काठमाडौं । कांग्रेसले प्रतिनिधिसभातर्फका ३२ जना समानुपातिक सांसद चयन गरेको छ । संघीय संसद्मा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व अनिवार्य भएकाले कांग्रेसले समानुपातिकबाट तीन जना पुरुषलाई मात्र सांसद बनाउने निर्णय गरेको छ ।
कांग्रेसले खसआर्यकाे पहिलो नम्बर रहेका डा.प्रकाशशरण महत, मधेसीकाे पहिलो नम्बरमा रहेका विमलेन्द्र निधि र दलितकाे पहिलो नम्बरमा रहेका जीवन परियारलाई सांसद बनाउने निर्णय भएको छ।
कांग्रेसले खस-आर्य महिलाबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला, कान्तिका सेजुवाल र मैना रावल कार्कीलाई सांसद बनाउने छ ।








