• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ४. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ५. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ६. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ७. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ८. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ९. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • १०. चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

यी हुन् प्रतिनिधिसभामा ७० वर्ष नाघेका १४ सांसद (नामावलीसहित)

  •   बुधबार, मङि्सर २१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । प्रतिनिधिसभामा यसपटक ७० वर्ष माथिका १४ सांसदको प्रतिनिधित्व हुने भएको छ । राजनीतिमा युवाको प्रतिनिधित्व हुनुपर्ने माग उठिरहँदा अझै पनि संघीय संसदमा कूल सांसदको झण्डै साढे आठ प्रतिशत ७० वर्ष नाघेको सांसदहरूको उपस्थिति छ । जसमा देशकै प्रमुख पार्टीका अध्यक्षहरूदेखि वरिष्ठ नेतासम्म छन् ।

    आमनिर्वाचन २०७९ मा ५७ सिटसहित पहिलो पार्टी बनेको नेपाली कांग्रेसबाट पार्टी सभापतिसहित ५ जना ७० वर्ष नाघेका सांसद छन् । निर्वाचन आयोगको तथ्यांकअनुसार कांग्रेस सभापति शेरबहादुर देउवा हाल ७७ वर्ष पुगेका छन् । डडेलधुराबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित देउवा बहालवाला प्रधानमन्त्री हुन् भने फेरि पनि प्रधानमन्त्री बन्ने दौडमा सामेल भइरहेका छन् । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि ७८ वर्षका भए । उनले तनहुँ क्षेत्र नम्बर १ बाट चुनाव जितेका हुन् ।

    पौडेल पनि अब बन्ने नयाँ सरकारको प्रधानमन्त्री बन्न लबिङ गरिरहेका छन् । यस्तै बहालवाला परराष्ट्र मन्त्री समेत रहेका डा. नारायण खड्का पनि ७३ वर्ष पुगे । नेपाली कांग्रेसबाट उदयपुर १ बाट निर्वाचित खड्का पनि संसदमा ७० वर्ष कटेका सांसद हुन् । मोरङ क्षेत्र नम्बर ६ बाट निर्वाचित कांग्रेस नेता डा. शेखर कोइराला पनि ७२ वर्ष पुगेका छन् । कांग्रेसमा संस्थापनइतर समूहको नेतृत्व गरिरहेका डा. कोइराला कांग्रेसका प्रभावशाली नेता हुन् । यस्तै नुवाकोट क्षेत्र नम्बर २ बाट निर्वाचित कांग्रेस नेता अर्जुननरसिंह केसी पनि ७५ वर्ष पुगेका छन् ।

    यस्तै प्रतिनिधिसभातर्फ ४४ सिटसहित दोस्रो पार्टी बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि ७० वर्ष पुगेका छन् । झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित अध्यक्ष ओली यसअघि दुईपटक प्रधानमन्त्रीसमेत भइसकेका छन् । एमालेको तर्फबाट कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित मङ्गलप्रसाद गुप्ता पनि ७७ वर्ष पुगेका छन् ।

    नेकपा माओवादी केन्द्रले १८ सिट जित्दा एक सिटमा ८० वर्षीय महिन्द्र राय यादव निर्वाचित भएका छन् । सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद यादव पूर्वमन्त्री समेत हुन् । जनता समाजवादी पार्टीबाट ७३ वर्षीय नवलकिशोर साह सुडीले चुनाव जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीबाट ८० वर्षीय महन्थ ठाकुर निर्वाचित भएका छन् । महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद ठाकुर लोसपाका अध्यक्ष समेत हुन् । यस्तै लोसपाबाट ७२ वर्षीय सर्वेन्द्रनाथ शुक्ला पनि निर्वाचित भएका छन् ।

    राप्रपाबाट ७१ वर्षीय दीपक बोहराले पनि चुनाव जितेका छन् । उनले रुपन्देही क्षेत्र नम्बर २ बाट चुनाव जितेका हुन् । राप्रपाकै अर्का सांसद ७३ वर्षीय ध्रुवबहादुर प्रधानले पनि निर्वाचन जितेका छन् । उनी नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर २ बाट विजयी भएका हुन् । यस्तै एक सिट मात्र जितेको राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी ८० वर्ष पुगेका छन् । उनी बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् ।

    ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम
    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ४.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ५.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    • ६.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः

    भर्खरै

    • १.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    • २.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • ३.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ४.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ६.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ७.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ८.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.