चितवन। चितवनको कालिका सव डिभिजन वन कार्यालयमा कार्यरत पाँचजनामा कोरोना संक्रमण देखिएको छ । कालिका नगरपालिका वडा नम्बर ८ मा रहेको सव डिभिजन वन कार्यालयमा कार्यरत ५ जना कर्मचारीमा कोरोना पुष्टि भएको कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले जानकारी दिए । पाँचजनामध्य १ जना कालिका नगरपालिका वडा नम्बर ९, एकजना भरतपुर महानगरपालिका वडा नम्बर ५, ११, १४ र एकजना रत्ननगर नगरपालिका वडा नम्बर १२ निवासी रहेको खुलेको छ ।








