• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ३०, २०८३
☰
सोमबार, कार्तिक ३०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चाडपर्वपछि चितवनमा साप्ताहिक बजार बिदा पुनः लागू, फेन्सी र सुनचाँदी व्यवसायीबीच ऐक्यबद्धता

  • २. भोलि मेघगर्जन र असिनासहित वर्षाको सम्भावना

  • ३. डिल्लीबजार कारागारबाट छुटे टोपबहादुर रायमाझी

  • ४. छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

  • ५. गैंडाकोटबाट लागुऔषधसहित चार जना पक्राउ

  • ६. भरतपुरमा ईभी कारको ठक्करबाट एक महिलाको मृत्यु, दुई जना घाइते

  • ७. पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

  • ८. चिसापानीगढी दुर्घटना : ज्यान गुमाउने सबैको परिचय खुल्यो

  • ९. सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ

  • १०. मंसिर २ देखि १७ सम्म ‘नारायणी महोत्सव २०८३’, नयाँ आकर्षण थपिँदै

चितवन राष्ट्रिय निकुञ्जमा ८५ हेक्टर घाँसेमैदान व्यवस्थापन, जीप सफारीमा वन्यजन्तु देख्न सहज

  •   शुक्रबार, कार्तिक २७, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जङ्गल सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज विश्वमै प्रख्यात छ । यहाँ जङ्गल सफारी गर्न स्वदेशी र विदेशी पर्यटक रुचाउँछन् । वर्षात सकिएसँगै जीप सफारी सञ्चालन गरिदैआएको छ । बर्सातको समयमा भने बाटो बिग्रने भएकाले निकुञ्जले जङ्गल सफारी बन्द गर्दैआएको छ । दसैँअघि निकुञ्जभित्रका सडक मर्मत सकेर जीप सफारी सञ्चालनमा आउने ल्याइने गरिएको छ ।

    निकुञ्जले यस वर्ष बाटोसँगै घाँसेमैदानको व्यवस्थापनको काम पनि अघि बढाएको छ । त्यस कार्यले निकुञ्जभित्र जीपमा सफारी गर्नेले टाढा–टाढासम्मका वन्यजन्तु हेर्न सहज भएको छ । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार यस पटक जीप सफारी सुरु गरिँदा बाटो छेउका ८५ हेक्टर घाँसेमैदान सफा गरिसकिएको छ । उहाँका अनुसार पहिलो प्राथमिकता जीप सफारी गर्ने बाटो छेउका घाँसेमैदानलाई दिइएको छ । सूचना अधिकारी तिवारीले भन्नुभयो, “सुरुमा बाटो नजिक सफा गरेर पछि भित्रि ठाउँको घाँसेमैदान व्यवस्थापन गर्दै छौँ ।”

    निकुञ्जभित्र सफा भएपछि जीप सफारी गर्नेले दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, गौरी गाई, भालु, मृग प्रजातीका चित्तललगायतका वन्यजन्तु, चरा सजिलै देख्न पाएका छन् । उहाँले निकुञ्ज घुम्न आउनेले सहजै वन्यजन्तु देख्न पाउन भन्न घाँसेमैदानको काम छिटो सुरु गरिएको बताउनुभयो । यस वर्ष जीपमा सफारी गर्नेले धेरै वन्यजन्तु देखिएको प्रतिक्रिया दिएको पनि उहाँले बताउनुभयो । निकुञ्जको कसराबाट २३ वटा, मेघौलीबाट १३ वटा र सौराहाबाट ३२ वटा जीप निकुञ्जभित्र सेवा दिँदैआएका छन । ती जीपबाट सौराहाबाट कसरा, कसराबाट रिउ खोला किनार सम्म र भित्रि भागमा पर्यटक घुमाउने गरिएको छ । रिउ खोलाको पानी नघटेकाले नवलपरासी तिरबाट भने जीप छिर्न सकेका छैनन् । छिट्टै रिउ खोलामा बाटो बनाएर अमलटारीसम्म जीप पु¥याइने तिवारीको भनाइ छ ।

    चितवन निकुञ्ज दुर्लभ एकसिङ्गे गैँडा र पाटे बाघका लागि प्रख्यात छ । यहाँ सन् २०२५ को गणना अनुसार १४५ वटा पाटेबाघ छन् । देशभर यसको सङ्ख्या ४२९ छ । यस्तै एक सिङ्गे गैँडा यहाँ ६९४ वटा छन् । देशभर गैँडाको सङ्ख्या ७५२ रहेको छ । पाँच वर्षयता गैँडाको गणना नभएकाले यसको सङ्ख्या बढेको अनुमान छ । निकुञ्ज घुम्ने अधिकांश पर्यटकले गैँडालगायतका वन्यजन्तु सहजै देख्न सक्छन् भने कहिलेकाहीँ बाघसमेत देख्ने गरिएको छ । निकुञ्जमा बाघ देख्नेलाई भाग्यमानीसमेत भन्ने गरिएको छ । निकुञ्ज बाहिरका सामुदायिक वनमा समेत जीप र हात्ती सफारी गरिँदैआएको छ । चितवनमा पर्यटक डुङ्गा र पैदलका माध्यमबाट पनि निकुञ्ज घुम्ने गरेको पाइएको छ ।

    दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गर्न चितवनका दुग्ध किसानको माग, सरकारलाई सातदिने अल्टिमेटम
    छठ मनाउन गगन थापा पत्नीसहित सर्लाहीमा
    सौराहामा पहिलो पटक नेपथ्य लाइभ, तयारी अन्तिम चरण

    लोकप्रिय

    • १.
      चाडपर्वपछि चितवनमा साप्ताहिक बजार बिदा पुनः लागू,

    • २.
      भोलि मेघगर्जन र असिनासहित वर्षाको सम्भावना

    • ३.
      डिल्लीबजार कारागारबाट छुटे टोपबहादुर रायमाझी

    • ४.
      छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

    • ५.
      गैंडाकोटबाट लागुऔषधसहित चार जना पक्राउ

    • ६.
      भरतपुरमा ईभी कारको ठक्करबाट एक महिलाको मृत्यु,

    भर्खरै

    • १.
      दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गर्न चितवनका दुग्ध किसानको माग, सरकारलाई सातदिने अल्टिमेटम

    • २.
      नागरिकताको प्रतिलिपि लिन अब गृह जिल्ला जान नपर्ने

    • ३.
      छठ मनाउन गगन थापा पत्नीसहित सर्लाहीमा

    • ४.
      रारा जाने क्रममा मुगुमा गाडी दुर्घटना, तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

    • ५.
      सौराहामा पहिलो पटक नेपथ्य लाइभ, तयारी अन्तिम चरण

    • ६.
      जापानमा नयाँ ESDP भिसामार्फत १,००० भन्दा बढी नेपालीलाई रोजगारीको अवसर, अनुभव नभएकाले पनि आवेदन दिन सक्ने

    • ७.
      चाडपर्वपछि चितवनमा साप्ताहिक बजार बिदा पुनः लागू, फेन्सी र सुनचाँदी व्यवसायीबीच ऐक्यबद्धता

    • ८.
      छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.