काठमाडौं । आज (बुधबार) तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ। बैठक पहिलो पटक बस्न लागेको हो। जसपाको केन्द्रीय कार्यकारिणी समितिका ५१ जना सदस्य छन्। बैठक बुधबार दिउँसो १ बजेदेखि बालकुमारीस्थित तुलसीलाल प्रतिष्ठानको हलमा बस्नेछ। बैठकमा नेताको जिम्मेवारी र कार्यविभाजन तोकिने लगायतका काम हुने नेता केशव झाले जानकारी दिए।








