• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

अन्तर्वार्ता : पाँच वर्षसम्म इमान्दार भएर गरेको विकासका काम नै मेरो जितको आधार हो- मदन सुन्दर श्रेष्ठ

  •   शुक्रबार, बैशाख २३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मध्यपुर थिमि नगरपालिकाको मेयरमा एमालेका तर्फबाट मदन सुन्दर श्रेष्ठले उम्मेदवारी दिएका छन् । उनी मध्यपुर थिमिको निवर्तमान मेयर पनि हुन् । पेसाले सिभिल इन्जिनियर रहेका उनी शंखधर मेमोरियल स्कुलका फाउन्डर प्रिन्सिपल हुन् । कानुनमा स्नातक तह, व्यवस्थापनमा स्नातकोत्तर तह अध्ययन गरेका श्रेष्ठलाई मध्यपुर थिमिवासीले मत किन दिने, फेरि मेयरमा उम्मेदवारी दिनुको कारणसहित समग्र विषयमा न्युज कारखानाले लिएको अन्तर्वार्ता  :

    पहिलो कार्यकाल सकेर फेरि आफूलाई मत माग्दै हिँड्दा जनताको कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

    पाँच वर्षको कार्यकाल पूरा गरेर मेयर पदबाट राजीनामा दिएँ । फेरि मेयरमै उम्मेदवारी दिएको छु । र मत माग्न मतदाताको घरघरमा पुगिरहेको छु । पहिलो पाँच वर्षमा जनताले देख्ने गरी धेरै कामहरू भएका छन् । हामीले पाँच वर्षको अन्तरालमा गरेका कामका आधारमा जनताबाट राम्रै उत्साह र फेरि दोहोरिनुपर्छ भन्ने भावना पाएको छु ।

    पाँच वर्षको अवधिमा तपाईंले गरेका आफ्ना प्रमुख कामहरूलाई सम्झनु पर्दा कुन कुन कामहरू सम्झनु हुन्छ ?

    कामहरू त धेरै भए । तर, आफूले गरेका कामहरू मध्ये ५÷६ वटा कामहरू देखिने भन्ने गरेको छु । अरू आमरुपमा बाटाघाटा, सडक, ढल, खानेपानी, ढुङ्गा बिछ्याउने लगायतका विकासका कामहरू भई नै गयो । मेरो  कार्यकालमा भएका महत्त्वपूर्ण कामहरू मध्ये देखिने काम भनेको सङ्घीयता कार्यान्वयनको कामहरू प्रस्ट देखिने गरी गर्‍याैँ । ७५३ वटा पालिकामध्ये एउटै स्थानीय तह छ, जसले आफूलाई स्थानीय सरकार भनेर लेख्छ, त्यो भनेको मध्यपुर थिमि नै हो । हामीले लेटर प्याडदेखि साइनबोर्डसम्म  मध्यपुर थिमि नगरपालिका स्थानीय सरकार भनेर लेख्छाैँ र त्यहीअनुसार पत्राचार गर्ने गर्छाैं । संघीयताको यो महत्त्वपूर्ण कार्यान्वयनको पाटो हो ।

    अर्काै, विकास निर्माणको सन्दर्भमा धेरै काम गरेका छौँ । सम्पदा संरक्षणको सवालमा मध्यपुर थिमिमा यो अवधिमा धेरै कामहरू भएका छन् । सम्पदा संरक्षणमा मध्यपुर थिमि नगरपालिकाको काम नेपालकै नमुना र अग्रणी रह्यो । काठमाडौं, भक्तपुर र ललितपुरमा त पहिल्यै सम्पदा बस्ती थियो । पहिलै सम्पदाको सहर थिए ती । पछिल्लो कार्यकालमा मध्यपुर थिमि उत्कृष्ट सम्पदाको क्षेत्रमा काम गर्ने स्थानीय सरकार हो भन्ने कुरा हामीले पुष्टि गर्न सफल भयौँ  भन्ने मलाई लाग्छ । नगरपालिकाबाट १०० बेडको अस्पताल सञ्चालन गर्न सकिन्छ भनेर पुष्टि गर्‍याैँ । अन्यत्र १५ बेडको अस्पताल सञ्चालन गर्न गाह्रो भइरहेको बेला हामीले १०० बेडको अस्पताल सञ्चालन गरेर कोभिडको बेलामा सेवा दियौँ । पीसीआर ल्ययाब सञ्चालन गर्नेदेखि अक्सिजन प्लान्ट सञ्चालन गर्ने काम यहाँ भयो ।

