• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

जगन्‍नाथजीले देशको आवश्यकता बुझ्नुभएन, उहाँको उमेदवारीले असर गर्दैन : रेणु दाहाल

  •   मङ्गलबार, बैशाख २०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर महानगरपालिका मेयरमा दोस्रो कार्यकालका लागि उमेदवारी दिएकी नेकपा (माओवादी केन्द्र)की रेणु दाहाल यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त छिन् । सत्ता गठबन्धनका दलबाट साझा उमेदवार बनेकी उनी जनतामा एक पटक परीक्षण भइसकेकी जनप्रतिनिधि हुन् । चुनावी तयारीको सन्दर्भमा रहेर न्युज कारखानाकर्मी कुलप्रसाद काफ्लेले मेयरकी उमेदवार रेणु दाहालसँग गरेको कुराकानी–

    १. चुनावको तयारी र प्रचारप्रसारका लागि घरदैलोमा हिँडिरहनु भएको छ । कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
    -जनतामा जाँदा सकारात्मक प्रतिक्रिया आएको छ । जनतामा उत्साह छ । विकासका लागि रेणु दाहाल भन्‍ने छ । ठूला आयोजनालाई निरन्तरता दिन र समयमै सम्पन्‍न गर्नका लागि पनि रेणु दाहालको विकल्प छैन । उहाँबाहेक अरुले गर्न सक्दैन भन्‍ने आममहानगरबासीको बुझाइ छ । जनस्तरमा मैले सोचेको भन्दा पनि राम्रो उत्साह पाएको छु ।

    २. पहिलो कार्यकालमा के गर्न सक्नुभएन र फेरि दोस्रो कार्यकालका लागि मेयरमा उमेदवारी दिनुपर्‍यो ?
    –पहिलो कार्यकालमा नसकेको भन्‍ने होइन । दीर्घकालीन सोचका साथ भरतपुरको विकास र समृद्धिका लागि हामीले जग तयार गर्‍याैँ । अब यसलाई पूर्णता दिनका लागि अब एक कार्यकाल चाहियो । जसले बच्चा जन्माउँछ, बच्चाको माया आमालाई जति त हुँदैन नि । जति पनि अन्तर्राष्ट्रियस्तरका, राष्ट्रिय गौरवका आयोजना अगाडि बढेका छन् । जस्तो, नारायणी तटबन्धनको पाँच अर्बको आयोजना छ । त्यसलाई सुरुवात हामीले गर्‍याैँ । अब सम्पन्‍न गर्नु छ ।

    नारायणी तटबन्ध भरतपुरबासीको व्यग्र प्रतिक्षाको विषय थियो । वर्षेनि बाढीका कारण हुने धनजनको क्षति हुने गर्थ्याे । यसको दीर्घकालीन समाधानका लागि आयोजना अगाडि बढेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई पूरा गर्नु छ । ठूला सडक र पूर्वाधार बनेका छन् । ६ र ४ लेनका सडक बन्दै छन् । महानगरीय चक्रपथ योजना छ । यी सबै योजना पूरा गर्नुछ । नारायणी नदीलाई ‘सी बिच’ मोडलको रुपमा विकास गर्नुछ ।

    महानगरको आफ्नै प्रशासकीय भवन भर्खर शिलान्यास गरेका छौँ । महानगरपालिकाले अघि सारेका थुप्रै नीतिगत काम अधूरा छन् । अधूरा रहेका काम सम्पन्‍न गर्ने दायित्व छ । भरतपुरको भविष्य र जनताको अपेक्षालाई हेरेर पनि अब एक पटक कार्यकाल भयो भने यी सबै काम गर्न सक्थेँ । भरतपुरलाई हेर्न र गर्व गर्न लायक बनाउने भनेर उमेदवारी दिए । मलाई व्यक्तिगत रुपमा रहर त थिए । तर, समग्र आवश्यकतालाई बुझेर मेयरका लागि दोस्रो पटक पनि उमेदवारी दिएको छु ।

    ३. प्रचण्डकी छोरी भएकैले तपाईंले धेरै अवसर पाएको भन्‍ने गर्छन् नि । यसमा तपाईंको भनाइ के छ ?
    –प्रचण्डकी छोरी भएर मैले केही अवसर पाएको छैन । मैले दुःख मात्रै गरेको छु । व्यक्तिगत इच्छा, चाहना छाडेको छु । हिजो पनि १० कक्षा पढ्दा पढ्दै कापीकिताब फालेर मुलुक परिवर्तनका लागि संघर्षमा होमिएकी हुँ । त्यसबेलादेखि आजसम्म लगभग २७ वर्ष भयो, म निरन्तर जनताको सेवामा छु । जनयुद्धमा बाँचेर आएको छु, मर्न पनि सकिन्थ्यो ।

