चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ३ को वडा अध्यक्षका उमेदवार तारामित्र पंडितले आफ्नो उमेदवारी निष्किृय पारेका छन । निवर्तमान जिल्ला सभापति जितनारायण श्रेष्ठको पहलमा पंडितले आफ्नो उमेदवारी निष्किृय पारेका हुन ।
अब पंडितको समर्थन गठबन्धनका साझा उमेदवार भरत लामिछानेलाई हुनेछ । पंडितलाइ मनाउने छलफलमा श्रेष्ठसंगै वडा अध्यक्षका उमेदवार काँग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति लामिछाने लगायतका नेता सहभागि थिए । भरतपुर ३ मा टिकटको बिषयमा व्यापक बिबाद भएपछि पंडित र लामिछाने दुबैले वडा अध्यक्षमा उमेदवारी दर्ता गरेका थिए ।
पंडितलाई पार्टीले आधिकारिकता नदिएपछि उनले स्वतन्त्र उमेदवारको रुपमा गुलाबको फुल चुनाब चिह्न पाएका थिए । स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुदैछ ।








