• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

हिजो व्यवस्था परिवर्तन गर्न लँडे, अब अवस्था परिवर्तनका लागी लड्छु : सबिता लामा

  •   शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । स्थानीय तहको निर्वाचन यही बैशाख ३० गते हुँदैछ । निर्वाचन नजिकिँदै गर्दा दल तथा दलका उम्मेदवारहरु मत माग्न मतदाताको घर-घर पुगिरहेका छन् ।

    चितवनको कालिका नगरपालिकाको उपमेयर पदकी उम्मेदवार सबिता लामा पनि अहिले घर दैलोमा व्यस्त छिन् । सामाजिक कार्य हुँदै राजनीतिमा लागेकी सबिता सत्ता गठबन्धनमा उपमेयरको उम्मेदवार बनेकी हुन् । गठबन्धनबीच चुनावी तालमेल हुँदा कालिकाको मेयर नेपाली कांग्रेस र उपमेयर नेकपा माओवादी केन्द्रले पायो । माओवादीले सबितालाई योग्य ठानेर उम्मेदवार बनाएको छ ।

    कालिकाका जनता माझ लोकप्रिय सबितासँग १० वर्षे जनयुद्धको अनुभव छ । व्यवस्था परिवर्तनका लागि १० वर्षे जनयुद्धमा होमिएकी सबिता अहिले अवस्था परिवर्तनका लागि भन्दै चुनावी मैदानमा होमिएकी छन् । प्रस्तुत छ तिनै सबितासँग गरिएको कुराकानीको सम्पादित अंश :

    कालिकाको उपमेयरमा तपाईको उम्मेदवारी किन ?

    कालिका चितवनको पनि अली ग्रामीण भूभाग हो । यहाँ जनजाती र भूमिहिन तथा सुकुमबासीहरुको अली बढी बसोबास छ । गत चुनावमा भूमिहिनहरुको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका जनप्रतिनिधिहरुले प्रतिवद्धता अनुसार काम गरेको पाईएन ।

    भूमिहिनलाई सधैं लालपूर्जाको सपना बाँड्ने तर काम नहुने अवस्था देखियो । यसैको लागि म यस पटक उपमेयरको रुपमा चुनावमा होमिएको हुँ । यससँगै यहाँका महिलाहरुको पनि अनेकौं समस्या छन् भने वर्षामा डुबानको समस्या पनि अझै ज्युँकात्युँ छ । यसलगायात समग्र यो नगरको बिकासका लागि मैले आफ्नो उम्मेदवारी दिएकी हुँ ।

    यहाँको मुख्य समस्याहरु के छन् ?

    मैले अघि पनि भने यहाँको मुख्य समस्या भनेकै भूमिहिन र सुकुमबासीहरुको हो । देशका बिभिन्न पालिकामा भूमिहिन सुकुम्बासीहरुले लालपूर्जा पाइरहँदा यहाँका जनताले अझै पाउने प्रक्रिया नै सुरु भएको छैन । यस कारण यहाँका भूमिहिन सुकुम्बासीहरुले वर्षौंदेखि धेरै समस्या झेल्नु परेको छ । जग्गा राखेर केही गरौं भने लालपूर्जा छैन । यही कारण उहाँहरु आत्मनिर्भर हुने अवस्था छैन । मुख्य समस्या यो भयो ।

    सँगै अघि भने जस्तै डुबानको समस्या छ । पदमपुरको बिभिन्न वडा डुबानमा पर्ने तर रोकथामको योजना केही अघि बढेको देखिदैन । समस्या छ भन्ने मात्रै तर निकासको बाटो के हो त भनेर योजना बनेको छैन । डुबानमा परेका क्षेत्रका जनतालाई राहत दिन्छु भन्ने तर नदिने । सधैं राहतको आश्वासन मात्रै दिने हो कि दिर्घकालिन समाधान पनि खोज्ने हो ? दिर्घकालिन समाधान खोज्नु पर्‍यो नि । यदी म लगायत हाम्रो गठबन्धन विजयी भयो भने हामी दिर्घकालिन समाधानको योजना बनाएर अघि बढ्छौं भन्ने प्रतिवद्धा जनाएका छौं । फेरि प्रतिवद्धता जनाएर हात बाँधेर बस्ने होइन । हामी फिल्डमा उत्रिन्छौं र नगरबासी सामु गरेको प्रतिवद्धता अनुसार काम गर्छौं भन्नेमा ढुक्क हुनुहोस् । जङ्गली जनावरबाट पनि यहाँका जनता त्यतिकै पीडित छन् । यसको पनि समाधान खोज्छौं ।

