• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक २१, २०८३
☰
शनिबार, कार्तिक २१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ३. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ४. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ५. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ६. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ७. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ८. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ९. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • १०. कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

कांँग्रेसका पुराना नेता गठबन्धनको पक्षमा मत माग्दै घरदैलोमा

  •   आइतबार, बैशाख २५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । केही साताअघि सम्म महानगर मेयर काँग्रेसले पाउनु पर्छ भनेर आवाज उठाउंँदै आएका चितवन काँग्रेसका पुरानो पुस्ता यतिवेला गठबन्धनको पक्षमा माहोल बनाउँदै आम मतदाताको घरदैलोमा पुग्न थालेका छन् । पार्टी केन्द्रले निर्णय गरि निर्देशन दिएपछि त्यसको सिरोधार्य गर्दै जिल्लाका हस्ती मानिएका नेताहरु गठबन्धनलाई जिताउन माहोल बनाउने क्रममा जनताको घरदैलोमा जान थालेका हुन् ।

    नेपाली काँग्रेस चितवनका पूर्व सभापति एवं केन्द्रिय सदस्य टेकप्रसाद गुरुङ्ग , पूर्व जिल्ला सभापति एवं संविधानसभा सदस्य रामकृष्ण घिमिरे, महाधिवेशन प्रतिनिधि डाक्टर सूर्यकान्त घिमिरे एवं चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठलगायतका नेताहरु अहिले गठबन्धनको पक्षमा मत माग्न घरदैलोमा सक्रिय छन ।

    देशको परिवेश, राष्ट्रिय आवश्यकता र निरंकुशताको विरुद्धमा गठबन्धन जरुरी रहेको उनीहरुले बताएका छन । अघिल्लो स्थानीय निर्वाचनमा माओवादी केन्द्रलाई साथ दिएको चितवन काँग्रेसले यस पटक मेयर पद आफुले लिनुपर्ने माग गर्दै आएको थियो । त्यसकोलागि काठमाण्डौं सम्म डेलिगेसन समेत गएको थियो । चितवन जिल्लाका सदावहार नेताको रुपमा परिचित केन्द्रिय सदस्य टेकप्रसाद गुरुङ्ग केन्द्रको निर्णयनै सर्वोपरी हुने बताउंँछन ।

    उनी भन्छन, ‘हामीले यसपटक भरतपुरको मेयर कांँग्रेसकै उम्मेदवार हुनुपर्ने माग राखेकै हो तर, केन्द्रले निर्णय गर्दा भरतपुर फेरी पनि माओवादीकै भागमा प¥यो । काँग्रेस हुनुुको नाताले केन्द्रको निर्णय मान्नुप¥यो, राष्ट्रिय आवश्यकता पनि बुझ्नुपर्यो ।’ उनले यस अघि पनि केन्द्रको निर्णय अवज्ञा गरेर आफ्नो पाँच दशक भन्दा लामो राजनीतिक साखः धुमिल हुन नदिने प्रतिवद्धता व्यक्त गरेका थिए । उनी यतिवेला गठबन्धन लाई जिताउन घरदैलोमै जान थालेका छन् ।

    काँग्रेसका कारण गठबन्धनका उम्मेद्वारले हार्न नहुने बताउँछन उनी । उनी जस्तै नेपाली कांँग्रेसका अन्य नेताहरु पनि गठबन्धनको पक्षमा मत माग्दै र असन्तुष्टी कार्यकर्तालाई सम्झाउंँदै हिडिरहेका छन । कांँग्रेसको निष्ठावान र इमान्दारी कार्यकर्ताले केन्द्रकै निर्णय मान्नु पर्ने र आवेश र उत्तेजनामा आउन नहुने तर्क उनीहरुको छ । कांँग्रेसका अर्का पुराना नेता तथा संविधान सदस्य रामकृष्ण घिमिरे पनि अहिले घरदैलोमा सक्रिय छन् । पार्टील १० र ११ नम्बर वडामा जिम्मेवारी दिएको बताउँदै उनी भन्छन ‘मलाई पार्टीले वडा नम्बर १० र ११ को जिम्मा दिएको छ ।

