• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक २१, २०८३
☰
शनिबार, कार्तिक २१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ३. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ४. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ५. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ६. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ७. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • १०. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

‘विपी नगरवनलाई पर्यटकीय केन्द्र बनाउँछु’

  •   बिहिबार, बैशाख २२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । नेकपा (एमाले)बाट भरतपुर महानगरपालिका वडा नम्बर ३ का अध्यक्षका उमेदवार विकास थापाले विपी नगर वनलाई ब्यवस्थित पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने बताएका छन् । नारायणी पुलवाट करिव एक किलोमिटर दक्षिणतर्फ रहेको नदी बीचको टापु जङ्गललाई ब्यवस्थित गरि महानगरकै आकर्षक पर्यटकीय गन्तव्य बनाउने उनले प्रतिबद्धता व्यक्त गरे । ‘कतिपय रुखहरु समेत कटान भई वनक्षेत्र झाडिमय छ, ठूला रुखको संरक्षण गर्दै बायाँ तर्फको भङ्गालोलाई तालमा परिणत गरि नौका विहारको सेवा दिन सकिन्छ ।

    वनमा गैंडा समेत देख्न पाईन्छ । तर बिपी नगर वनको ब्यवस्थित संरक्षण हुन सकेको छैन । अध्यक्ष भए पश्चात यसलाई ब्यवस्थित गर्ने योजना बनाएको छु’, थापाले भने । भरतपुर–३ मा नारायणगढ बजारको पुल्चोक, शहिदचोक, लायन्सचोक, बेलचोक, बारघरे लगायतका स्थान पर्दछन् । ढल निकास सहितको सडकको स्तरोन्नती, पुंगि खोलाको संरक्षण, नहर छेउमा आईटि पार्क, स्थानीय ब्यवसायीको हकहित प्रवद्र्धन लगायत विभिन्न एजेन्डा रहेको उनले बताए । ट्राफिक ब्यवस्थापन, सिसिटिभि जडान, स्मार्ट सडक बत्ती र फोहोर ब्यवस्थापनका बिषयमा पनि स्पष्ट कार्ययोजना रहेको उनले जानकारी दिए ।

    थापा स्थानीय जनता माझ लोकप्रिय छन् । समाजमा पर्ने हरेक किसिमका समस्याहरुको सामाधानमा उनले अगुवाको भुमिका खेल्दै आएका छन् । थापा नजन्मिदै २०२२ सालमा उनको परिवार गोरखाबाट चितवन बसाइँसरी आएको हो । आफू भिमसेन थापाको नवौ पुस्ताको सन्तान रहेको थापाले सुनाए । ‘मसँग वडाको बिकास र समृद्धिका योजना कार्यान्वयन गर्ने उर्जा र हिम्मत छ । अध्यक्ष पदमा बिजयी गराईदिन सम्पूर्ण वडावासीमा अपिल गर्दछु’, उनले भने ।

    ४४ वर्षीय थापाले समाजशास्त्रमा स्नातक तहसम्मको अध्ययन पुरा गरेका छन् । उद्योग वाणिज्य संघ चितवनको दुई कार्यकाल सदस्य, भगवती टोल सुधार समितिको सल्लाहकार, लायन्स क्लव अफ चितवन गोल्डेनको अध्यक्ष लगायतका सामाजिक भुमिका निभाएको अनुभव पनि उनीसँग छ । एमालेका उमेदवार थापाका मुल प्रतिस्पर्धी कांग्रेसका भरतप्रसाद लामिछाने देखिन्छन् । तर, कांग्रेसकै तारामित्र पण्डित अध्यक्षका वागी उमेदवार रहेकाले थापा ‘सहज जोन’मा रहेको स्थानीयको बुझाई छ ।

    वडामा चार हजार ९११ जना मतदाता रहेका छन् । आफुलाई सबै राजनीतिक आस्थाका मतदाताले भोट दिने थापाले बिश्वास ब्यक्त गरे । एमालेबाट वडा सदस्यहरुमा कमलादेवी बोलखे, कृती रीमाल, महेन्द्र तिवारी र शुक्रमान लामाको उमेदवारी छ ।

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार

    • ६.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.