• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ४. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ५. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ६. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ७. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ८. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ९. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • १०. चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

सातै प्रदेशमा समानुपातिकतर्फ कुन क्लस्टरमा कति सांसद ?

  •   बिहिबार, मङि्सर २२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडाैं । निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँडका लागि दलहरूबाट उम्मेदवारको नाम मागेको छ । प्रतिनिधिसभा र प्रदेश सभाको ४ मंसिरमा सम्पन्न निर्वाचनमा प्राप्त मतका आधारमा दलहरूलाई सिट बाँडफाँड गर्दै आयोगले सिटमा बन्दसूचीबाट उम्मेदवार निर्वाचित गर्न नाम मागेको हो । प्रदेश १ : समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ दलले सिट पाएका छन् । १५ सिट पाएको एमालेले आदिवासी जनजातिमा ७, खस–आर्यमा ४, थारूमा १, दलितमा १, मधेसीमा १, मुस्लिममा १ जना प्रतिनिधित्व गराउनुपर्नेछ ।

    यीमध्ये अल्पसंख्यक समूहबाट तीनजना अनिवार्य प्रतिनिधित्व गराउनुपर्नेछ । प्रत्यक्षतर्फ एउटा पनि महिला नजितेको एमालेले कुल ४० सिटको ३३ प्रतिशत अर्थात् १४ जना महिला प्रतिनिधित्व माथि उल्लेखित क्लस्टरअनुसार समानुपातिकबाट गराउनुपर्छ । १२ सिट पाएको कांग्रेसले आदिवासी जनजातिबाट ६, खस–आर्यबाट ३, थारू, दलित, मधेसीबाट १–१ जना प्रतिनिधित्व गर्नुपर्छ । आयोगले अल्पसंख्यकबाट २ अनिवार्य ल्याउनुपर्ने भनेको छ । आयोगका अनुसार कुल २९ सिट हासिल गरेको कांग्रेसले ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्न समानुपातिकबाट १० जना महिला दिनुपर्छ । ४ सिट पाएको माओवादी केन्द्रले आदिवासी जनजाति २, खस–आर्य १ र दलित १ जना दिनुपर्छ ।

    यसमध्ये अल्पसंख्यक समूहबाट १ जना समेट्नैपर्छ । ४ सिट पाएको राप्रपाले पनि आदिवासी जनजाति २, खसआर्य १ र दलित १ जना दिनुपर्छ । यसमध्ये अल्पसंख्यक समूहबाट १ जना समेट्नैपर्छ । त्यस्तै, एकजना महिला दिनुपर्छ । समान एक–एक सिट पाएको एकीकृत समाजवादी र जसपाले आदिवासी जनजातिबाट प्रतिनिधित्व गराउनुपर्छ । दुवैै दलले एक सिटमा महिला नै दिनुपर्छ । मधेस : मधेस प्रदेश सभामा कांग्रेसले समानुपातिकतर्फ ९ सिट पाएको छ ।

    आदिवासी जनजातिबाट १, दलित २, मधेसी ५ र मुस्लिमबाट १ जना छनोट गर्नुपर्छ । यी क्लस्टरमध्ये २ जना अल्पसंख्यक ल्याउनुपर्छ । एकतिहाइ सहभागिता सुनिश्चित गर्न बन्दसूचीबाट ८ महिला छान्नुपर्छ । एमालेले ८ सिट पाएकोमा आदिवासी जनजाति १, दलित १, मधेसी ५ र मुस्लिम १ जना बन्दसूचीबाट छनोट गर्नुपर्छ । दुईजना अल्पसंख्यक हुनैपर्छ । ३३ प्रतिशत सहभागिता पुर्‍याउन ७ जना महिला छान्नुपर्छ । ७ सिट पाएको जसपाले आदिवासी १, दलित १, मधेसी ४ र मुस्लिम १ जना छान्नुपर्छ ।

