• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ३०, २०८३
☰
सोमबार, कार्तिक ३०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चाडपर्वपछि चितवनमा साप्ताहिक बजार बिदा पुनः लागू, फेन्सी र सुनचाँदी व्यवसायीबीच ऐक्यबद्धता

  • २. भोलि मेघगर्जन र असिनासहित वर्षाको सम्भावना

  • ३. छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

  • ४. डिल्लीबजार कारागारबाट छुटे टोपबहादुर रायमाझी

  • ५. गैंडाकोटबाट लागुऔषधसहित चार जना पक्राउ

  • ६. पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

  • ७. भरतपुरमा ईभी कारको ठक्करबाट एक महिलाको मृत्यु, दुई जना घाइते

  • ८. चिसापानीगढी दुर्घटना : ज्यान गुमाउने सबैको परिचय खुल्यो

  • ९. सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ

  • १०. मंसिर २ देखि १७ सम्म ‘नारायणी महोत्सव २०८३’, नयाँ आकर्षण थपिँदै

दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गर्न चितवनका दुग्ध किसानको माग, सरकारलाई सातदिने अल्टिमेटम

  •   सोमबार, कार्तिक ३०, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गर्न माग गर्दै चितवनका दुग्ध किसानले सरकारलाई सातदिने अल्टिमेटम दिएका छन् । किसानका समस्या तत्काल सम्बोधन नगरिए आन्दोलनमा उत्रिने चेतावनी चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले दिएको छ ।

    संघले सोमबार पत्रकार सम्मेलनमार्फत सरकारको ध्यानाकर्षण गराउँदै कच्चा दूधको न्यूनतम मूल्य प्रतिलिटर ७५ रुपैयाँ निर्धारण गर्न माग गरेको हो । पटक–पटक सरकार तथा सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाउँदा पनि किसानका समस्या समाधान हुन नसकेको संघको गुनासो छ । किसानको मागप्रति बेवास्ता भइरहेकाले बाध्य भएर आन्दोलनको तयारी गर्नुपरेको संघले जनाएको छ ।

    संघका अनुसार चितवनमा हाल दैनिक करिब ३ लाख ५५ हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जिल्लामा उत्पादन हुने कुल दूधमध्ये करिब ५५ प्रतिशत काठमाडौं, ललितपुर, भक्तपुर, कास्की र मकवानपुरलगायत जिल्लामा बिक्रीका लागि पठाइने गरिएको छ । दूध उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको चितवनलाई २०७६ जेठ २९ गते दुग्धमा आत्मनिर्भर जिल्ला घोषणा गरिएको थियो ।

    तर, पछिल्लो समय बढ्दो महँगी र उत्पादन लागतका कारण दुग्ध किसान आर्थिक संकटमा पर्दै गएको संघको भनाइ छ । पशु आहारा, औषधोपचार, स्वास्थ्य, शिक्षा, खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढ्दा दूध उत्पादन खर्चसमेत बढेको किसानले बताएका छन् । किसानका अनुसार प्रतिलिटर दूध उत्पादन गर्न ५५ देखि ६० रुपैयाँसम्म खर्च हुने गरेको छ । उत्पादन लागतअनुसार उचित मूल्य नपाउँदा पशुपालन व्यवसाय सञ्चालन गर्न कठिन हुँदै गएको उनीहरूको गुनासो छ ।

    संघका अध्यक्ष किशोर बगालेले किसानलाई गाई दुहुन छाडेर सडकमा आउनुपर्ने अवस्था सिर्जना नगर्न सरकारसँग आग्रह गरेका छन् । किसानको आन्दोलन गर्ने रहर नभई बाध्यता बन्न लागेको उल्लेख गर्दै उनले समयमै दूधको उचित मूल्य निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराए । किसानको श्रम र लगानीको उचित मूल्य सुनिश्चित नभए दुग्ध व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ ।

