काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोलामा ३०० रुपैयाँ बढेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साेमबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन आइतबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि आइतबार तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। साेमबार चाँदीको मूल्य भने स्थिर छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। साेमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।