    यसमा २ जना अल्पसंख्यकको प्रतिनिधित्व हुनैपर्छ । ६ जना महिला हुनुपर्छ । जनमत पार्टीले पाएको ७ सिटमा आदिवासी १, दलित १, मधेसी ४, मुस्लिम १ जना आउनुपर्छ । यसमा दुईजना अल्पसंख्यक हुनुपर्छ । ५ जना महिला हुनैपर्छ । ४ सिट पाएको माओवादी केन्द्रले बन्दसूचीबाट दलित १, मधेसी २ र मुस्लिम १ जना छान्नुपर्छ । यसमा एकजना अल्पसंख्यक हुनैपर्छ । ३ जना महिला छनोट गर्नुपर्छ । एकीकृत समाजवादीले ३ सिट पाएकोमा दलित १, मधेसी २ जना दिनुपर्छ । यसमा एकजना अल्पसंख्यक हुनुपर्छ । २ जना महिला समेट्नुपर्छ । लोसपाले २ सिटमा दुवैै मधेसी छान्नुपर्छ । दुवै महिला हुनुपर्छ ।

    यसमा पनि एउटा अल्पसंख्यक हुनैपर्छ । समान एक–एक सिट पाएका राप्रपा र नागरिक उन्मुक्ति पार्टीले मधेसी तथा नेपाल संघीय समाजवादी पार्टीले मुस्लिमबाट छान्नुपर्नेछ । यसमा सबै महिला हुनुपर्नेछ । बागमती : १४ सिट पाएको एमालेले आदिवासीमा ८, खस–आर्यमा ५, दलितमा १ जना छनोट गर्नुपर्छ । यी क्लस्टरबाट ९ जना महिला हुनैपर्छ । एकजना अल्पसंख्यक समेट्नुपर्छ । १२ सिट पाएको कांग्रेसले आदिवासीमा ६, खस–आर्यमा ५, दलितमा १ जना समेट्नुपर्छ । यसमा ११ महिला हुनैपर्छ ।

    एकजना अल्पसंख्यक हुनुपर्छ । माओवादी केन्द्रले ७ सिट पाएकोमा आदिवासीमा ४, खस–आर्यमा ३ बाँड्नुपर्नेछ । एक अल्पसंख्यक हुनुपर्नेछ । ५ जना महिला ल्याउनुपर्छ । राप्रपाले पाएको ६ सिटमा आदिवासी ४, खस–आर्य २ जना दिनुपर्छ । यसमा ५ महिला हुनुपर्छ । २–२ सिट पाएको एकीकृत समाजवादी र नेमकिपाले आदिवासी १ र खस–आर्यबाट १ जना दिनुपर्छ । यसमा समाजवादीले दुइटै महिला र नेमकिपाले एउटा महिला समेट्नुपर्छ । १ सिट पाएको हाम्रो नेपाली पार्टीले आदिवासीबाट त्यो पनि महिला छान्नुपर्छ । गण्डकी : समानुपातिकमा १० सिट पाएको एमालेले आदिवासीमा ४, खस–आर्यमा ४ र दलितमा २ सिट बाँडफाँड गर्नुपर्नेछ ।

    यसमा एकजना अल्पसंख्यक हुनुपर्नेछ । ३३ प्रतिशत सुनिश्चितताका लागि ६ जना महिला हुनुपर्नेछ । ९ सिट पाएको कांग्रेसले महिला सहभागिता ३३ प्रतिशत पुर्‍याउन ९ जना नै महिला छान्नुपर्ने भएको छ । क्लस्टरअनुसार आदिवासीबाट ४, खस–आर्यबाट ३ र दलितबाट २ जना ल्याउनुपर्नेछ । यसमा एकजना अल्पसंख्यक हुनुपर्नेछ । सिट पाएको माओवादी केन्द्रले सबै महिला छान्नुपर्ने आयोगको हिसाब छ । आदिवासीबाट १, खस–आर्यबाट १ र दलितबाट एक छनोट गर्नुपर्नेछ ।

    २ सिट पाएको राप्रपाले आदिवासी र खस–आर्यबाट १–१ जना छान्नुपर्छ । एकजना महिला हुनुपर्छ । लुम्बिनी : एमालेले ११ सिट प्राप्त गर्दा आदिवासी २, खस–आर्य ३, थारू २, दलित २, मधेसी १ र मुस्लिमबाट १ जना छनोट गर्नुपर्छ । यसमा एकजना अल्पसंख्यक हुनुपर्छ । एकतिहाइ प्रतिनिधित्व सुनिश्चित गर्न क्लस्टरअनुसार १० जना महिला छनोट गर्नुपर्छ । कांग्रेसले १० सिट पाएकोमा आदिवासी २, खस–आर्य ३, थारू २, दलित १, मधेसी १, मुस्लिम १ जना प्रतिनिधित्व हुनुपर्छ ।