    आईसीयू व्यवस्था गर्नेदेखि भेन्टिलेटरको व्यवस्थापन र क्राइसिस म्यानेजमेन्टका कामहरूे कुशलतापूर्वक गर्न सक्यौ । त्यो कामहरू नेपालमै नमुना योग्य रह्यो भन्ने मलाई लाग्छ । अर्काे राम्रो र सफल काम भनेको फोहोर मैला व्यवस्थापन पनि हो । हामीले जापनीज प्रविधि रिकिसी भित्र्याएर जुन कुहिने फोहोरमैलालाई नमुनाका रूपमा व्यवस्थापन गर्न सक्याैँ, त्यो पनिसफलता हो भन्ने मलाई लाग्छ । यो प्रविधिबाट अहिले हामीले लगभग पाँच हजार घरधुरीको  फोहर व्यवस्थापन गरेर कम्पोस्ट मल बनाइरहेका छौ । सम्पदा संरक्षण सँगसँगै नयाँ बस्तीहरूलाई  व्यवस्थित सहरीकरण गर्नु पर्छ भनेर पनि काम गरिरहेका छौ । सबैभन्दा बढी जग्गा एकीकरण आयोजना ल्यान्ड पुलिङ लागु गर्ने नगरपालिको रूपमा रहेको छौँ । उपत्यका विकास प्राधिकरण खारेज हुनुपर्छ भनेर हामीले त्यसबाट सञ्चालित आयोजनाहरू फिर्ता ल्याएर काम गरिरहेका छौँ । प्राधिकरणमा रहेका चार वटा आयोजनामध्ये तीन वटा फिर्ता ल्याएका छौ भने नयाँ सातवटा आयोजनाहरू हामीले यहाँ सञ्चालन गरेका छौ । यसरी हामीले व्यवस्थित सहरीकरणका क्षेत्रमा पनि सफलता हासिल गर्‍याैँ भन्ने मलाई लाग्छ ।

    अब फेरि नगरप्रमुख हुनु भयो भने के गर्नु हुन्छ ? 

    जुन विकास निर्माणका अधुरा कामहरू छन्, त्यसलाई पूरा गर्नेछु  ।  सम्पदा बस्तीहरू जुन रुपमा पुनर्निर्माण गर्ने काम भएको छ त्योसँगै नयाँ बस्तीहरू व्यवस्थित सहरीकरण गर्ने कामलाई मैले दोस्रो प्राथमिकतामा राखेको छु । अस्पताल सञ्चालनको काम पनि छ । कोभिडमा हामीले गरेको कामलाई देखेर एक अर्ब पाँच करोड बजेट कोरियन सरकारले स्वीकृत गरेको छ । त्यो रकम कोरियन संसदबाटसमेत पास भएर आइसकेको छ  । त्यसको आधारमा हामी तीन सय बेडको पूर्वाधारसहितको अस्पताल बनाउँछौ । त्यसबाट हामीले एउटा मेडिकल कलेजको आधार तयार गर्नेछौँ । नर्सिङ कलेज समेत सञ्चालन गर्ने छौ । फोहोरमैला व्यवस्थापनको लागि अहिले पाँच हजार धुरीलाई उपयोगी भएको प्रविधि एउटा वडाको लागि एउटामा सीमित हुने गरी नगरपालिकाभरि विस्तार गर्ने र उपत्यकाभरि विस्तार गर्नुपर्छ भनेर मैले योजना बनाएको छु ।

    तपाइँ (एमाले)विरुद्ध गठबन्धन बनेको छ । जित कतिको सहज देख्नु हुन्छ र जितका आधार के हुन् ? 

    मैले जित्ने आधार भनेको पाँच वर्षसम्म इमान्दारसँग देखिने गरी गरेका विकासकै कामहरू हुन् । दोस्रो हाम्रो सङ्गठन नै हो । पाँच वर्षअघि संठनात्मक रूपमा म कमजोर थिएँ, त्यो बेला मैले गठबन्धन गरेर चुनाव लडेको थिएँ । आज कांग्रेस कमजोर भएको छ, उसले गठबन्धन गरेको छ । त्यतिखेर दुई तिहाइ जितेको पार्टी गठबन्धनको सहारामा आउनु भनेको उनीहरू डिफेन्सिभ भएर आएको स्पष्ट हुन्छ । कांग्रेसले यहाँ माओवादीको वैशाखी लिएर आएको छ । हामीले सुनेको भनेको त पाँच दलीय गठबन्धन हो नि । पाँच दलीय गठबन्धनको सरकार छ । यहाँ त अहिले दुई दल मात्र मिलेर आएका छन् । तीन दललाई त उहाँहरूले रिङ आउट गर्नु भएको छ । त्यसैले उहाँहरूको यो गठबन्धन उहाँहरूकै लागि प्रत्युत्पादक हुन्छ भन्ने मलाई लागेको छ । हामीले गरेका विकास निर्माणका कामबाट मतदाता सचेत हुनुहुन्छ । यो गठबन्धनका नाममा जनतालाई झुक्याउने र भागबन्डाको कुरा जुन आएको छ यसलाई जनताले रुचाउने छैनन् । समग्र रूपमा भोटिङ गर्दा मध्यपुर थिमि नगरपालिकामा हामीले बहुमत सदस्यसहित जित्ने छााैँ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.