काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक यही भदौ १३ गतेका लागि बोलाएको छ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफले भदौ १३ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको हो।
अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटाले दुई अध्यक्षबीच भदौ १३ मा सचिवालय बैठक बोलाउने सहमति भएको जानकारी दिए








