काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वसन्तपुर पुगेर ‘इनफ इज इनफ’ अभियानका सत्याग्रहीहरुलाई भेटेका छन् ।सभापति देउवाले सत्याग्रही युवाहरुको अभियानमा कांग्रेसको तर्फबाट ऐक्यबद्धता समेत जनाएका छन् । शनिबार दिउँसो वसन्तपुरमा पुगेका देउवाले युवाहरुको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । देउवाले युवाहरुले अघिल्लो पटक गरेको अनशनका बेला सरकारले गरेको सम्झौतालाई पूरा गरी सम्पूर्ण नेपाली नागरिकको जीवन रक्षा गर्नुपर्ने बताए । अभियन्ता ई लगायत युवाले कोरोना भाइरसरोकथामका लागि प्रभावकारी कदम चाल्नु पर्ने, पीसीआर परीक्षण बढाउनु पर्ने, सरकारसँग भएका सहमति कार्यान्वयन हुनुपर्ने लगायत माग राखी सत्याग्रह बसेका बसिरहेका छन् ।








