• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, मङि्सर ०१, २०८३
☰
मङ्गलबार, मङि्सर ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चाडपर्वपछि चितवनमा साप्ताहिक बजार बिदा पुनः लागू, फेन्सी र सुनचाँदी व्यवसायीबीच ऐक्यबद्धता

  • २. भोलि मेघगर्जन र असिनासहित वर्षाको सम्भावना

  • ३. छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

  • ४. डिल्लीबजार कारागारबाट छुटे टोपबहादुर रायमाझी

  • ५. चौथो राप्ती नदी दिवस मंसिर १ गते मनाइँदै, भीमफेदीदेखि गोलाघाटसम्म सरसफाइ अभियान

  • ६. सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ

  • ७. गैंडाकोटबाट लागुऔषधसहित चार जना पक्राउ

  • ८. मंसिर २ देखि १७ सम्म ‘नारायणी महोत्सव २०८३’, नयाँ आकर्षण थपिँदै

  • ९. भरतपुरमा ईभी कारको ठक्करबाट एक महिलाको मृत्यु, दुई जना घाइते

  • १०. चितवन राष्ट्रिय निकुञ्जमा ८५ हेक्टर घाँसेमैदान व्यवस्थापन, जीप सफारीमा वन्यजन्तु देख्न सहज

चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो

  •   सोमबार, कार्तिक ३०, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्लामा यस वर्षको दसैँ–तिहार अवधिमा सडक दुर्घटना तथा मानवीय क्षतिमा कमी आएको छ भने ट्राफिक कारबाही र राजस्व सङ्कलनमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सडक दुर्घटना घटेका छन् भने ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथिको कारबाही र जरिवाना सङ्कलन बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा घटस्थापनादेखि कात्तिक २४ गतेसम्म ६६ वटा सडक दुर्घटना भएका थिए । ती दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो भने ११७ जना घाइते भएका थिए ।

    त्यस्तै, चालु आर्थिक वर्ष २०८३/८४ मा असोज २५ देखि कात्तिक २६ गतेसम्म ३४ वटा सडक दुर्घटना भएका छन् । ती दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन् ।कार्यालयका अनुसार सडक नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि गरिएको ट्राफिक कारबाही तथा जरिवाना सङ्कलनमा भने उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षमा एक हजार ३५ वटा सवारी साधन कारबाहीमा परेका थिए । त्यसबाट रु नौ लाख २४ हजार ५३१ जरिवाना सङ्कलन भएको थियो । चालु आर्थिक वर्षमा कारबाहीमा पर्ने सवारीसाधनको सङ्ख्या बढेर एक हजार ८६१ पुगेको छ । यसबाट रु १७ लाख ७२ हजार ५०० राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउनेमाथिको कारबाही भने यस वर्ष घटेको छ ।

    गत आर्थिक वर्षमा ६९ वटा मापसे कारबाहीबाट रु ३७ हजार राजस्व सङ्कलन भएको थियो । चालु आर्थिक वर्षमा ५६ वटा कारबाहीबाट रु ३० हजार सङ्कलन भएको छ ।त्यस्तै, लागू पदार्थ सेवन गरी सवारी चलाउनेमाथि गत आर्थिक वर्षमा कुनै कारबाही नभएकामा यस वर्ष २४ वटा कारबाही भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख थापाले अनुसार चाडपर्वलाई लक्षित गरी गरिएको कडा ट्राफिक चेकजाँच, नियम उल्लङ्घन गर्नेमाथिको कारबाही तथा जनचेतनामूलक कार्यक्रमका कारण सडक दुर्घटना र मानवीय क्षतिमा कमी आएको बताए । उनले चाडपर्वको समयमा मात्र नभई अन्य समयमा पनि सवारी नियमको पालना गर्न, तीव्र गतिमा सवारी नचलाउन र मादक पदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गरे । सुरक्षित यात्रालाई प्राथमिकता दिन पनि उनले चालक तथा यात्रुलाई अनुरोध गरे ।

    चितवनमा लागूऔषधसहित चार जना पक्राउ
    दूध अभावले बन्द भएको चितवन मिल्क उद्योग पुनः सञ्चालनमा
    घोप्टेभीरमा मोटरसाइकलमाथि ढुङ्गा खस्दा चालकको मृत्यु

    लोकप्रिय

    • १.
      चाडपर्वपछि चितवनमा साप्ताहिक बजार बिदा पुनः लागू,

    • २.
      भोलि मेघगर्जन र असिनासहित वर्षाको सम्भावना

    • ३.
      छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

    • ४.
      डिल्लीबजार कारागारबाट छुटे टोपबहादुर रायमाझी

    • ५.
      चौथो राप्ती नदी दिवस मंसिर १ गते

    • ६.
      सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ

    भर्खरै

    • १.
      करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छः मुख्यमन्त्री थापामगर

    • २.
      चितवनमा लागूऔषधसहित चार जना पक्राउ

    • ३.
      दूध अभावले बन्द भएको चितवन मिल्क उद्योग पुनः सञ्चालनमा

    • ४.
      घोप्टेभीरमा मोटरसाइकलमाथि ढुङ्गा खस्दा चालकको मृत्यु

    • ५.
      नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छः मुख्यमन्त्री पाण्डे

    • ६.
      हसिनाको गृहनगरमा १० प्लाटुन सुरक्षा बल परिचालन

    • ७.
      स्थानीय तहको निर्वाचन चैत पहिलो साता गर्ने गरी आयोगको तयारी

    • ८.
      चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.