काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य मंगलबार एक सय रुपैयाँले बढेर ९७ हजार ६०० रुपैयाँ कायम भएको छ ।
तेजावी सुन ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी मंगलबार चाँदी पनि प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।








