• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ३०, २०८३
☰
सोमबार, कार्तिक ३०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चाडपर्वपछि चितवनमा साप्ताहिक बजार बिदा पुनः लागू, फेन्सी र सुनचाँदी व्यवसायीबीच ऐक्यबद्धता

  • २. भोलि मेघगर्जन र असिनासहित वर्षाको सम्भावना

  • ३. डिल्लीबजार कारागारबाट छुटे टोपबहादुर रायमाझी

  • ४. गैंडाकोटबाट लागुऔषधसहित चार जना पक्राउ

  • ५. छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

  • ६. भरतपुरमा ईभी कारको ठक्करबाट एक महिलाको मृत्यु, दुई जना घाइते

  • ७. पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

  • ८. चिसापानीगढी दुर्घटना : ज्यान गुमाउने सबैको परिचय खुल्यो

  • ९. सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ

  • १०. मंसिर २ देखि १७ सम्म ‘नारायणी महोत्सव २०८३’, नयाँ आकर्षण थपिँदै

चितवनमा फुलेको फूल हङकङ र दुबईसम्म, वार्षिक ८० लाखको कारोबार

  •   आइतबार, कार्तिक २२, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कालिका । चितवनको पदमपुरमा उत्पादित सयपत्री र मखमली फूलका माला हङकङ र दुबई निर्यात गरिएको छ । कालिका नगरपालिका–पदमपुरका गोविन्द बाँस्तोलाको परिवारले बिहीबार मात्रै करिब सात लाख रुपैयाँ मूल्यबराबरका फूलमाला विदेश पठाएको हो । कोरोना महामारीका बेला पाँच कठ्ठा जमिनबाट सुरु गरिएको फूलखेती अहिले १० बिघामा विस्तार भएको छ । बाँस्तोला परिवारले फूलखेतीबाट वार्षिक ७० देखि ८० लाख रुपैयाँसम्मको कारोबार गर्दै आएको छ ।

    चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको उपस्थितिमा हङकङका लागि करिब पाँच लाख र दुबईका लागि दुई लाख रुपैयाँ मूल्यबराबरका सयपत्री र मखमली फूलका माला पठाइएको बाँस्तोलाले बताए ।

    ‘विदेशमा पनि नेपालीहरूले नै प्रयोग गर्ने हो । यहाँबाट लगेको फूल तिहारको दिनसम्म बिक्री गर्छन्’, उनले भने ।

    सात वर्षअघि रोजगारी गुमेपछि घरमै थन्किएका बेला बाँस्तोला परिवारले जोखिम मोलेर फूलखेती सुरु गरेको थियो । सुरुमा तीन जनाको सहकार्यमा पाँच कठ्ठा जमिनबाट थालिएको खेती अहिले परिवारका चार दाजुभाइ मिलेर सञ्चालन गरिरहेका छन् । समयसँगै खेती विस्तार गर्दै १० बिघा क्षेत्रफलमा पुर्‍याएका उनीहरूले अहिले फूलखेतीलाई आम्दानीको मुख्य आधार बनाएका छन् ।

    ‘सुरुमा सहकार्य गरेका साथीहरू वातावरण सहज भएपछि आआफ्नै कार्यक्षेत्र फर्किनुभयो, अहिले हामी परिवारका चार दाजुभाइ भएर सम्हालिरहेका छौँ’, बाँस्तोलाले भने, ‘अहिलेसम्ममा २०८० सालबाहेक सबै वर्ष राम्रै भइरहेको छ ।’

    यस वर्ष तिहारलाई लक्षित गरेर पाँच बिघा क्षेत्रफलमा फूलखेती गरिएको छ । यसबाट करिब ३० हजार माला उत्पादन गर्ने लक्ष्य राखिएको छ । तिहारमा फूलको माग उच्च हुने भएकाले करिब २५ लाख रुपैयाँ आम्दानी गर्ने अपेक्षा गरिएको बाँस्तोलाले बताए । वर्षभरिमा भने ७० देखि ८० लाख रुपैयाँसम्मको कारोबार हुने उनको भनाइ छ ।

    फूलखेतीले बाँस्तोला परिवारको आम्दानी मात्रै बढाएको छैन, स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना गरेको छ । तिहारका बेला २० देखि २५ जनासम्मलाई रोजगारी दिँदै आएको परिवारले वर्षभरि पनि फूल उत्पादन र माला बनाउने कामलाई निरन्तरता दिँदै आएको छ ।

