• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ३०, २०८३
☰
सोमबार, कार्तिक ३०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चाडपर्वपछि चितवनमा साप्ताहिक बजार बिदा पुनः लागू, फेन्सी र सुनचाँदी व्यवसायीबीच ऐक्यबद्धता

  • २. भोलि मेघगर्जन र असिनासहित वर्षाको सम्भावना

  • ३. छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

  • ४. डिल्लीबजार कारागारबाट छुटे टोपबहादुर रायमाझी

  • ५. गैंडाकोटबाट लागुऔषधसहित चार जना पक्राउ

  • ६. पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

  • ७. भरतपुरमा ईभी कारको ठक्करबाट एक महिलाको मृत्यु, दुई जना घाइते

  • ८. चिसापानीगढी दुर्घटना : ज्यान गुमाउने सबैको परिचय खुल्यो

  • ९. सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ

  • १०. मंसिर २ देखि १७ सम्म ‘नारायणी महोत्सव २०८३’, नयाँ आकर्षण थपिँदै

मंसिर २ देखि १७ सम्म ‘नारायणी महोत्सव २०८३’, नयाँ आकर्षण थपिँदै

  •   शनिबार, कार्तिक २८, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको भरतपुरस्थित नारायणी नदीकिनारमा आगामी मंसिर २ गतेदेखि १७ गतेसम्म ‘नारायणी महोत्सव २०८३’ आयोजना हुने भएको छ। रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा हुन लागेको महोत्सवलाई यस वर्ष थप आकर्षक र व्यवस्थित बनाउने तयारी गरिएको आयोजकले जनाएको छ। हालै आएको बाढी तथा वर्षाका कारण नारायणी नदीकिनारमा बालुवा, गेगर र ढुङ्गा थुप्रिनुका साथै विभिन्न स्थानमा खाल्डाखुल्डी बनेका थिए। महोत्सव आयोजना गर्नुअघि आयोजक संस्थाले आफ्नै स्रोत, साधन र लगानीमा आवश्यक मेसिनरी तथा जनशक्ति परिचालन गरी नदीकिनारको पुनःस्थापना, सरसफाइ, जमिन सम्याउने र सौन्दर्यीकरणको काम सम्पन्न गरेको जनाएको छ।

    आयोजकका अनुसार नदीकिनारलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउँदै पर्यटन तथा सार्वजनिक गतिविधिका लागि उपयोगी क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले पुनःस्थापनाको काम गरिएको हो। यस वर्षको महोत्सवमा आकर्षक पिरामिड शैलीको प्रवेशद्वार, हट एयर बेलुन, जिरो ग्र्याभिटी राइडलगायतका मनोरञ्जनात्मक गतिविधि मुख्य आकर्षणका रूपमा रहनेछन्। हट एयर बेलुन आवश्यक अनुमति तथा सुरक्षा मापदण्ड पूरा गरी सञ्चालन गर्ने तयारी गरिएको आयोजकले जनाएको छ। महोत्सवमा बालबालिका, युवा तथा परिवारका सबै सदस्यलाई लक्षित गरी विभिन्न मनोरञ्जनात्मक खेल तथा राइडसमेत सञ्चालन गरिनेछ।

    त्यस्तै, महोत्सवमा विभिन्न व्यापारिक स्टल, प्रदर्शनी कक्ष, स्थानीय उत्पादन, हस्तकला, घरेलु तथा साना उद्योगका सामग्री, होटल तथा रेस्टुरेन्ट र विभिन्न खानाका परिकार रहनेछन्। यसबाट स्थानीय व्यवसायी, उद्यमी तथा साना व्यवसायीलाई आफ्ना उत्पादन र सेवाको प्रचारप्रसार तथा बिक्री वितरण गर्ने अवसर मिल्ने आयोजकको अपेक्षा छ। महोत्सवमार्फत आन्तरिक पर्यटन प्रवर्द्धन गर्नुका साथै भरतपुर तथा समग्र चितवनको आर्थिक गतिविधि चलायमान बनाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ। स्थानीय होटल तथा रेस्टुरेन्ट व्यवसायलाई प्रोत्साहन गर्ने, कलाकार तथा सांस्कृतिक प्रतिभालाई अवसर दिने र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुर्‍याउने उद्देश्यसमेत महोत्सवले राखेको छ।

    महोत्सवलाई व्यवस्थित र सुरक्षित बनाउन सम्बन्धित सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय तथा ट्राफिक प्रहरीसँग समन्वय गरिने आयोजकले जनाएको छ। सवारीसाधन व्यवस्थापन, पार्किङ, पैदल यात्रुको आवागमन, सरसफाइ, प्राथमिक उपचार तथा आपत्कालीन व्यवस्थापनलाई प्राथमिकतामा राखिने बताइएको छ। आयोजक रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रा.लि.ले नारायणी नदीकिनारको पुनःस्थापना र महोत्सवलाई भरतपुरको पर्यटन, व्यापार तथा मनोरञ्जन प्रवर्द्धनसँग जोडिएको साझा अभियानका रूपमा अघि बढाइएको जनाएको छ।महोत्सव मंसिर २ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ।

    दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गर्न चितवनका दुग्ध किसानको माग, सरकारलाई सातदिने अल्टिमेटम
    छठ मनाउन गगन थापा पत्नीसहित सर्लाहीमा
    सौराहामा पहिलो पटक नेपथ्य लाइभ, तयारी अन्तिम चरण

    लोकप्रिय

    • १.
      चाडपर्वपछि चितवनमा साप्ताहिक बजार बिदा पुनः लागू,

    • २.
      भोलि मेघगर्जन र असिनासहित वर्षाको सम्भावना

    • ३.
      डिल्लीबजार कारागारबाट छुटे टोपबहादुर रायमाझी

    • ४.
      छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

    • ५.
      गैंडाकोटबाट लागुऔषधसहित चार जना पक्राउ

    • ६.
      पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    भर्खरै

    • १.
      दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गर्न चितवनका दुग्ध किसानको माग, सरकारलाई सातदिने अल्टिमेटम

    • २.
      नागरिकताको प्रतिलिपि लिन अब गृह जिल्ला जान नपर्ने

    • ३.
      छठ मनाउन गगन थापा पत्नीसहित सर्लाहीमा

    • ४.
      रारा जाने क्रममा मुगुमा गाडी दुर्घटना, तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

    • ५.
      सौराहामा पहिलो पटक नेपथ्य लाइभ, तयारी अन्तिम चरण

    • ६.
      जापानमा नयाँ ESDP भिसामार्फत १,००० भन्दा बढी नेपालीलाई रोजगारीको अवसर, अनुभव नभएकाले पनि आवेदन दिन सक्ने

    • ७.
      चाडपर्वपछि चितवनमा साप्ताहिक बजार बिदा पुनः लागू, फेन्सी र सुनचाँदी व्यवसायीबीच ऐक्यबद्धता

    • ८.
      छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.