काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार केहि दिनदेखि लगातार बढेको सुनको मूल्य बिहिबार प्रतितोलामा ८ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार सुन प्रतितोलामा ४ सय रुपैयाँले घटेर ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । बिहिबार चाँदी प्रतितोलामा ३५ रुपैयाँले बढेर एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