    चितवनमा उत्पादन भएको फूलको बजार पनि फराकिलो छ । यहाँ उत्पादित फूलमध्ये करिब ४० प्रतिशत चितवनमै खपत हुने र बाँकी काठमाडौँ, पोखरा, बुटवल, धनगढी, बागलुङलगायतका जिल्लामा पुग्ने गरेको बाँस्तोलाको अनुभव छ । ‘चितवनमा ४० प्रतिशतजति फूल खपत हुन्छ, बाँकी सबै बाहिरी जिल्लामै जान्छ’, उनले भने ।

    फूलखेतीमा आम्दानी राम्रो भए पनि चुनौती उत्तिकै रहेको बाँस्तोलाले बताए । केही दिनअघि परेको वर्षाले करिब डेढ बिघा जमिनको फूल नष्ट भएको छ । मल, बीउ र सिँचाइको समस्या पनि खेतीका लागि चुनौती बनेको उनको भनाइ छ ।

    यद्यपि, स्थानीय सरकारले उपलब्ध गराएको कृषि उपकरण, टनेललगायतका सामग्रीले व्यावसायिक खेतीमा सहजता मिलेको उनले बताए ।

    चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नेपाली फूल विदेशी बजारमा पुग्नु सकारात्मक उपलब्धि भएको बताए । चितवनबाटै विदेशी भूमिमा सयपत्रीका माला निर्यात हुनुले स्थानीय किसानलाई थप प्रोत्साहन मिलेको उनको भनाइ छ ।

    पढेपछि जागिर नै खानुपर्छ वा विदेश नै जानुपर्छ भन्ने एकाङ्गी सोच राख्नेहरूका लागि फूलखेती राम्रो उदाहरण भएको उल्लेख गर्दै अर्यालले गाउँमै रोजगारी सिर्जना हुनु यसको महत्वपूर्ण उपलब्धि भएको बताए ।

    ‘एक जना किसानले फूल उत्पादन गर्दै गर्दा स्थानीय महिलाहरूले दैलैमा रोजगारी पाएका छन्, यही हो सबैभन्दा ठूलो कुरा’, उनले भने ।

    चितवनका फूल किसानको हितका लागि प्रशासनले प्लास्टिकजन्य फूलको बिक्रीवितरण तथा प्रयोगमा रोक लगाएको पनि अर्यालले बताए । प्रतिबन्धित प्लास्टिकजन्य फूलको बिक्रीवितरण वा प्रयोग भएको पाइएमा प्रशासनले कडा कारबाही गर्ने उनको भनाइ छ ।

    पाँच कठ्ठाबाट सुरु भएको बाँस्तोला परिवारको फूलखेती अहिले १० बिघामा फैलिएको छ । गाउँमै रोजगारी सिर्जना गर्दै विदेशसम्म नेपाली फूलको पहुँच विस्तार हुनु पदमपुरको यो व्यवसायको महत्वपूर्ण उपलब्धि बनेको छ ।

    दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गर्न चितवनका दुग्ध किसानको माग, सरकारलाई सातदिने अल्टिमेटम
    छठ मनाउन गगन थापा पत्नीसहित सर्लाहीमा
    सौराहामा पहिलो पटक नेपथ्य लाइभ, तयारी अन्तिम चरण

    लोकप्रिय

    • १.
      चाडपर्वपछि चितवनमा साप्ताहिक बजार बिदा पुनः लागू,

    • २.
      भोलि मेघगर्जन र असिनासहित वर्षाको सम्भावना

    • ३.
      डिल्लीबजार कारागारबाट छुटे टोपबहादुर रायमाझी

    • ४.
      गैंडाकोटबाट लागुऔषधसहित चार जना पक्राउ

    • ५.
      छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

    • ६.
      भरतपुरमा ईभी कारको ठक्करबाट एक महिलाको मृत्यु,

    भर्खरै

    • १.
      दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गर्न चितवनका दुग्ध किसानको माग, सरकारलाई सातदिने अल्टिमेटम

    • २.
      नागरिकताको प्रतिलिपि लिन अब गृह जिल्ला जान नपर्ने

    • ३.
      छठ मनाउन गगन थापा पत्नीसहित सर्लाहीमा

    • ४.
      रारा जाने क्रममा मुगुमा गाडी दुर्घटना, तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

    • ५.
      सौराहामा पहिलो पटक नेपथ्य लाइभ, तयारी अन्तिम चरण

    • ६.
      जापानमा नयाँ ESDP भिसामार्फत १,००० भन्दा बढी नेपालीलाई रोजगारीको अवसर, अनुभव नभएकाले पनि आवेदन दिन सक्ने

    • ७.
      चाडपर्वपछि चितवनमा साप्ताहिक बजार बिदा पुनः लागू, फेन्सी र सुनचाँदी व्यवसायीबीच ऐक्यबद्धता

    • ८.
      छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.