    दश वर्षे जनयुद्धमा तपाई जनमुक्ती सेनाको रुपमा होमिनु भयो । अहिले जनप्रतिनिधिको रुपमा काम गर्न चुनावी मैदानमा होमिनु भएको छ । यि दुई फरक पाटो भए । स्थानीय सरकारको प्रतिनिधिको रुपमा काम गर्ने क्षेमता तपाईमा छ जस्तो लाग्छ त ?

    हिजो व्यवस्था परिवर्तनका लागि जनयुद्धमा होमिए । दश वर्षे जनयुवद्धमा जनमुक्ती सेनामा रहेर लडे । त्यस बेला पनि महिलाले लड्न सक्दैन भन्थे । तर हामी सँग-सँगै जनयुद्धमा सहभागी भएर लड्यौं । पुरुषले झै मैदानमा लड्यौं । सफल पनि भयौं । व्यवस्था परिवर्तन पनि गर्‍यौं ।

    तर व्यवस्था परिवर्तन भए पनि अवस्थामा परिवर्तनको आभास भएको छैन । अहिले म किन चुनावमा होमिए भन्नु हुन्छ भने त्यो अवस्था परिवर्तनका लागि हो । दश वर्ष जनयुद्ध गरेर व्यवस्था परिवर्तन गर्न सक्यौं भने अवस्था परिवर्तन गर्न सक्ने क्षेमता छैन भन्ने हुन्छ र ? मुख्य कुरा इच्छा शक्ति हुनुपर्‍यो । म त्यो इच्छा शक्ति बोकेर नै चुनावी मैदानमा होमिएको हुँ ।

    कालिकालाई कस्तो नगर बनाउने योजना छ ?

    पहिलो कुरा त कालिकालाई हामी भ्रष्टचारमुक्त नगरपालिका बनाउन चाहन्छौं । हामी विजयी भयौं भने बनाउँछौं पनि । भ्रष्टचारीलाई हाम्रो नगरपालिकामा प्रवेश निषेध गर्छौं । अघि पनि भने मैले कि यहाँका भूमिहिन तथा सुकुम्बासीहरुलाई लालपूर्जा दिएर यो हाम्रो आफ्नै घर हो बन्ने आभास दिलाउछौं ।

    चितवनको पनि अली ग्रामीण क्षेत्र भएकोले यहाँको सबै ठाउँमा शिक्षा स्वास्थ्यको सजह पहुँच छैन । शिक्षा स्वास्थ्यबाट कोही पनि बञ्चित हुन पर्ने अवस्था आउन दिने छैनौं । कालिकालाई नमूना पालिका बनाउछौं । एक जना पनि नगरबासीको शिर निहुरिने अवस्था आउन दिने छैनौं । यो भन्दा बढी त अब के भनौं ।

    हिजोका दिनमा जनयुद्धमा होमिदा र अहिले जनप्रतिनिधिको रुपमा होमिदै गर्दा कतिको चुनौतीपूर्ण देख्नुभएको छ ?