    त्यस्तै, संघका सचिव कल्याण अधिकारीले किसानका माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् । दूध उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्नुको सट्टा उत्पादन लागतसमेत उठाउन नसक्ने अवस्था सिर्जना हुनु दुःखद भएको उनले बताए ।

    चितवनमा ९९६ वटा दुग्ध उत्पादक सहकारी संस्था आबद्ध रहेका छन् भने करिब ४० हजार किसान प्रत्यक्ष रूपमा दुग्ध उत्पादन व्यवसायमा संलग्न छन् । गाई तथा भैँसीपालनमार्फत जिल्लामा दूध उत्पादन बढ्दै गए पनि किसानले उचित मूल्य पाउन नसकेको संघको दाबी छ ।

    राष्ट्रिय दुग्ध विकास नीति, २०७८ मा प्रत्येक दुई वर्षमा दूधको मूल्य पुनरावलोकन गर्ने व्यवस्था गरिएको छ । तर, लामो समयदेखि मूल्य समायोजनका विषयमा प्रभावकारी छलफल तथा निर्णय हुन नसकेको संघले जनाएको छ । दूधको मूल्य निर्धारण गर्ने अधिकार संघीय सरकारसँग रहेकाले किसानको माग सम्बोधन गर्न संघीय सरकारले तत्काल आवश्यक पहल गर्नुपर्ने संघको भनाइ छ ।

    यसअघि पनि संघले असोज १४ गते सरकारसमक्ष ज्ञापनपत्र बुझाएर दूधको मूल्य समायोजन गर्न माग गरेको थियो । तर, माग सम्बोधन नभएपछि संघले सात दिनभित्र निर्णय गर्न सरकारलाई अल्टिमेटम दिएको हो । तोकिएको समयभित्र माग पूरा नभए मंसिर ७ गतेदेखि चरणबद्ध आन्दोलनमा उत्रिने तयारी गरिएको संघले जनाएको छ ।

    किसानले उत्पादन गरेको दूधको उचित मूल्य सुनिश्चित गर्दै दुग्ध व्यवसायलाई दिगो बनाउन सरकारले तत्काल ठोस निर्णय गर्नुपर्ने संघको माग छ ।

    छठ मनाउन गगन थापा पत्नीसहित सर्लाहीमा
    सौराहामा पहिलो पटक नेपथ्य लाइभ, तयारी अन्तिम चरण
    जापानमा नयाँ ESDP भिसामार्फत १,००० भन्दा बढी नेपालीलाई रोजगारीको अवसर, अनुभव नभएकाले पनि आवेदन दिन सक्ने

    लोकप्रिय

    • १.
      चाडपर्वपछि चितवनमा साप्ताहिक बजार बिदा पुनः लागू,

    • २.
      भोलि मेघगर्जन र असिनासहित वर्षाको सम्भावना

    • ३.
      छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

    • ४.
      डिल्लीबजार कारागारबाट छुटे टोपबहादुर रायमाझी

    • ५.
      गैंडाकोटबाट लागुऔषधसहित चार जना पक्राउ

    • ६.
      पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    भर्खरै

    • १.
      दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गर्न चितवनका दुग्ध किसानको माग, सरकारलाई सातदिने अल्टिमेटम

    • २.
      नागरिकताको प्रतिलिपि लिन अब गृह जिल्ला जान नपर्ने

    • ३.
      छठ मनाउन गगन थापा पत्नीसहित सर्लाहीमा

    • ४.
      रारा जाने क्रममा मुगुमा गाडी दुर्घटना, तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

    • ५.
      सौराहामा पहिलो पटक नेपथ्य लाइभ, तयारी अन्तिम चरण

    • ६.
      जापानमा नयाँ ESDP भिसामार्फत १,००० भन्दा बढी नेपालीलाई रोजगारीको अवसर, अनुभव नभएकाले पनि आवेदन दिन सक्ने

    • ७.
      चाडपर्वपछि चितवनमा साप्ताहिक बजार बिदा पुनः लागू, फेन्सी र सुनचाँदी व्यवसायीबीच ऐक्यबद्धता

    • ८.
      छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.