हेटौँडा । बागमती प्रदेश सरकारकाले प्रदेश भित्रका विभिन्न ब्यक्तिहरुलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकारको विभूषण सिफारिस तथा सम्मान र पदक सम्वन्धी ऐन २०७६ र सम्मान र पदक प्रदान गर्ने मापदण्ड २०७८ बमोजिम प्रदेशका ३७ जना सम्मानित हुने भएका हुन् ।
सरकारले सोमबार सूचना प्रकाशित गरे सम्मानित हुने ब्यक्तिहरुको नाम सार्वजनिक गरेको हो । सार्वजनिक गरेको सूचिमा पत्रकार, समाजिक अभियान्ता, प्रहरी, शिक्षक लगाएतको क्षेत्रमा क्रियाशिल ब्यक्तिहरु रहेका छन् ।
सरकारले प्रदेश परोकार सेवा पदक बाट डाक्टर सन्दुक रुइत, राजाराम ठकुरी, रिता कार्की, शुसिल घिमिरे, इन्दिरा न्यौपाने, डाक्टर चन्द्रमणी अधिकारी, नव प्रर्वद्धक पदकबाट डाक्टर महाबिर पुन, प्राध्यापक डाक्टर दिनेश भुजु सहित, पत्रकारिता क्षेत्रबाट कौशल पाण्डे, प्रताप विष्ट, कृष्ण सारुमगर, २२ वटा विधामा ३७ जनालाई सम्मान गरिने भएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सम्मानित हुने ब्यक्तिको नाम सार्वजनिक गरेको भएपनि सम्मान गर्ने मिति भने पछि तय गर्ने बताएको छ ।








