• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

अन्तर्वार्ता : कांग्रेसलाई पहिलो पार्टी बनाउन हिँड्ने कम्युनिष्ट हुन सक्दैन : अन्जान तिमिल्सिना

  •   शनिबार, असोज ०१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    जनमुक्ति सेनामा हुँदा महत्वपूर्ण भूमिका निर्वाह गरेको माओवादी केन्द्रको बागमती प्रदेशका नेता अन्जान तिमिल्सिनाले पनि बिहीबार पार्टी परित्याग गरे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रकै प्रभावशाली नेता तिमिल्सिनाले पार्टी परित्याग गरेपछि यसले पनि चितवनको राजनीतिमा हलचल ल्याएको छ । उनी भरतपुर–१६ का बासिन्दा हुन् । पार्टी परित्यागको सन्दर्भमा तिमिल्सिनासँग न्युज कारखानाले कुराकानी गरेकाे छ । 

    तपाईं जनयुद्धमा पनि लाग्नुभयो, सैन्य कमाण्डर पनि भएर हिँड्नु भो, अहिले माओवादी किन छाड्नुभयो ? 

    कुनै एउटै घटनाले हामी प्रभावित भएको हैन, यसको लामो श्रृखला छ । राजनीतिक हिसाबले हामीले निर्णय गरेको हो । वर्ग संर्घष क्रान्ति हुनुपर्छ भनेर जनयुद्धमा होमियौं । इमानदारितापूर्वक लाग्यौं । परिवर्तनका लागि जनयुद्ध गरेका थियौं । शान्ति प्रक्रियामा आयौं । तर, प्रचण्ड नेतृत्वले मूल एजेण्डा छाड्दै गयो । जनमुक्ति सेनाको समायोजन र व्यवस्थापनमा मूल नेतृत्व चुक्यो ।  हाम्रा एजेण्डा सेलाउँदै गए । पार्टी नेतृतव मूलतः भ्रम सिर्जना गर्ने काममा लाग्यो । राजनीतिक र वैचारिक रुपमा माओवादीसँग आज कुनै मुद्दा र एजेण्डा छैन ।

    तपाईंहरूले पार्टी भित्र यी कुराहरू उठाउनु भएन ? 

    पार्टी भित्र संर्घष गर्‍यौं । स्थानीय तहको निर्वाचन अगाडि पनि हामीले भन्यौं । तर, भ्रम र आश्वासन दिएर भुलाउन खोजियो । हामी यहाँसम्म आउँदा पार्टीले अब क्रान्ति गर्दैन , गर्न सक्दैन भन्ने निष्कर्षमा पुगेको हो । एमसीसी पास नगर्ने भनेर महाधिवेशनमा उपस्थित ५ हजार जना प्रतिनिधिले पास गरेको कुरालाई किन लत्याइयो भन्नुस् त ? महाधिवेशभन्दा ठूलो प्रचण्डको आदेश हुन्छ र ? पछि उहाँले ब्याख्यात्मक टिप्पणीको बर्को लगाएर एमसीसी पास गर्नुभयो । उहाँले ब्याख्यात्मक टिप्पणी गरेर हुने कुरा हो र त्यो ? त्यसपछि पनि विभिन्न घटनाक्रम देख्दा जस्तो की नागरिकता विधेयक उस्तै तरिका देखिन्छ ।

    नेकपा हुँदा उहाँले नै हैन विदेशबाट बिहे गरेर आउने बुहारीलाई नागरिकताका लागि ७ बर्षे प्रावधान राख्ने भन्ने उहाँ नै हैन । आज किन त्यहाँबाट च्यूत भएको ? अर्को कुरा के छ भने जसरी अहिले गठबन्धन बनेको छ यो मूलतः नेपाली जनता, नेपाल र अझै पनि नेपालको कम्युनिष्ट आन्दोलनलाई असर गर्ने खालको देखिन्छ । नेपालका कम्युनिष्टहरूलाई सिध्याउन विदेशीहरूले यो गठबन्धन बनाएका हुन् । कम्युनिष्ट पार्टी सिध्याउन कम्युनिष्ट भन्ने पार्टी लाग्न मिल्छ ?  एमालेलाई कमजोर पारेर नेपालका कम्युनिष्टहरूको हित हुन्छ त ? एमाले कमजोर हुँदा माओवादी बलियो हुन्छ कि कांग्रेस ? कम्युनिष्ट हौं भन्ने तर, कांग्रेसलाई पहिलो पार्टी बनाएर राज्यसत्ता सुम्पिने काम कम्युनिष्ट विरोधी मात्रै हैन, जनविरोधी काम हो । यसले हाम्रो वर्गको हित गर्दैन ।

    तपाईं त सैन्य कमाण्डर पनि हो, हिजोका लडाकुले पाएको दुःखले तपाईंलाई उद्वेलित बनाएको हो ?

