• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. कालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा किरण थापा

कांग्रेस :देउवा र शशांक गुटमा बढ्यो विवाद

  •   सोमबार, चैत ०३, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपरासी : नवलपरासी (पश्चिम) कांग्रेसका तत्कालीन कार्यबाहक जिल्ला सभापतिलाई हटाएर केन्द्रीय सभापति शेरबहादुर देउवाले आफूनिकटका नेतालाई सभापति बनाएपछि विवाद बढेको छ।जिल्ला सभापति अर्जुन पोख्रेललाई हटाएर विष्णु पौडेललाई नयाँ सभापतिको जिम्मेवारी दिइएपछि विवाद बढेको हो। विवाद बढ्दै गएपछि जिल्ला कार्यसमितिमा निर्वाचितहरूले नै सभापति शेरबहादुर देउवाको प्यानल छोडेका छन्।

    ‘हामी यो त्यो प्यानलको भन्दा पनि नेपाली कांग्रेस हौँ,’ देउवा प्यानल छोड्ने मध्येका एक सुनवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापाले भने, ‘विधान मिच्‍न पाइँदैन, हामी केन्द्रीय सभापतिले तोकेको सभापतिलाई मान्दैनौँ।’ जिल्ला कार्यसमितिमा निर्वाचित १५ जनाले देउवा प्यानल छोडेको बताएका छन्।

    देउवाको प्यानल छोड्नेमा पूर्व-सांसद विक्रम खनाललगायत छन्। त्यस्तै, अहिले हटाइएका अर्जुन पोखरेल पनि देउवाकै सिफारिसमा सभापति बनेका थिए। उनले पनि अहिले देउवाको प्यानल छोडेका छन्।

    जिल्ला पार्टी प्रवक्ता कुलदीप आचार्य, सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा, रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र गुप्ता, जिल्ला सचिव विक्रम यादव लगायतले देउवाको प्यानल छोडेका हुन्।

    ‘अधिवेशनको मिति घोषणा गरिसकेपछि सभापति हेरफेर गरिरहन जरुरी छैन,’ पूर्व-सांसद खनालले भने, ‘कार्यविधिका आधारमा,विधानका आधारमा अर्जुन पोखरेल नै कांग्रेसको सभापति हो। केन्द्रीय सभापतिले धारा २५ को उपधारा ७ सभापति बनाउने जस्तो महत्वपूर्ण काम गर्न आकर्षित हुँदैन। सभापतिज्यूले यो सच्याउनुपर्छ।’

    नवलपरासी जिल्ला विभाजन भएपछि तत्कालीन पार्टी सभापति विष्णु लामिछानेले पूर्वी नवलपरासीको सभापति रोजेपछि पश्चिम नवलपरासीका तत्कालीन उपसभापति अर्जुन पोख्रेलले कार्यबहाक सभापति पाएका थिए। जिल्ला सभापति परिवर्तन गरेपछि गृह जिल्ला नवलपरासी रहेका महामन्त्री शशांक कोइरालाले पत्र लेखेर देउवालाई निर्णय सच्याउन आग्रह गरिसकेका छन्।

    शेखरसँग विश्वप्रकाशमार्फत देउवाको दोहोरी गत फागुन ३० गते कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि गोरखा पुगेका केन्द्रीय सदस्य शेखर कोइरालालाई प्रशिक्षण कार्यक्रम रोक्न कांग्रेसका प्रवक्‍ता विश्वप्रकाश शर्माले फोन गर्दै प्रशिक्षण नगर्न निर्देशन दिए।

    सभापति देउवाको निर्देशनमा शेखरलाई फोन गर्दै प्रवक्‍ता शर्माले कोरोना भाइरसको बारेमा केही बोलेर कार्यक्रम टुंग्याउन भनेका थिए। प्रवक्‍ता शर्मालाई त्यसको भोलिपल्टै गोरखाका सञ्चारकर्मीहरूमाझ नेता शेखरले विश्वभर फैलिरहेको कोरोनाभाइरस संक्रमण र सतर्कताबारे आफूलाई थाहा भएकोले प्रवक्ताले सिकाइराख्नु नपर्ने बताउँदै जवाफ फर्काए।

    नेपाली कांग्रेसको तर्फबाट प्रवक्‍ता शर्माले गत फागुन २१ गते सानेपामा पत्रकार सम्मेलन गरी अर्काे सूचना जारी नहुँदासम्म पार्टीका सबै कार्यक्रम स्थगित गरिएको जनाएका थिए। तर, २०७७ फागुनमा हुने १४ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने तयारी गरेका शेखर अहिले जिल्ला दौडाहमा छन्।

    गोरखाबाटै शेखरले सभापति देउवाकै कारणले पार्टी विधि र विधानअनुसार चल्न नसकेको पनि बताए। १३औँ महाधिवेशनबाट सभापति निर्वाचित देउवाले आफ्नो नियमित कार्यकाल सकिनै लाग्दा विभाग गठन, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय मनोनीत गरेपछि कांग्रेसमा विवादले उग्ररूप लिएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री कोइराला लगायतले देउवालाई पछिल्लो निर्णयमा पुनर्विचार गर्न पनि भनिसकेका छन्।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.