चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ कि ४७ वर्षिया महिलाको उपचारका क्रममा आज विहान ७ः५५ वजे मृत्यु भएको हो । मृगौलाको समस्याका काराण यहि साउन २६ गते अस्पताल भर्ना भएकी उनलाई भदौ ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालका निर्देशक डा। दयाराम लम्सालका अनुसार अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो । यो संगै जिल्लामा मृत्यु हुनेको संख्या १० पुगेको छ । ती मध्ये चितवनका ४ जना, कैलालीका १ जना, मकवानपुरका ४ जना र गोरखाका १ जनाको रहेका छन् । चितवनकी एक वृद्धाको कोरोना संक्रमणका कारण घरमानै मृत्यु भएको थियो ।








