हेटौंडा । हेटौंडा अस्पतालमा कार्यरत ४६ जनाको कारोना रिपोर्ट नेगेटिभ आएको छ । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले यस्तो जानकारी दिएका हुन् । धुलिखेलमा भएको परीक्षणका क्रममा अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना पुष्टी भएपछि अस्पतालका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक लगायतको परीक्षण गरिएको चौलागाईको भनाई छ । केहीको परीक्षणकै क्रममा रहेको जनाईएको छ ।








