बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा प्यूठान स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षका पुरुषको रहेका छन् । भारतबाट आएर प्युठानको स्थानीय क्वारेटानमा बसेका उनमा ज्वरो, खोकीको समस्या देखिएपछि भदौ १ गते कोरोना विशेष अस्पतालमा ल्याइएको थियो । निमोनिया भएपछि आईसीयूमा राखेर उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुर्दशन थापाले बताए ।








