काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोलामा ४ सय रुपैयाँले घटेर ९६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । लगातार घटेको सुनको मूल्य मंगलबार ७ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आइतबार सुन तोलामा ४ सय रुपैयाँ र सोमबार ५ सय रुपैयाँले घटेको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार ३ सय १० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








