• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक २१, २०८३
☰
शनिबार, कार्तिक २१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ३. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ४. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ५. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ६. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ७. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • १०. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

विकासमा पक्ष विपक्षमा हुँदैन : रेनु दाहाल

  •   आइतबार, बैशाख २५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पाँच दलीय गठबन्धन तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) पदकी उम्मेद्वार रेनु दाहाल आफु विकासको पक्षपाती भएको बताएकी छन् । पाँच दलीय गठबन्धनको तर्फबाट दोस्रो कार्यकाल भरतपुर महानगरको मेयर पदमा उम्मेद्वार बनेकी दाहालले संक्षिप्त भेटमा त्यस्तो बताएकी हुन् । उनले अघिल्लो कार्यकालमा शुरु गरिएका कामलाई पूर्णता दिंदै गर्दा महानगरको एउटा विकासको झलक देखिने बताउँदै अझै धेरै काम पाइपलाइन रहेको बताइन् ।

    उनले भनिन, ‘पाइपलाईनमा रहेका काम पुरा गर्न मेरो दोस्रो कार्यकालको लागि उम्मेद्वारी हो ।’ उनले सरसर्ती आफु र आफ्नो पालामा पूर्वाधार, शिक्षा, स्वास्थ्य, सुशासन, रोजगारी र आयआर्जनका क्षेत्रमा गरिएको विकासबाट आफु उत्साहित भएको बताउँदै अधुरा र अपुरा काम, तिनको लक्ष्य र कार्यभारको बारे जानकारी दिइन् । र भनिन् ‘भरतपुरमा जे जस्तो विकास भएको छ त्यस बाट म उत्साहित छु सायद आम महानगरबासी पनि उत्साहित हुनुहुन्छ भन्ने मलाई लागेको छ ।

    यो विकास मेरो एक्लो पहलबाट मात्र सम्भव भएको होइन, यसमा सबैको साथ सहयोग छ । माथि देखि तल आम सर्वसाधारण सम्म लाई यसको जस जान्छ । यसमा जति मेरो योगदान छ, त्यो भन्दा बढी नेतृत्व तह जसले यहाँ बजेट पार्नको लागि अथक प्रयास गर्नुभयो, अनि त्यत्तिकै योगदान छ चितवन जिल्ला नेतृत्व, पालिका तहमा रहनुुुहुने आम नागरिक जसले कार्यान्वयन तहमा सहज वातावरण बनाउन सहयोग गर्नुभयो ।’ उनले केही अपवादलाई छोडेर समग्र चितवनका राजनीतिक पार्टीबाट आफु र आफ्नो टीमले साथ पाएको स्मरण गरिन् ।

    तर पछिल्ला दिनमा भने त्यस्तो साथ सहयोग टुट्दै आएको बताउँदै उनले भनिन् “विकासको काम कसैको पक्ष र विपक्षमा हुँदैन भन्ने मेरो भावना हो । साथ पनि त्यसै गरि पाएँ, त्यसैले जुन लक्ष्य थियो धेरै पुुरा भएका छन् । केही बाँकी छन् ती काम पुरा गर्ने मेरो दायित्व हो ।” उनले फेरी दोह¥याउँदै भनिन् ‘त्यसैलेपनि दोस्रो कार्यकालको लागि उम्मेद्वारी दिएकी हुँु । आशा एवं विश्वास छ, फेरी पनि यहाँहरुको साथ र सहयोग पाउने छु ।” पहिलो कार्यकालको शुरुआतका दिन केही समस्या भोगेकी दाहालले पछिल्लो समयमा एउटा पक्षले यहाँकोे विकासलाई विकास नै देखेन् । त्यसले पनि उनलाई केही खल्लो महशुस भने भएको छ ।

