठबन्धन गरिएको छ । यो बडो अचम्मको परिघटना छ । त्यसकारण रुपन्देही जिल्लामा सत्ता गठबन्धनको केही प्रभाव छैन । सत्ता गठबन्धन आफैभित्र असन्तुष्टी, निराशा, कुण्ठा बोकेर हिंडिरहेको छ । एमालेको पंक्ति सही दिशामा अगाडि बढिरहेको छ ।

    तपाई पनि बुटवलमा मेयरको आकांक्षी हुनुहुन्थ्यो । तपाईंका पनि केही असनतुष्टी छन् कि ?

    –कुनै असन्तुष्टी छैन । नेकपा एमालेको संस्थागत  फैसलालाई मैले जहिले पनि बोकेर हिंड्ने गरेको छु । एमालेको नीति र नेतृत्वप्रति सधैभरी उत्तरदायी भएर पार्टीका हरेक फैसलालाई बोकेर हिंड्ने मान्छे हुँ । मलाई त्यसमा कुनै पनि असन्तुष्टी छैन । म मात्रै होइन, कुनै पनि आकांक्षी साथीहरुले चित्त दुःखाएर हिंड्नुभएको छैन । सबै चुनावी अभियानमा जोडिनुभएको छ । यो नै हाम्रो विजयको आधार हो ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.