काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार आठ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ प्रतितोला ९३ हजार तीन सय रुपैयाँ कायम भएको छ।
मंगलबार चाँदीको भाउ पनि प्रतितोला पाँच रुपैयाँले घटेको छ। चाँदी तोलाको ११६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।