    पार्टीको जिम्मेवारी लिएर कहिले रोल्पा त कहिले भारत पुगे । यहाँ मेयरमा लड्नुअघि काठमाडौँमा पार्टीको सेक्रेटरी थिए । अहिले चितवनमा पार्टीको इन्चार्जका रुपमा छु । मेयरका रुपमा एकचोटी परीक्षण पनि भएँ । जनताका पक्षमा कति काम गर्न सकेँ छर्लङ्ग देखिएको छ । जनताका हरेक सवाल शिर ठाडो बनाएर जवाफ दिनसक्छु । यसमा मलाई गर्व छ । प्रचण्डकी छोरी भएर राष्ट्रको लागि देन मात्रै गरेको छु । आफ्नो लाभको लागि गरेको छैन ।

    ४. गठबन्धनकै दलमध्येको कांग्रेसको असन्तुष्ट पक्षबाट जगन्‍नाथ पौडेलले मेयरमा स्वतन्त्र उमेदवारी दिनुभएको छ । यसले गठबन्धनलाई कति प्रभाव पार्ला ?
    –खासै प्रभाव पार्लाजस्ताे मलाई लागेको छैन । किनकी गठबन्धनका दलको साझा उमेदवारका रुपमा मेयरको आधिकारी उमेदवार म नै हो । कांग्रेसका केन्द्रीय नेता, प्रधानमन्त्री एवं सभापतिदेखि लिएर शीर्षस्त सबै नेताले उहाँ (पौडेल)लाई फिर्ताको लागि आग्रह गर्नुभयो । पार्टीले गरेको आग्रहलाई पनि जगन्‍नाथजीले स्वीकार गर्नुभएन । उहाँले स्वतन्त्र उमेदवारी दिनुभएको छ । देशभर अन्यत्र पनि स्वतन्त्र उमेदवारी दिँदाखेरी कस्तो भयो भनेर इतिहासले पनि पुष्टि गर्छ ।

    स्वतन्त्र उमेदवारी दिएर पार्टीको सर्लक्कै मत जान्छ भन्ने लागेको छैन । दोस्रो कुरा यो गठबन्धन कुनै दल विशेष होइन । राष्ट्रको भविष्यलाई हेरेर, आवश्यकतालाई बुझेर, संविधान र उपलब्धिका पक्षधरधर मिलेर गठबन्धन बनेको छ । जनयुद्धपछि विस्तृत शान्ति सम्झौता र २०६२/६३ को जनआन्दोलनदेखि आएका हामी सहयात्री पार्टीबीच गठबन्धन भएको छ ।

    तत्कालीन अवस्थामा राज्यपक्षबाट प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति गिरीजाप्रसाद कोइराला र विद्रोही पक्षबाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुनुहुन्थ्यो ।  हामीहरु यहाँसम्म आएका छौँ । संविधान जारी गर्‍यौँ । यी सबै परिवर्तनका हिमायती हामी हौँ । परिवर्तनको विरोधी राप्रपालाई बोकेर एमाले हिँडिरहेको छ ।

    गणतन्त्र, संघीयता र परिवर्तनका विरोधी अर्काे खेमामा छन् । हामी अग्रगामी पक्षधर यता छौँ । जगन्‍नाथजीले यी सबै विषयवस्तु, देशको आवश्यकतालाई बुझ्न सक्नुभएन कि जस्तो लाग्छ ।

    यो दुरगामी महत्वलाई बुझेर पाँच दलीय गठबन्धनको साझा दृष्टिकोणसहित देश अघि बढेको छ । उहाँले बुझ्न सक्नुभएन कि भन्‍ने ठान्छु । उहाँलाई पार्टी (कांग्रेस) ले कारबाही गरिसकेको पनि छ । उहाँ कांग्रेसको आधिकारीक उमेदवार होइन । स्वतन्त्र उमेदवार हुनुहुन्छ । स्वतन्त्र हुँदै गर्दा त्यतिधेरै असर गर्छजस्ताे लागेको छैन ।

    ५. गठबन्धन दलविरुद्ध एमाले र राप्रपाबीच पनि तालमेल भएको छ । तपाईंलाई भारी पर्ला नि ? 
    -एमाले र राप्रपा तालमेल प्राकृतिक छैन । अप्राकृतिक खालको छ । एउटा वाम पार्टी र गैरवाम पार्टी, त्यो पनि गणतन्त्र र परिवर्तन विरोधि ।

