• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

प्रचण्ड जहाँबाट पनि उठ्न सक्छन्, चितवन क्षेत्र नम्बर ३ मा मेरो दाबी छ: नेता कोइराला

  •   आइतबार, भदौ १२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । माओवादी केन्द्रको निर्वाचन क्षेत्र मानिएको चितवन क्षेत्र नम्बर ३ तर्फ नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पनि दाबी गरेका छन् । पार्टी प्रशिक्षणमा देशभर दौडाहामा रहेका कोइरालाले नारायणी अनलाइनलाई प्रतिक्रिया दिँदै आफ्नो दाबी प्रस्तुत गरेका हुन् । कोइराला अहिले पार्टीको निर्णय बमोजिम म्याग्दी जिल्लाको जिम्मेवारी पाएका छन् । उनले प्रचण्ड ठूलो नेता भएकोले देशको जहाँबाट पनि लड्न सक्ने अवस्था रहेको बताए । उनले भने, ‘ यसतर्फ मेरो दाबी क्षेत्र नम्बर ३ मा संघतर्फबाट लड्ने हो ।

    आशा छ पार्टीले यसपटक मलाई न्याय गर्नेछ । २०७४ सालमा पनि भरतपुर महानगरको मेयरमा प्रचारप्रसार सुरु गरेको अवस्थामा मेरो टिकट खोसियो । यसपटक मैले न्याय पाउनेछु ।’ उनी २०७४ सालमा प्रदेशसभा निर्वाचन लडेका कोइराला २०७९ मा आइपुग्दा प्रदेशमा लड्न तयार छैनन् । १४ औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय समितिमा पुगेका उनी कांग्रेसको संस्थापनइतर समूहका प्रभावशाली नेता हुन् । नेता कोइराला विगत चुनावमा प्रदेशसभा निर्वाचन लडेका थिए ।

    अहिले उनी चितवन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा छन् । यसको लागि उनी भोलि काठमाडौँमा नेताहरु भेट्न जाँदै छन् । यही निर्वाचन क्षेत्रबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले यसअघिको निर्वाचन जितेका हुन् । फेरि पनि प्रचण्डले यही क्षेत्रबाट लड्ने दाबी गरिरहँदा कोइराला पनि यस क्षेत्र छाड्ने पक्षमा छैनन् । विगतमा बाम गठबन्धनबाट निर्वाचित भएका दाहाल अहिले कांग्रेसँगै गठबन्धनमा छन् । त्यसैले कोइरालालाई यहाँ संघको टिकट लिन सहज छैन ।

    तर, उनी यसलाई स्वीकार गर्न तयार छैनन् । उनले भने, ‘कांग्रेसले पटक–पटक यो निर्वाचन क्षेत्र छाड्यो । तर, अब छाड्दैन भन्ने मलाई विश्वास छ । म केन्द्रीय सदस्य पनि भएकाले यहाँ लड्नु स्वभाविक हो । एक व्यक्ति एकपटक भन्ने सिद्धान्तबमोजिम म प्रदेश लडिसकेँ । अब केन्द्र लड्छु’, कोइरालाले भने, ‘उहाँ चितवन भन्दा अघि अनेक निर्वाचन क्षेत्रबाटै जित्नुभएको हो । योपटक यहाँबाट नलड्न पनि सक्नुहुन्छ । उहाँको बारेमा मलाई थाहा भएन । म आफ्नो तयारी गरिरहेको छु ।’ २०७४ मा उनी प्रदेशमा लडे पनि सफल हुन सकेनन् ।

    वाम गठबन्धनबाट उमेदवार बनेका एमाले नेता कृष्णप्रसाद भुर्तेलसँग उनी पराजित भएका थिए । भुर्तेलले २४ हजार ७८५ मत ल्याउँदा कोइरालाले २३ हजार ४५ मत ल्याएर पराजित भएका थिए । संविधान जारी भएपछि संघीय संचानाअनुरूप तीन तहका सरकारका लागि पहिलोपटक २०७४ सालमा निर्वाचन भएको थियो । स्थानीय तहप्रतिको आकर्षण भने एकदमै बढ्दो क्रममा छ ।

    यसको उदाहरण गत वैशाख ३० मा भएको निर्वाचनमा प्रदेशका मन्त्रीदेखि संघीय सांसदसमेतले देखाएको आकांक्षालाई नै लिन सकिन्छ । तर, पहिलोपटक भएको प्रदेश संचनामा सुरुमा देखिएको आकर्षण कायम रहन सकेको छैन ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.