• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

शंखरापुरको वनदेवी आधारभूत विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण

  •   शुक्रबार, असार ०३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-८ स्थित वनदेवी आधारभूत विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । सफा सुनौलो नेपालको पहल र लेटर डे साइन्ट च्यारिटिजको आर्थिक सहयोगमा समाजसेवी राकेश हमालको स्मृतिमा निर्मित भवन शुक्रबार एक समारोहकाबीच विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि समाज कल्याण परिषद्का कोषाध्यक्ष विनय लामाले विद्यालयका प्रधानाध्यापक बुद्धिबहादुर तामाङ ‘वसन्त’लाई चाबी हस्तान्तरण गरेर विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरे ।

    सफा सुनौलो नेपालकी संस्थापक एवं राकेश हमालकी पत्नी सुनिता हालले विद्यालयको लागि दिगो, भूकम्प प्रतिरोधी र भरपर्दो संरचना निर्माण गरेर प्रदान गर्न पाउँदा खुसी लागेको बताएकी छन् । ‘मेरो श्रीमान‍्को सपना पनि शिक्षाका क्षेत्रमा केही गर्ने थियो । आज उहाँकै नामबाट ६ कोठो सुविधासम्पन्न भवन निर्माण गरेर विद्यालयलाई हस्तान्तरण गर्न पाउँदा खुसी लागेको छ,’ उनले भनिन् ।

    कार्यक्रममा कानुनी सल्लाहकार अधिवक्ता देवीराम उपाध्यायले सफा सुनौलो नेपालको पहल र लेटर डे साइन्ट च्यारिटिजको आर्थिक सहयोगमा काठमाडौंको दुर्गम गाउँमा भवन बन्नु सुखद कुरा भएको बताए। उनले नयाँ भवन बनेसँगै विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने विश्वास लिएका छन् ।

    ‘लगानीकर्ता आकर्षित बने । इन्जिनियर, ठकेदार सबैले समयमै काम गरे । र, अपेक्षाकृत रूपमा समयमै भवन निर्माण सम्पन्न भयो । यसले विद्यार्थी र शिक्षकमा थप हौसला प्रदान गर्ने छ,’ उपाध्याय भन्छन् ।

    विद्यालयका प्रधानाध्यापक तामाङले सबैको सहयोगले स्कुल स्कुल जस्तो भइरहेको बताए । उनले काठमाडौं जिल्लामै रहेर पनि भौतिक संरचना अभावमा समस्या खेपिरहेको विद्यालयलाई नयाँ भवन प्राप्त भएसँगै पठनपाठनमा सहयोग पुग्ने धारणा राखे ।

    कार्यक्रमका प्रमुख अतिथि लामाले अहिलेको आवश्यकता पूर्वाधार निर्माणसँगै प्राविधिक शिक्षाको भएको औँल्याएका थिए । उनले नयाँ भवन विद्यालयलाई हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा समेत दातृ निकायबाट विद्यालयलाई सहयोग हुनेमा आफू आसावादी रहेको धारणा राखे ।

    ‘अब भौतिक पूर्वाधारसँगै हाम्रा नानीबाबुहरूलाई समयसापेक्ष प्राविधिक शिक्षामा समेत जोड दिनुपर्छ । शिक्षकहरूले समयानुकूल प्रयोगात्मक शिक्षामा जोडिदिनु नै हुने छ । त्यसका लागि दातृ निकाय र स्थानीय सरकारबाट सहयोग हुने नै छ,’ उनले भने । उनले सामाजिक व्यक्तित्व हमालको नाममै भवनको स्थापना गरिनु थप सह्रानीय कार्य भएको बताए । सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिका नाममा यस्ताखाले सम्मानको अपरिहार्यता रहेको लामाले बताए ।

    दातृ संस्थाका लुईउल्फ ग्राम र जोलाउल्फ ग्रामले नेपालको शिक्षा क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको बताएका थिए । उनले आगामी दिनमा पनि विद्यालयलाई आफूहरूको सहयोग रहने बताएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाक्पा लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.