चितवन । निर्वाचन आचारसंहिता बिपरित भुमिको निस्सा वितरण गरेको भन्दै भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र चितवन जिल्ला अध्यक्ष बद्री तिमिल्सिना विरुद्ध उजुरी परेको छ । भरतपुरकी एक महिलाले आयोगका उपाध्यक्ष खड्का र तिमिल्सिनाले निर्वाचन आचारसंहिता बिपरित निस्सा बाँडेको भन्दै सो उपर छानबिन गरिपाउँ भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा निबेदन दिएकि हुन।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रबक्ता पुरुषोत्तम अधिकारीले निवेदन परेको कुराको पुष्टि गरेको छन। उनले भने , ‘ भरतपुर १० ठेगाना भएकि महिलाले छानबिन गरिपाउँ भनेर निवेदन दिनु भएको छ।’ आयोगले उनको निवेदनलाइ आजकै मितिमा ३६ नम्बरमा दर्ता गरेको छ। शुक्रवार भरतपुर ११ को गणेशस्थानमा माओवादीलाइ मतदान गर्न भन्दै उनीहरुले एक कार्यक्रमको आयोजना गर्दै निस्सा वितरण गरेका थिए।
चितवन जिल्लाका भुमि आयोग अध्यक्ष बद्री तिमिल्सिनाले आफ्नो फेसबुक पेजमै निस्सा वितरण गरेको तस्बिर पोस्ट गरेका छन। तर तिमिल्सिनाले भने निस्सा वितरणलाइ आचारसंहिता लागु नहुने बताए। लालपुर्जा वितरण गर्न पाइदैन तर निस्सा बाँड्ने काम जग्गा नाप्ने काम गर्न पाइने उनको तर्क थियो।








