काठमाडौँ । काठमाडौँको पशुपतिनाथको जङ्गलमा जलेको अवस्थामा शव भेटिएको छ । किरातेश्वर मन्दिर भन्दा तल शरीर पुरै जलेको अवस्थामा पुरुषको शव भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए । अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुगेका छन् । शव नजिकै बोतलमा पेट्रोल पनि भेटिएको छ ।
जलेको अवस्थामा शव भेटिएपछि अहिले त्यहाँ अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुगेको उपत्यका प्रहरीका एसपी कोइरालाले जानकारी दिए । ्उनका अनुसार शवनजिकै बोतलमा पेट्रोल समेत भेटिएको छ ।
पेट्रोल छर्केर आगाले लगाएको आशङ्का गरिएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको र अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको एसपी कोइरालाले जानकारी दिए ।