    यसमा एकजना अल्पसंख्यक हुनैपर्छ । कलस्टरअनुसार ९ जना महिला छनोट गर्नुपर्छ । माओवादी केन्द्रले ४ सिट पाएकोमा आदिवासी १, खस–आर्य १, थारु १ र दलित १ भाग लाग्छ । २ जना महिला हुनुपर्छ । २–२ सिट पाएको राप्रपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले आदिवासीबाट १ र खस–आर्यबाट १ प्रतिनिधित्व गर्नुपर्छ । राप्रपा र नागरिक उन्मुक्तिले दुइटै सिटमा महिला ल्याउनुपर्छ भने जनमतले एउटा महिला छान्नुपर्छ । एकीकृत समाजवादी, जसपा, जनमोर्चा र लोसपाले १–१ सिट पाएकोमा खस–आर्यबाट छनोट गर्नुपर्छ । सबै महिला हुनुपर्छ । कर्णाली : एमालेले ५ सिट पाउँदा आदिवासी १, खस–आर्य ३, दलित १ जना छान्नुपर्छ ।

    पिछडिएको क्षेत्रबाट २ जना आउनुपर्छ । ३३ प्रतिशत सहभागिता पुर्‍याउन ४ जना महिला समेट्नुपर्छ । कांग्रेसले पनि ५ सिट जितेकोमा पाँचैजना महिला आउनुपर्छ । आदिवासी १, खस–आर्य ३ र दलितबाट १ जना छनोट गर्नुपर्छ । पिछडिएको क्षेत्रबाट २ जना समेट्नुपर्छ । माओवादी केन्द्रले ४ सिट पाएकोमा आदिवासी १, खस–आर्य १, दलित १ छानिन्छन् । पछिडिएको क्षेत्रबाट १ जना आउनुपर्छ । चारैजना महिला नै आउनुपर्छ । १–१ सिट पाएको राप्रपा र एकीकृत समाजवादीले खस–आर्य महिला छनोट गर्नुपर्छ । सुदूरपश्चिम : समानुपातिकमा ७ सिट पाएको एमालेले खस–आर्यमा ५, थारू १ र दलित १ जना प्रतिनिधित्व गराउनुपर्छ ।

    यसमध्ये पिछडिएको क्षेत्रबाट १ जना छानिनुपर्छ । ३३ प्रतिशत सुनिश्चित गर्न चारजना महिला नै हुनुपर्छ । कांग्रेसले पनि ७ सिट नै पाएकोमा सातैजना महिला हुनुपर्छ । खस–आर्यबाट ५, थारू १ र दलितबाट १ जना प्रतिनिधित्व गराउनुपर्ने आयोगको हिसाब छ । यसमध्ये पिछडिएको क्षेत्रबाट १ जना छानिनुपर्छ । माओवादी केन्द्रले ३ सिट पाएकोमा खस–आर्य २ र दलित १ जनाको नाम छान्नुपर्छ । तीनैजना महिला हुनुपर्छ । नागरिक उन्मुक्ति पार्टीले २ सिट पाएकोमा दुबै खस–आर्य महिला ल्याउनुपर्छ ।

    १–१ सिट पाएको राप्रपा र एकीकृत समाजवादीले खस–आर्य महिला छनोट गर्नुपर्नेछ । नाम छनोट गरेर बुझाउन दलहरूलाई २४ मंसिरसम्मको समय दिइएको सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए । ‘बन्दसूचीबाट क्लस्टरअनुसार नाम–नामेसी मिलाएर नल्याउने दलले सच्याउन थप दुई दिन समय पाउँछन्,’ उनले भने ।

    ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम
    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ४.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः

    • ६.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    भर्खरै

    • १.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    • २.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • ३.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ४.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ६.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ७.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ८.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.