    पक्कै पनि म प्रचण्डको सुरक्षा हेर्ने व्यक्ति पनि हुँ । प्रचण्डको भौतिक सुरक्षामा सैन्य फाँटबाट मैले योगदान गरेको छु । वाइसीएलहरूलाई तालिम दिने काम पनि गरेँ । म जनसैन्य प्रतिष्ठानको प्रमुख प्रशिक्षक पनि हो । उनीहरूको पीडा मैले नजिकबाट अनुभूति गरेको छु । प्रचण्ड दलाल नोकरशाहीको घेराबन्दीमा परेँ । नातावाद र कृपावादको हावी भयो । युद्धकालमा हामीलाई जोगाउन जनताको ठूलो योगदान र लगानी थियो । त्यो कुरालाई आज प्रचण्डले बुझेनन् । पारिवारिक सेटिङ र किचेन क्याबिनेट खडा गरियो ।

    अन्ततः हामीजस्ता युद्ध लड्ने, ज्यान हत्केलामा लिएर हिँड्ने मान्छे नेता कार्यकर्ता पार्टीमा बसिरहन सकिएन । राजनीतिक वैचारिक हिसावले भन्नुहुन्छ भने माओावदी केन्द्रको विचार अस्पष्ट दिशाहिन छ । कस्तो समाजवाद ल्याउने हो ? कसले नेतृत्व गर्ने हो भन्ने दुविधा छ माओवादीजनमा । कांग्रेसका पछाडि लागेर, उसले दिएको हात थापेर खाएर समाजवाद ल्याउँछ भनेर हामीले पत्याउनु ? कार्यकर्तालाई भुलभूलैयामा राख्ने छल्ने ढाँट्ने कामले परिवर्तन हुन्छ र ?

    एमालेमा त्यस्तो के देख्नुभो र प्रवेश गर्नुभो त ? 

    बरु एमालेसँग स्पष्ट दृष्टिकोण पाएँ । विकास र समृद्धिको एजेण्डा छन् । आज १५ महिना यो गठबन्धनले सरकार चलाउँदा खै कहाँ के भयो देशमा ? सामाजिक, राजनीतिक, विकासका दृष्टिकोणबाट त एमाले स्पष्ट नै देखिन्छ । कोभिडको महामारी भरखरै संविधान जारी भए पछिको अवस्थामा पनि एमालेले विकासको छनक दिएको देखिन्छ । भूकम्पले भत्किएका संरचना उठाउन एमाले नेतृत्वको सरकारले योगदान गरेको देखिन्छ । केपी ओलीसँग भिजन छ । तर, गठबन्धनसँग एमाले कसरी कमजोर पारेर सिध्याउने भन्ने मात्रै कुण्ठा छ । जुन गलत छ । देशमा दुई एमाले चाँहिदैन । एउटै एमाले नै काफी छ ।

    तपाई पद नपाएर एमाले आएको भन्ने पनि छन् नि ? 

    म पद र पैंसाका पछि लाग्ने मान्छे हैन । राजनीति मेरो पेसा हैन सेवा हो । अब मलाई अनेक आरोप लगाउँछन् । गद्दार भन्लान्, आर्थिक प्रलोभनमा परेको भन्लान् । पद पाएर गएको भन्लान् अनेक भन्छन् । तर, मलाई त्यसको प्रवाह छैन । हिजो माओवादीमा हुँदा पनि मैले एक रुपैया चन्दा उठाएको खाएको छैन । बरु आफ्नै पुर्ख्याैली सम्पति बेचेर हिँडेको छु । सम्पति बेचेर पार्टीमा लागेको थिएँ । पद नपाएर गएको, पद खान गएको भन्ने कुरालाई म खारेज गर्न चाहन्छु । राजनीतिक हिसाबले स्पष्ट भएर एमाले भएको हुँ । कांग्रेसका पछि लाग्नभन्दा एमाले ठिक छ भन्ने मेराे निष्कर्ष हो ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.