चितवन । चितवनमा जारी रेहको निषेधाज्ञाको पूर्ण कार्यान्वयन गराउन चेकजाँचमा कडाई गरिएको छ । निषेधाज्ञा उल्लङ्घन गर्ने ४० महिलासहित ५ सय ९० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितबनका अनुसार यो संख्या बुधबार बिहान ५ बजेदेखि राति साढे ११ बजेसम्मको हो । चितवनको विभिन्न स्थानमा निषेधाज्ञाको उलंघन गर्नेहरुबाट एक लाख ६३ हजार ८ सय रुपैयाँ जरिवाना संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितबनले ९० जनालाई कारबाही गरेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले १ सय ८७ जनालाई कारबाही गरेको थियो । त्यस्तै ईलाका प्रहरी कार्यालय टाँडीले एक सय १ जनालाई कारबाही गरेको थियो ।ईलाका प्रहरी कार्यालय रामनगरले १७ जनालाई कारबाही गरेको थियो । वडा प्रहरी कार्यालय नारायणगढले एक सय ३ जनालाई कारबाही गरेको थियो ।ईलाका प्रहरी कार्यालय खैरहनीले ४६ जनालाई कारबाही गरेको थियो ।ईलाका प्रहरी कार्यालय चनौलीले ७ जनालाई कारबाही गरेको थियो । प्रहरी बिट भोजाडले ७ जनालाई कारबाही गरेको थियो । त्यस्तै ईलाका प्रहरी कार्यालय दिब्यनगरले २ जनालाई कारबाही गरेको थियो । ईलाका प्रहरी कार्यालय मुग्लिङले १५ जनालाई कारबाही गरेको थियो । गोन्द्राङ प्रहरीले २३ जनालाई कारबाही गरेको थियो । बसपार्क प्रहरीले २४ जनालाई कारबाही गरेको थियो । ईलाका प्रहरी कार्यालय गितानगरले २०जनालाई कारबाही गरेको थियो ।ईलाका प्रहरी कार्यालय भण्डाराले ११जनालाई कारबाही गरेको थियो ।