    चुनौती त हर्नुहोस् हरेक क्षेत्रमा हुन्छ । चुनौती छ बनेर चुप लागेर बस्ने कि सामना गर्न अघि बढ्ने । हिजो जे लक्ष्यका साथ दश वर्षे जनयुद्धमा होमिएको थियौं । त्यो पनि चुनौतीपूर्ण नै थियो । चुनौती छ भनेर त्यही बेला चुप लागेर हात बाँधेर बसेको भए व्यवस्था परिवर्तन सम्भव थिएन । त्यस बेला पनि चुनौतीको सामना गर्‍यौं अहिले पनि सामना गर्न तयार छु । म चुनौतीलाई अवसरको रुपमा लिन्छु ।

    अब महिला भएको हिसाबले गर्न सक्दैन भनेर दबाउन खोज्ने त अझै पनि छन् । तर लिङ्गको आधारमा गर्न सक्छ सक्दैन भनेर दाँज्ने हो कि क्षेमता हेर्ने हो । हिजोको दिनमा ओनसरी घर्ती मगर हामीसँगै जनयुद्धमा होमिनु भएको हो । उहाँले अवसर पाउनु भयो । सभामुखको रुपमा कुशलतापूर्वक काम गर्नुभयो । महिला भएकै हिसाबले अवसर कम पाउने चाँही हो । तर अवसर पायौं भने हामी कोही भन्दा कमजोर छैनौं । र म निर्वाचित भएर महिला पनि कोही भन्दा कम छैन है भनेर प्रमाणित गर्न चाहन्छु ।

    दश वर्षे जनयुद्ध गर्नु भएको तपाई जनप्रतिनिधिको रुपमा काम गर्नका लागि चुनावी मैदानमा उत्रिनु भएको छ । तपाईकै पालिकामा तपाईहरुसँगै जनयुद्ध लडेका धेरैको अवस्था दयनिय छ । तपाई निर्वाचित हुनु भयो भने सँगै लडेका ति साथीहरुका लागि के गर्नुहुन्छ ?

    यो प्रश्न पक्कै पनि गम्भीर छ । हिजो व्यवस्था परिवर्तनका लागि लड्यौं । व्यवस्था परिवर्तन त भयो तर अवस्था परिवर्तन हुन सकेन । दु:खका साथ भन्नु पर्छ हामी सँगै लडेका धेरै योद्धाहरु अझै शरीरमा गोली बोकेर बस्नु परेको अवस्था छ । हाम्रो यही कालिकामा त्यस्ता घाइते साथीहरु धेरै छन् । उहाँहरुको व्यवस्थापन हुन सकेको छैन । पार्टी सरकारमा पुग्दा पनि जति गर्नु पर्ने हो त्यती हुन सकेको छैन ।

    कयौं बेरोजगार छन् । कति जना मजदुरी गरेर मुस्किलले बिहान बेलुकाको छाक टार्नु परेको छ । म निर्वाचित भए भने यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर योजना बनाएर अघि बढ्छु । अब सबै स्थानीय सरकारले नै गर्न सक्ने अवस्था नहोला । यहाँबाट जति गर्न सकिन्छ गर्ने र प्रदेशदेखि केन्द्रसम्म पहल गर्ने काम मैले पक्का गर्नेछु । ति घाइतेहरुको उपचारको कुरा होस् या सिप सिकाएर स्वरोजगार बनाउने होस् । के कसरी गर्न सकिन्छ हामी गर्नेछौं ।

    फेरि यसो भनिरहँदा अरु बिषय चाँही ओझेलमा पर्छन् भने होइन । म निर्वाचित भए भने म समग्र पालिकाको प्रतिनिधि हुन्छु । सबै जनता मेरो लागि समान हुन् । सबै जनतालाई समान व्यवहार गरेर अघि बढ्छु । सँगै मलाई कसले आफ्नो मत दिए कसले दिएनन् भनेर भेदभाव गर्दिन । मलाई मत दिने नदिने सबैलाई समान व्यवहार गर्छु ।

    तपाई आँफै महिला उम्मेदवार । तपाई विजयी हुनु भयो महिलाका लागि के गर्नुहुन्छ ?