    मैले मेरो तर्फबाट आम कांँग्रेसका कार्यकर्ता र मतदातालाई गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरेको छु । केपी ओलीको निरंकुश र तानशाहीको विरुद्धमा पनि गठबन्धन आवश्यक रहेको विषय बताउँदै आएको छु । मलाई जहाँ सम्म विश्वास छ सच्चा प्रजातन्त्रवादी काँग्रेसले केन्द्रको निर्णय मान्छन् ।’ उनले आम सर्वसाधारण मतदातालाई सम्बोधन गर्दै भने ‘भ्रममा नपर्नुहोस, राष्ट्रिय आवश्यकता वुझिदिनोस अहिलेको गल्तीले पछि पछुताउनुको विकल्प छैन् ।’

    नेपाली कांँग्रेसका महाधिवेशन प्रतिनिधि एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्व रजिष्टार प्राडा सूर्यकान्त घिमिरे आफु कहिल्यैपनि गठबन्धनको विरोधमा नरहेको तर आम नेपाली कांँग्रेस कार्यकर्ताको आत्मसम्मान ठेस पुग्ने काम नहोस भन्ने पक्षमा मात्र रहेको बताउँछन् । यसपटक भरतपुर महानगरमा कांँग्रेसले जिकिर थियो तर, देशको परिवेश र केन्द्रको निर्णय फरक भयो । काँग्रेसका सच्चा कार्यकर्ताले केन्द्रको निर्णय नमान्ने कुरै भएन ।

    केपी ओलीले पटक पटक संसद विघटन गरेको लोकतन्त्र समेत धरापमा पारेकाले गठबन्धन जरुरी रहेको बताउंँछन उनी । उनले भने, ‘संविधानको रक्षा र अग्रगमनको लागि गठबन्धन जरुरी थियो, प्राप्त उपलब्धीलाई बचाउन र रक्षा गर्न केपी ओलीको प्रवृत्तिलाई परास्त गर्न गरिएको गठबन्धनको निर्णय कार्यान्वयनमा सबैलाई लाग्न अनुरोध गर्दछु। ’ आफुले गठबन्धनको पक्षमा घरदैलोलाई निरन्तरता दिईरहेको उनले बताए । चितवन काँग्रेसका निवर्तमान सभापति एवं प्रखर वक्ता जीतनारायण श्रेष्ठ भरतपुर मात्र नभएर जिल्लाकै गठबन्धनका उम्मेद्वारलाई जिताउने दायित्व काँग्रेस नेतृत्वमा आएको बताउँछन् ।

    ‘केन्द्रबाट निर्णय नआउंँदा सम्म हामी कांँग्रेसको पक्षमा लागेकै स्वीकार गर्दै उनी भन्छन, “सबै निर्णय हामीले भने जस्तो र सोचे जस्तो नहुन सक्छ । केन्द्रीय परिवेश अनुसार पार्टी केन्द्रले निर्णय ग¥यो । काँग्रेस पार्टीको इमान्दार सिपाहीले पार्टी निर्णय विरुद्ध काम गर्न त के बोल्न सम्म बोल्दैन । बोल्नुपनि हुँदैन ।” उनले बिहीबार चितवनमा भएको चुनावी सभामा समेत प्रचण्डलाई ढुक्क भएर जानुहोस रेनु दाहाललाई जिताउने विषयमा कुनै कसुर बाँकी रहदैन भनेका थिए ।

    उनी पार्टीका इमान्दार कार्यकर्ताले पार्टीको निर्णय हुनुभन्दा अगाडि आफ्ना धारणा विचारहरुका लागि लडेपनि पार्टीको निर्णय मान्नुपर्ने उनको भनाई छ । केपी ओलीको निरंकुश र लोकतन्त्र विरोधी गतिविधिलाई परास्त गर्न महानगरपालिकाका सबै वडातहसम्म कमिटीमार्फत मतदाता र कार्यकर्तालाई बुझाउने काम भइरहेको बताए ।

    ‘हामीले गठबन्धनलाई समर्थन गरिरहंँदा हामीले पार्टीका अन्य कार्यकर्ता ,मतदातालाई पनि गठबन्धनको पक्षलाई मत हालेर जिताउन आग्रह, अनुरोध गरेका छौं ।’ श्रेष्ठले भने । पार्टीका केही साथीहरुको असन्तुष्टी रहेपनि निर्वाचनको मुखमा उनीहरुले गठबन्धनको पक्षमा मत दिने कुरामा आफू विश्वस्त रहेको उनले बताए ।

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार

    • ६.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.