    पछिल्लो समयमा सिटी हल र छ लेन सडकको शिलान्यास गर्दा तत्कालीन प्रधानमन्त्रीले मञ्च बाटनै तपाईको मेयर कहाँ पिकनिक खान गएकी छन भनेर तुच्छ रुपमा भनेको प्रसंग उठाउँदै काम शुरु भएको चारचार महिना पछि आएर शिलान्यास । त्यसमा पनि महानगरीय सिटीहल अनि महानगको पहलमा निर्माण शुरु भएको छ लेन सडक सुटुक्क थाहै समेत नदिई शिलान्यास गरिएको विषय उनले उठाइन् । दाहालकै भनाई लाई आधार मान्दा पछिल्लो समय केपी ओली सरकारले भरतपुर महानगरलाई सौतेनी व्यवहार नगरेको भए यो भन्दा धेरै काम अगाडि बढिसक्ने थियो । भरतपुर विमानस्थल विस्तारको काम शुरु भइसक्थ्यो, उज्ज्यालो भरतपुर अभियानको काम सम्पन्न भइसक्थ्यो ।

    अन्य पूर्वाधारका काम पनि यो भन्दा धेरै बनिसकेका हुने थिए । हिजो विकासमा सहयात्रीमै रहेका केही व्यक्तिहरु चुनावी प्रतिस्पर्धामा आउँदै गर्दा भरतपुरको विकास विकासनै होइन भन्ने गरेकाहरुलाई दाहालले उनीहरुलाई हिजोआज चुनौती दिन थालेकी छन् । चितवनको क्षेत्र नम्बर २ बाट दुई दुई पटक प्रतिनिधिसभा सदस्य जितेका कृष्णभक्त पोखरेललाई चुनौती दिंदै तपाईको १० वर्षको कार्यकालमा कहाँ के के विकास गर्नुभयो भनेर प्रश्न राख्न थालेकी छन ।

    त्यस्तै प्रश्न उनले आफ्नो प्रतिद्वन्द्वी नेकपा एमाले बाट उम्मेद्वार बनेका बिजय सुवदीलाई पनि राख्न थालेकी छन् । सडक बनाउनु कुनै मानेमा विकास होइन, महानगरले बनाउन लागेको प्रशासकीय भवनको लागि गर्ने खर्च घाँस पेलेर तेल निकाल्न प्रयोग गर्नुपर्छ भन्दै आएका सुवेदीलाई उनले एउटा कार्यक्रममा तपाईले चार वर्षमा गरेको विकास देखाउनुहोस कहाँ के गर्नुभयो ? भनेर प्रश्न गरिन । केही दिन अगाडि चितवनमा भएको चुनावी सभामा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सम्बोधन रेनु दाहालको प्रसंसामा केन्द्रित गरेका थिए ।

    रेनु जस्ता उम्मेद्वारलाई हराउन गठबन्धन टुटाउन षडयन्त्र भइरहेको र गठबन्धन टुटदा काँग्रेस पार्टीनै खत्तम हुने अभिव्यक्ति दिएका थिए । रेनु दाहाल जस्तालाई हरायौं भने चितवनका जनताले के भन्लान भनेर कार्यकर्तालाईनै प्रश्न समेत गरेका थिए । बरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनले सबै भन्दा बढी लाभ नेपाली काँग्रेसलाई भएको र अव पनि काँग्रेसलाईनै हुने बताएका थिए ।

    गत प्रतिनिधिसभा निर्वाचनमा १४६ सीटमा उम्मेद्वारी दिएको काँग्रेसले २३ सिटमा सिमित भएको अवस्था देखि गठबन्धन बन्दै गर्दा शेरबहादुर देउवा प्रधानमन्त्री बनेको, कृष्णचन्द्र नेपाली मुख्य मन्त्री बनेको चितवनका बलराम पौडेल र मिलन श्रेष्ठलाई गाडीमा झण्डा हल्लाउँदै हिड्ेने र राष्ट्रिय सभामा काँग्रेसले छ सिट थप्न सफल भएको विषय उठाएका थिए । उनले काँग्रेसी मतदातालाई इमान्दार भएर गठबन्धनको पक्षमा मतदान गर्न अनुरोध गरेका थिए । रेनु दाहालको तस्वीर पनि छ ।

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ५.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.