चितवन । आसन्न स्थानिय चुनावको मिति नजिकिँदै गर्दा इच्छाकामना गाउँपालिकामा ५ दलिय गठबन्धनका साझा उम्मेदवारहरुको चुनावी घरदैलो कार्यक्रम यतिबेला तिब्र बनेको छ । जिल्लाको चितवनको एकमात्र गाउँपालिका रहेको इच्छाकामनामा पाँच दलिय गठबन्धन अन्र्तगत काँग्रेसबाट निवर्तमान अध्यक्ष गिता कुमारी गुरुङ अध्यक्षमा र माओवादी केन्द्रका तर्फबाट प्रताप गरुङ उपाध्यक्षको उम्मेदवार रहेका छन् । साथै पालिकाका विभिन्न वडाहरुमा गठवन्धन अन्र्तगतकै उम्मेदवारी रहेकोे छ ।
चुनावी अभियानको क्रममा इच्छाकामनाका विभिन्न वडाहरुमा भएको चुनावी सभामा व्यस्त निवर्तमान अध्यक्ष समेत रहेकी काँग्रेसको तर्फबाट साझा उम्मेदवार गिता कुमारी गरुङले आफ्ना पाँच वर्षिय कार्यकालमा बाँकी रहेका अधुरा कामहरु पुरा गर्न पुनःचुनावमा होमिएकी छिन् । इच्छाकामना वासीहरुलाई सम्बोधन गर्दै गुरुङले हिँजोको दिनमा छुट्टाछुट्टै हिँडेका काँग्रेस र माओवादी एकसाथ हिँड्दा अचम्म नमानि मतदान गर्न आग्रह गरिन् ।
इच्छाकामनाको समग्र विकासका लागि सबै मिलेर एकसाथ अघि बढ्नु नै उपयुक्त हुने बताउदैं उनले हँसिया हतौडाको झण्डा र चारतारे झण्डा फहराउनुले इच्छाकामनालाई निकै फाइदा पुग्ने धारणा राखिन् । २५ बर्षिय शिक्षण पेशाबाट सिकेका कुराहरुलाई अंगिकार गर्दै विगत ५ वर्षमा इच्छाकामनामा उल्लेख्य विकास भएको अध्यक्षकी उम्मेदवार गिताकुमारी गुरुङले बताइन । विकटलाई निकटमा ल्याउन सक्नुमा सबैको साथ र सहयोग रहेको भन्दै उनले अव यसपालि पनि चुनाव जिताएर भएका अपुरा र अधुरा कामहरु पुरा गर्न दिन आग्रह गरिन ।
‘अहिले ईच्छाकामनाका कुनैपनि वडामा पुग्न हिँड्न नपर्ने सबै वडाहरुमा मोटरबाटो पुगेको छ, घर घरमा खानेपानी, पुगेको छ, स्वास्थ्य चौकी प्रत्येक वडामा बनेका छन्’ उनले भनिन्,‘शैक्षिक क्षेत्रमा वडाका विद्यालयहरुमा १२ कक्षा सम्म संचालन भएका छन, विजुली बत्तीहरु बलेका छन् । विरामी तथा गर्भवतीको लागि घर नजिकै स्वास्थ्य चौकि हुँदा समस्या भएको छैन ।, स्थानियबासीहरु विगतमा जस्तो सिटामोल नपाउने स्थितीको अन्त्य भएको छ, विकासको लागि पुर्वाधारहरु सबै खडा गरिएको उल्लेख गर्दै उनले भनिन्, अब ति पुर्वाधारहरुलाई पुरा गर्नको लागि चुनावमा उठेको र यसपाली भारी मतदान गरिपनि आफुँलाई जिताउन आग्रह गरिन् ।’
त्यसैगरी उपाध्यक्षका उम्मेदवार रहेका माओवादी केन्द्रका प्रताप गुरुङले यो गठवन्धनलाई नौलो नमानीकन भोट हाल्न आग्रह गरे । आफ्नो हक र अधिकार बचाउनको लागि गठबन्धन अपरिहार्य भएको भन्दै उनले निर्धक्क भएर रुखमा र हँसिया हतौडा तथा गटबन्धनका साझा उम्मेदवारहरुको चिन्हमा भोट हाल्नु पर्नेमा जोड दिए । उनले भने, ‘एकले अर्कालाई छाप हान्न नहिचकिचाउनुहोस, संविधानको रक्षाको लागि यो गठवन्धन अपरिहार्य छ, विगतको कुरा विर्सेर अत्याधिक बहुमतका साथ इच्छाकामना गाउँपालिकामा गठबन्धनलाई जिताउनु होला ।’
गठवन्धनले चुनाव जितेपछि इच्छाकामनाको विकासले सम्पूर्ण वासीहरुकोे स्तर उन्नतीसँगै शैक्षिक सुधार तथा किसानको लागि अनुदानको व्यवस्था गरि स्थानिय स्तरमै समाधान गरिने उनको भनाई छ । त्यस्तै सोही गाँउपालिकाको वडा नम्बर ४ मा भएको चुनावी कार्यक्रममा वोल्दै काँग्रेसको तर्फवाट वडाध्यक्षका उम्मेदवार होमबहादुर सिलवाल –जीवन) ले इच्छाकामनाको विकासको लागि गठबन्धनलाई जिताउन आग्रह गरे । अरुले विभिन्न बहानाबाजी बनाएर झुटो प्रचार गरेको भन्दै उनले त्यसको पछि नलाग्न मतदाता समक्ष आग्रह गरे ।








