कालिका । कालिका नगरपालिकाको १० र ११ मा चेपाङको बस्ती रहेको छ । त्यस बस्तीमा ऐलानि जग्गा र सुकुम्वासीहरु अत्यधिक रहेको र धेरैले धेरै पटक अब पूर्जा पाउने आश्वासन दिएर चुनावि नारा बनाए जिते तर केहि गरेनन् भन्दै गठबन्धनका नगर प्रमुखका उम्मेदवार शिबराम केसीले अब त्यो अबश्था नआउने बताए ।
सिद्धिको कोण सभालाई सम्बोधन गर्दै केसीले जहिले पनि बोल्ने नगर्ने तर हामी भनेर होईन गरेर देखाउने प्रतिबद्धता जाहेर गरे । उनले नगरपालिकाले सिपमूलक तालिम दिएर रोजगार दिलाउन लागि पर्ने बताए । उप प्रमुखकी उम्मेदवार सबिता लामाले यहाँका चेपाङ बस्तीलाई जहिले पनि झुक्कायर चुनाव जित्ने तर केहि माखो नमारेको बताईन ।
जन प्रतिनिधी भएर गई सकेपछि ज्यूउँदो मान्छेलाई मरेको बनाएर किर्ते काम गरेकोले त्यस्तालाई पराजित होईन कडा कार्बाहि गर्नु पर्ने जनाईन् । आफू जनयूद्धमा यहि क्षेत्रमा लडि रहँदा मलाई यहाँका जनताले नै आप्mनो गास काटेर खुवाएकोले अब सहयोग गर्ने पालो मेरो भन्दै भोटको अपिल गरिन् । कोणसभामा वडा नम्बर १० र ११ को सिद्दी, छेरर्वाङ,निबुवाटार, लोतोङ्ति, दासवाङ, टुडिखेल , रम्तेस, मज्वाङ, दौतेस, सैपाम लगायत क्षेत्रबाट सयौंको संख्यामा मानिसहरु उपस्थिति रहेको थियो ।
मेयर र उपमेयरका उम्मेदवारलाई देख्दा उत्साहित भएका चेपाङका अगुवाहरुले हामीहरुले चुनाव जिति सक्यौं भनेर सुनाए । कालिका ८ मा बिशाल ¥याली, ९, १० र ११ को घर दैलो पश्चात कोणसभामा परिणत भएको कार्यक्रममा काग्रेस चितवनका निबर्तमान सभापति जितनारायण श्रेष्ठ, माओबादी केन्द्रका बिबेक डल्लाकोटीले सम्बोधन गरेका थिए । उनिहरुले उम्मेदवारहरुलाई भोट माग्दै वडा नम्बर ९ का प्रकाश थापा १० का महेन्द्र प्रजा र ११ का वकिल चेपाङलाई कुनै अरु उमेदवारले हल्लाउन नसक्ने दाबी गरे ।








