• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

सिजी पोलिटेक्नीकल सीपले दियो सयौंलाई रोजगारी

  •   बिहिबार, भदौ १६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपरासी । चौधरी ग्रुपको सीपमूलक तालिम सञ्चालनले स्थानीय युवाहरूको दैनिकीमा परिवर्तनसँगै ठूलो संख्यामा रोजगारी सिर्जना भएको छ ।

    पूर्वी नवलपरासीको देचवुली नगरपालिका वडा नम्बर दुईमा रहेको चौधरी उद्योग ग्राम परिसरमा २०६६ सालमा सुरु गरिएको सीप प्रशिक्षण तालिम सञ्चालन भएसँगै सिंगो नवलपुर र यस बाहेकका अन्य जिल्लाका युवा युवतीहरूले पनि यस तालिममा सहभागी भएर सीप आर्जन र सिकेका सीपलाई व्यवहारमा उतारी आफ्नो दैनिकी चलाइ रहेका छन् ।

    ०६६ सालमा मेकानिकलबाट सुरु गरेको सीप मूलक तालिम २०६७ सालमा सीटिइभिटीसँग समन्वय गरी सीटिइभिटी कै मान्यताका अनुरूप सिजी पोलीटेक्नीकल सञ्चलन गरिएको हो । उद्योग परिसरको छुट्टै भवनमा हुने तालिममा इलेकट्रोनिक,उद्योगमा सञ्चालन हुने विभिन्न हेभी मेसिन मर्मत लगायतका धेरै प्रकारका विशेष गरी उद्योगसँग सम्बन्धित सीप प्रशिक्षण प्रदान गर्दे आएको छ ।

    सिजी पोलीटेक्नीकलको मुख्य उद्देश्य उद्योग र आफूलाई दैनिक जीवनमा आवश्यक पर्ने सामान्य सीको विकास र स्वदेश तथा विदेशमा रहेका ठुला उद्योगमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नु नै हो । ‘हाम्रो मुख्य उद्देश्य भन्नु नै उद्योगका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नु हो,’ पोलिटेक्नीकल तालिमका प्रिन्सिपल शिवहरी ढकालले भने ।

    ढकालका अनुसार चौधरी उद्योग ग्राममा नै सञ्चालित तालिममा सहभागी विद्यार्थीहरूलाई प्राविधिक विषयमा आवश्यक प्रयोगशाला , औजारहरू पर्याप्त मात्रामा उपलब्ध गराइएको बताउँछन् ।

    ‘तालिममा सहभागी हुन आउने विद्यार्थीहरूलाई आवश्यक सबै औजार र सीप विकासका लागि आवश्यक पर्ने शिक्षक देखि प्रयोगात्मकका लागि आवश्यक पर्ने सबै विषय वस्तुहरू हामी नै दिन्छौ,’ प्रिन्सिपल ढकालले भने ।

    बाह्र वर्ष अघिदेखि सञ्चालन हुँदै आएको उक्त सीप विकास तालिममा सहभागी विद्यार्थीहरूका लागि ६ महिना सम्म सीप सिकाइन्छ । सिटीइभिटी र चौधरीको लोगो अन्तर्राष्ट्रिय स्तरमा परिचित भएको हुँदा हरेक वर्ष प्रदान गरिने तालिममा विद्यार्थीहरूको संख्या बढ्ने गरेको प्रिन्सीपल ढकाल बताउँछन् ।

    ‘यहाँ तालिम लिन आउने विद्यार्थीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सजिलै रोजगार पाउने गरेका छन् । चौधरी ग्रुपको लोगो र सिटीइभिटी मान्यता भएकै कारण तालिम लिन आउनेहरूले सहज महसुस गरेका छन्,’ प्रिन्सीपल ढकालले भने । उनका अनुसार आर्थिक वर्ष २०६६÷०६७ देखि हाल सम्म दुई हजार २ सय ६३ जनाले तालिम लिई सकेका छन् ।

    सिजी पोलिटेक्नीकलको तालिममा सहभागी हुने विद्यार्थीहरूले विशेष त सीप मूलक तालिम नै सिक्ने गरेका छन् । जसमा क्षमता विकास, विकासात्मक, पूर्वाधार विकास, अनुसन्धान विकास, बजार विकास र व्यापार विकास लगायतका विषयमा तालिम प्रदान गर्ने गरेको पोलिटेक्नीकल सीप प्रदान गर्ने टोलीले जनाएको छ ।

    तालिम लिएपछि पन्ध्र सय युवा युवति स्वरोजगार

    सिजी पोलिटेक्नीकलबाट सीप सिकेका दुई सय जना हाल सोही चौधरी उद्योगमा कार्यरत छन् । चौधरी ग्रुपकै सीप मूलक तालिम केन्द्रमा सीप लिएकाहरू अहिले दुम्कौलीस्थित चौधरी उद्योग ग्राममा दुई सय, दुम्कीबासस्थित सिजी सिमेन्ट उद्योगमा र अन्य उद्योगमा सजिलै रोजगार गरी आफ्नो दैनिकी चलाउँदै आएका छन् । देवचुली नगरपालिका वडा नम्बर २ का दिनेश पौडेलले २०७१ सालमा मेशिन सञ्चाल सम्बन्धी सीप सोही सिजी पोलिटेक्नीकलमा सिके सीप सिकेको करिब एक वर्षमा उनले सोही चौधरी उद्योगको कार्टुन उत्पादन गर्ने क्षेत्रमा रोजगार पाए र अहिले सोही रोजगारबाट मासिक ३५ हजार सम्म आम्दानी गरेका छन् ।

    ‘२०७१ सालमा चौधरी उद्योगकै परिसरमा सीप सिके, सीप सिके पछि मेशिन चलाउन सकियो अहिले सोही सीप अनुसारको काम पाएको छु,’ सीप सिकेर स्वरोजगार बनेका दिनेश पौडेलले भने । उनी मात्र होइन उनी जस्ता धेरै विद्यार्थीहरू सीप सिकेर देश र विदेशका विभिन्न प्रतिष्ठित उद्योगहरूमा रोजगार गरी आर्थिक आयआर्जन गर्दै आएका छन् ।

    आगामी दिनमा थप कक्षा सञ्चालन गर्ने योजना 

    आगामी दिनमा युवायुवतीहरूका लागि अहिले आवश्यक पर्ने र बढी माग भएको सीप अन्तर्गत हाउसकिपिङ्ग, मोबाइल, कम्प्युटर मर्मत, मोटर साइकल मर्मत, वेटर लगायतका तालिमहरू प्रदान गर्ने योजना रहेको छ । यस्तै सिजी पोलिटेक्नीकलले आयुर्वेद, योगा लगायतका विषयमा पनि तालिम प्रदान गर्ने बताइएको छ ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.