चितवन । स्थानिय तहको निर्वाचन आउन एक हप्ता मात्र वाँकि रहँदै गर्दा राजनीति दलहरुले प्रचारप्रसारलाई तिब्रता दिएका छन। करिब ६ महिना अघि मात्र बैधानिक रुपमा दर्ता भएको उन्नत लोकतान्त्र पार्टीले आफ्नो चुनाबी अभियानलाई सशक्त बनाउन थालेको छ। सो पार्टीले भरतपुरको २१,२२,२३,२६ र २ वडाबासिहरुका घरदैलोमा पुगि आफ्नो कार्यक्रमलाइ समाप्त गरिसकेको पार्टीका जिल्ला सचिब हरि प्रसाद न्यौपानेले जनाकरी दिए।
विशेष गरि कृषिलाइ पहिलो प्राथमिकतामा राख्दै चुनावी मैदानमा होमिएको उन्नत लोकतन्त्र पार्टीलेका मेयर उमेदवार दिपेन्द्र बास्तोलाले पश्चिम् चितवनका किसानका माझ पुगि उत्पादनको बजारीकरणको समस्याको बारेमा चासो राखेका थिए। किसानका उत्पादनहरु महानगर पालिकालेनै खरिद गर्नु पर्ने ब्यबस्था मिलाउनु पर्ने उनले बताएका ।
यस्ता कुरामा आफु प्रतिबद्ध रहेकोले आउँदो चुनाबमा खुला किताबमा मतदान गर्न उनको अनुरोध थियो। आफू पनि विउ उत्पादन गर्ने किसाननै भएको हुनाले आफुलाइ किसानसंगै जोडेर हेर्ने सवै नगरवासीलाई उनले अनुरोध गरे । पुराना पार्टीले पुरानै ढंगबाट काम गर्ने परम्परा रहेको हुँदा एकपटक नयाँ पार्टीलाई मतदान गर्न उनले सबैमा अनुरोध गरे।
सो पार्टीले निशुल्क वैद्युत , शिक्षा ,आवास र खानेपानीलाइ आफ्नो मुल मुद्दाको रुपमा उठान गर्दै आएको छ। यो पटकको स्थानिय तह निर्वाचनमा उक्त पार्टीले भरतपुरमा मेयर सहित वडा नम्बर १४ बाट अध्यक्षमा कृष्ण प्रसाद अधिकारीलाइ उठाएको छ।