    धर्मनिरपेक्षको विरोधि र हिन्दु राष्ट्रवादी शक्तिसँग एमालेले तालमेल गरेको छ । त्यसले गर्दाखेरी उहाँको हिजोका गतिविधिले गर्दा पनि । सम्मानित संसद दुई-दुई चोटी विघटन गर्ने र संसदको गला रेट्ने काम तत्कालीन प्रधानमन्त्री केपी ओलीले गर्नुभयो । हामीले प्राप्त गरेका उपलब्धि खोस्‍ने काम केपी ओलीबाट भयो । एकलौटी र निरकुंश ढंगबाट उहाँ अघि बढ्नुभयो ।

    देशलाई स्थायीत्व दिन भनेर बनाइएको पार्टी उहाँले छिनभरमै टुक्रा-टुक्रा भयो । नेकपाको दुई तिहाईको सरकार, ठूलो पार्टी क्षतविक्षत भयो । तत्कालीन एमाले पनि विभाजन भएर त्यहाँ भएका शीर्षस्त नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमहरु एमालेमा रहनसक्ने अवस्था भएन । एउटा व्यक्तिको गलत कार्यशैलीले गर्दा दुई तिहाईको सरकार गुम्यो, प्रदेश सरकार गुमे । अझै पनि यस्तो अप्राकृतिक गठजोड गरेर उहाँ अघि बढ्न खोज्दै हुनुहुन्छ ।

    उहाँ परिवर्तनको पक्षधर हुनुभएन । हामी बाम लोकतान्त्रिक गठबन्धन भनेका छौँ । २०७४ मा भएको चुनावमा भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच गठबन्धन भएको थियो । अहिले त झन् हामी पाँच वटा पार्टी छौँ । बलियो छौँ । पटक-पटकको प्रतिगमनबाट विजय भएर हामी यहाँसम्म आएका छौँ । अब जनताको अभिमतबाट पनि त्यो प्रवृत्तिलाई परास्त गर्नुपर्ने टड्कारो आवश्यकता भएको छ । हामीलाई हार्न छुट छैन र हामीलाई हार्दैनौँ ।

    ६. सडक मात्रै कालोपत्रे गरेर विकास भएको भन्‍न नमिल्ने कुरा आइएका छन् नि । तपाईं यसमा के भन्नुहुन्छ ?
    -भरतपुर महानगरमा सडक कालोपत्रे मात्रै भयो र ? पाँच वर्षमा भरतपुर महानगरको बजेट कति र हाम्रो सक्रिय पहलमा संघीय र प्रदेश सरकारबाट कति आयो भन्ने कुरा हामीले घोषणापत्रमा स्पष्ट रुपमा उल्लेख गर्दै छौँ । थुप्रै आयोजना अघि बढेका छन् । सडकमा उल्लखनीय प्रगति छ । पाँच वर्षमा ६२२ किमी सडक पिच भएको छ ।

    चौकीडाँडादेखि गोलाघाटसम्म खानेपानीको सुनिश्चितता भएको छ । झण्डै पौने चार अर्बका खानेपानी आयोजना अगाडि बढाएका छौँ । शारदानगर खानेपानी आयोजना मात्रै ५१ करोडको छ । दिव्यनगर खानेपानी आयोजना २१ करोडको छ । जखडीमाई खानेपानी आयोजना ३७ करोडको छ । यो पाँच वर्षमा हामीले सात हजार विद्यार्थी सामुदायिक विद्यालयमा बढाएका छौँ ।

    विद्यालयको भौतिक पूर्वाधार र गुणस्तर बढाएका छौँ । नगरस्तरीय पार्क बनाएका छौँ । पर्यटन क्षेत्रमा पनि महानगर, संघ र प्रदेशले विभिन्‍न स्थानलाई पर्यटकीय गन्तव्यको सूचीमा राखेका छन् । दूधमा प्रतिलिटर तीन रुपैयाँ अनुदान दिएका छौँ । आजसम्म कुनै सरकारले यस्तो गरेको छैन । हामीले सुरुवात गर्‍याे । विदेश पलायन हुने युवालाई स्वदेशमै रोजगारी दिने र उद्यमशील बनाउने भनेर कृषिमा व्याज अनुदानका कार्यक्रम अघि बढाएका छौँ ।

    भरतपुर दिगो विकासको लक्ष्यसहित अगाडि बढेको छ । महानगरलाई प्रविधिमैत्री बनाएका छौँ । यी सबै योजनालाई हेर्दा सडकमात्रै होइन सबै क्षेत्रमा ‘स्मार्ट सिटी’को परिकल्पना अनुसार अघि बढेका छौँ । भरतपुरलाई उज्यालो शहरका रुपमा विकास गर्न झण्डै ८० किमी सडकमा स्मार्ट सडक बत्ती जडान भइरहेका छन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.