• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

आयात र रेमिट्यान्सले मात्रै देश चल्दैनः अर्थमन्त्री शर्मा

  •   शुक्रबार, भदौ १०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।अर्थमन्त्री जर्नादन शर्माले आयात र रेमिट्यान्सले मात्रै देश नचल्ने बताउनुभएको छ । नेपाल उद्योग व्यापार महासंघ चितवनको पाँचौ जिल्ला सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले आन्तरिक उत्पादनको राजश्वले देश चल्ने बनाउनु पर्ने बताउनुभयो । अहिले देश आयात र रेमिट्यान्सले धानेको भन्दै उहाँले भन्नुभयो “अब देश चलाउन भन्सारको राजश्वमा भर पर्ने होईन आन्तरीक उत्पादनको राजस्वले देश चल्ने बनाउनुपर्छ ।” अहिले देशमा उत्पादन मुखि अर्थतन्त्र आबश्यक रहेको उहाँको भनाई थियो ।

    देशको अर्थतन्त्रलाई स्थायीत्व दिनका लागि गाउँ गाउँमा उद्योग र व्यवसाय सञ्चालन हुन जरुरी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “श्रम योग्यलाई तालिम दिएर उद्योगी, व्यवसायी वा देशमानै श्रम गर्न प्रेरित गर्नुपर्छ ।” उत्पादनले मात्रै देशलाई आत्मनिर्भर वनाउन सकिने भन्दै उहाँले उत्पादनका क्षेत्रमा लगानी वढाउन राज्य तयार रहेको बताउनुभयो । नीजि, सहकारी र सरकारी तवरको लगानीले आयातलाई निरुत्साहित गर्दै निर्यात बढाउनु अहिलेको आबश्यकता रहेको उहाँको भनाई छ । विश्वभर मूल्यबृद्धि भइरहेको बताउँदै उहाँले बिभिन्न देशमा चलेको युद्धको असर नेपालमा समेत परेको बताउनुभयो । उहाँले भन्नुभयो “विश्वमा चलेको मूल्य बृद्धि र युद्ध रोकीने अबस्थामा छैन ।

    अझै फैलने क्रममा छ । यसको असर नेपालमा पनि परेको छ ।”आर्थिक बिकास र उत्पादनलाई सहयोग पुग्ने गरी सरकारले नीति कार्यक्रम बनाएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “हामीले ल्याएको बजेट कार्यान्वयनमा आउँदा देशमा रहेको गरिबि अन्त्य हुन्छ ।” फरक प्रसंगमा बोल्दै उहाँले अहिलेको गठवन्धन देशको र राजनैतिक बाध्यताले बनेको बताउनुभयो । अहिलेको गठवन्धन सहकार्य गरेर अघि वढ्नुको बिकल्प नरहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “गठवन्धनले सहकार्य गरेर अघि वढ्नु पर्छ ।

    गठवन्धनलाई निश्चित समय दिए राजनैतिक स्थायीत्व र बिकासमा सहयोग पुग्ने गर्छ ।” अहिले दलहरु बिच गठवन्धनलाई सफल पार्नेगरी छलफलहरु भइरहेको उहाँले बताउनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य गंगा कार्की, महासंघका केन्द्रिय अध्यक्ष श्यामबहदुर पाठक, योजना आयोगका सदस्य डा. चन्द्रकान्त पौडेल, सहकारी बिकास बोडका सहअध्यक्ष मित्रराज दवाडी, महासंघका बरिष्ठ उपाध्यक्ष खेमलाल भण्डारी लगाएतले बोल्नु भएको थियो ।

    महासंघका जिल्ला अध्यक्ष दयाराम दवाडीको अध्यक्षतामा सम्पन्न अधिबेशनले बिष्णुप्रसाद पौडेलको अध्यक्षतामा २२ सदस्यिय नयाँ कार्यसमिति समेत गठन गरेको छ । समितिको उपाध्यक्षको किशोर वगाले, बिश्वमित्र श्रेष्ठ, सचिबमा गोबिन्द अर्याल, कोषाध्यक्षमा जयराम खत्री, सह–सचिबमा दिनेश सेडाई, सह–कोषाध्यक्षमा केदार बहादुर कार्की रहनु भएको छ ।

    यस्तै सदस्यहरुमा बिष्णुप्रसाद बास्तोला, दिपक गौतम, सीता रेग्मी काफ्ले, दयाराम सुवेदी लगाएत रहनु भएको छ । महासंघको पदेन सदस्यहरुमा जिल्लाका ७ पालिकाका अध्यक्षहरु रहने गरी कार्यसमिति गठन गरिएको छ ।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.