    महिलाको बिषयमा हिजोको भन्दा आजको अवस्थामा केही नै केही परिवर्तन त आएको छ । तर जे जति हुनुपर्ने त्यही भएको छैन । अझै पनि महिलाहरु आत्म निर्भर हुन सकेका छैनन् ।

    महिलालाई आत्मनिर्भर बनाउनका लागि बिभिन्न सिपमुलक तालिमहरु गर्न सकिन्छ । सुन्दा सामान्य लाग्न सक्छ तर यसले महिलाको अवस्थामा धेरै परिवर्तन ल्याउन सक्छ । सामान्य सामान्य लाग्ने धेरै कुराहरु छन् जसले महिलालाई अघि बढाउन ठूलो भूमिका खेल्छ । त्यस्ता बिषयहरुलाई योजना बनाएर कार्यान्वयन गर्छौं । शिक्षा स्वास्थ्यमा महिलाको पहुँच सहज बनाउन सकिन्छ ।

    महिलाहरुको समस्या के छन् भनेर उहाँहरुबाटै सुन्छु । यसो गर्दा खास समस्या के हो भनेर पहिचान गर्न सकिन्छ र त्यही अनुसार त्यसको समाधानको बाटो खोज्न सकिन्छ । अहिले नै म धेरै ठूला कुरा गर्दिन । मलाई ठूला कुरा गर्न पनि आउँदैन । विजयी भए भने काम गरेर देखाउँछु ।

    चुनावको समयमा उम्मेदवारहरु मतदाताको घर-घर पुग्ने, अनेक सपना बाँड्ने तर विजयी भएपछि वेवास्ता गर्ने गुनासा सधैं जसो सुनिन्छ । उम्मेदवारहरुले मतदाताको विश्वास गुमाउँदै गएका छन् । यस्तो अवस्थामा मतदाताले तपाईलाई किन विश्वास गर्ने ? के छन् आधार ?

    पहिलो कुरा २०-२२ वर्ष भयो म सामाजिक र राजनीतिक क्षेत्र लागेको । म अहिले चुनावको समयमा मात्रै मतदाताको घर-घर पुगेको होइन । म यस अघि पनि सामाजिक कार्य गर्दै निरन्तर उहाँहरुको घर-घरमा पुगेको छु ।

    अर्को कुरा मतदाता भन्दा पहिला उहाँहरु मेरो आमा बुवा, दाजु भाई, दिदी बहिनी हुनुहुन्छ । अहिले उहाँहरुसँग मताधिकार छ । त्यो बिशुद्ध उहाँहरुको अधिकार हो । अहिले उहाँहरुले आफ्नो अधिकार प्रयोग गरेर मलाई जिताउनु भयो भने उहाँहरुको मन जित्ने गरी काम गर्ने कर्तव्य मेरो हो । र यदी मैले प्रतिवद्धता अनुसार काम गरिन भनेर किन काम भएन भनेर प्रश्न गर्ने अधिकार उहाँहरुसँग सुरक्षित छ । कुनै पनि बेला उहाँहरुले प्रश्न गर्न पाउनु हुन्छ । तर म विश्वस्त गराउन चाहन्छु कि त्यो दिन आउन दिने छैन ।

    मैले जिते भने त्यो जित मेरो मात्र हुनेछैन । ति सुकुम्बासीहरुको जित हुनेछ । बिकास प्रेमीहरुको जित हुनेछ । पिछडिएका वर्गको जित हुनेछ । समग्र नगरपालिकाको जित हुनेछ । म विजयी भए भने जनताको सेवकको रुपमा काम गर्नेछु ।

    अर्को कुरा के हो भने म काममा विश्वास गर्ने मान्छे हुँ । मैले ठूलो सपना बाँडेको छैन र बाँड्दिन पनि । अहिले यो गर्छु त्यो गर्छु भनेर ठूला कुरा गर्ने तर काम गरिन भने जनताले मलाई लखेट्छन् । म काम गरेर देखाउँछु । यही नै हो आधार । म धेरै बोल्दिन, भोलि मेरो काम बोल्छ । सकेको म गर्छु । स्थानीय तहबाट सकिन भने प्रदेशदेखि केन्द्रसम्म धाएर हुन्छ कि के गरेर हुन्छ म जनताको लागि काम गर्छु ।

    तर म विजयी हुन सकिन भने पनि उहाँहरुलाई आवश्यक पर्दा जुन सुकै बेला सहयोग गर्न तयार छु । किन कि म मत मात्र जित्न आएको होइन । म मत सँगै जनताको मन पनि जित्न चुनावमा होमिएकी हुँ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.