• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

‘खेलकुद र पर्यटनलाई जोड्न सकेमा मात्रै समृद्ध नेपाल निर्माण हुन्छ’

  •   शनिबार, पुष ३०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । खेलकुद र पर्यटनलाई जोड्न सकेमा मात्रै समृद्ध नेपाल निर्माण हुनेमा सरोकारवालाहरुले जोड दिएका छन् । उद्योग वाणिज्य संघ चितवनले १४औँ चितवन महोत्सवको अवसरमा आज नारायणगढमा आयोजना गरेको ‘खेल पर्यटनको गन्तव्य : चितवन’ विषय पर्यटन गोष्ठीमा सहभागीहरुले खेल पर्यटनको माध्यमबाट नेपाललाई समृद्ध बनाउन सकिने बताएका हुन् । कार्यक्रममा प्रतिनिधिसभा सदस्य रणेन्द्र बरालीले खेलकुद र पर्यटनलाई सँगसँगै अघि बढाउन नसक्दा नेपालको विकास पछाडि धकेलिएको बताए ।

    पर्यटकीय सम्भावनाले भरिपूर्ण भएको नेपाललाई खेल पर्यटनसँग जोड्नु अहिलेको आवश्यकता भएको बरालीको भनाइ छ । खेलकुद र पर्यटनलाई जोड्ने कुरामा मानिसहरुको ध्यान पुग्न नसकेको बरालीले बताए । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला पुनः निर्माणमा सबैले सहयोग आवश्यक रहेको बरालीको भनाइ छ । उक्त रंगशाला निर्माण भएको अवस्थामा खेल पर्यटन मार्फत चितवनको मात्र नभएर देशकै आर्थिक अवस्था चलायमान हुने बरालीले बताए ।

    जिल्लामा धेरै खेलकुदका सम्भावनाहरु भएको उनको भनाइ थियो । कार्यक्रममा स्रोत व्यक्ति एवं भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ डा विश्वराज सुवेदीले विश्व अर्थतन्त्रको ठूलो हिस्सा पर्यटनले ओगटेको भए पनि नेपालले त्यसको लाभ लिन नसकेको सुवेदीले बताए । नेपालमा जल पर्यटन, पर्वतीय पर्यटन, हिमाली पर्यटन, वन तथा वन्यजन्तुलाई जोडेर पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने सुवेदीको भनाइ छ । चितवनमा अन्तर्राष्ट्रिय खेलहरु खेलाउन सकेको खण्डमा चितवनमा मात्रै वार्षिक एक लाख विदेशी पर्यटक भित्र्याउन सकिने सुवेदीले बताए ।

    सोही कार्यक्रममा अमेरिकाका लागि पर्यटन प्रवद्र्धन राजदुत विनोद अधिकारीले ठूला दुई राष्ट्रको बीचमा रहेको नेपालले पर्यटनको क्षेत्रमा लाभ लिन सक्नुपर्ने बताए । चितवनमा ठूला नदी, पहाड, निकुञ्ज र दुर्लभ वन्यजन्तु पाइने भन्दै यसको प्रचारसँगै नदी र पहाडमा खेलकुदका गतिविधि गर्नुपर्ने अधिकारीले बताए । चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष उत्तम गुरुङले चितवनमा खेलको पूर्वाधारका लागि आएको बजेट पनि काम गर्न नसक्दा अन्यत्र रकमान्तर भएर जानु लाजमर्दो विषय भएको बताए ।

    खेलकुदको विकासका लागि खेलसँग सम्बद्ध संघसंस्थामात्रै नभएर निजी, सार्वजनिक तथा सरकारी संघसंस्थाहरुको सहयोग आवश्यक रहेको गुरुङको भनाइ छ । त्यसैगरी, गैरआवासीय नेपाली संघका प्रवक्ता एवं बेलायतका लागि पर्यटन प्रवद्र्धन राजदुत सोम सापकोटाले नेपालको पर्यटनलाई कसरी विश्वमाझ पु¥याउन सकिन्छ भनेर आफूहरु लागिपरेको बताए । विश्वमा हुनेभन्दा फरक गतिविधिलाई समेटेर नेपालमा खेलकुदसँगै पर्यटक भित्र्याउन सकिने सापकोटाको भनाइ थियो ।

    कार्यक्रममा नासा फाउण्डेशनका प्रमुख गोविन्द भट्टराईले मुलुकको विकासका लागि खेल पर्यटनसँगै पूर्वाधारहरु पनि हुनुपर्ने बताए । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले नारायणीमा बिच भलिबलसहित धेरै सम्भावना भएकाले सरकारको ध्यान जानुपर्ने बताए । उद्योग वाणिज्य संघ चितवनका पर्यटन संयोजक अशोक अधिकारीले पर्यटन क्षेत्र चलायमान भएको अवस्थामा सबै क्षेत्र सहज रुपमा सञ्चालन हुने बताए ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.