• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

‘पाँच वर्ष भयो, कति सास्ती खेप्ने’

  •   सोमबार, माघ २३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मोतिपुर निवासी रिता रिजालको घर भित्रै सडकको धुलो पस्छ । धुलोले आँखा रसाउने, छाति दुख्ने समस्या हुन्छ नै । खाने कुरामा पनि धुलो पस्दा थप पीडा बनाउने गर्छ । “घरभित्रै धुलो हुन्छ, खानामा पनि धुलो हुन्छ”,उनले भने, “धुलोले नानी वावुहरुका आँखा रसाउछनु, छाति दुख्ने समस्या हुन्छ ।”

    घोराही–तुलसीपुर चारलेन निर्माण जारी रहँदा सो क्षेत्रमा धुलोले समस्या बनाएको छ । सोही ठाउँकै मुना पोख्रेललाई पनि त्यस्तै समस्याले सताउने गरेको छ । काम गर्ने क्रममा नाक मुखमा धुलो पस्ने, घर वरिपरि धुलै धुलो हुने, विहान सफा गरेको छत साँझमा धुलै धुलोले भरिने समस्या छ ।

    शरिरमा धुलौधुलो, मुखमा हातले छुदा माटोनै निस्किने, माझेर राखेको भाडामा पनि माटै माटो हुने गरेको उहाँको दुखेसो छ ।“विहान बढा¥यो साँझ धुलो, मुखमा हातले छोयो माटो नै निस्किन्छ”,उनले भने “पाँच बर्ष भयो, यसरी सास्ती खेप्न थालेको ।”

    सडकमा आवतजावत गर्दा यात्रुहरुलाई पनि त्यतिकै समस्या हुने गर्छ । पैदल यात्रु होस् वा सवारीमा यात्रु गर्दा पनि निकै सास्ती खेप्नु परेको छ । “धुलै धुलो हुँदा अगाडीको गाडी पनि देखिदैन । श्वासप्रश्वासको समस्या हुन्छ, नै अगाडीको गाडी नदेखिदा दुर्घटनाको जोखिम पनि उत्तिकै छ”चालक ध्रुब रावतले भने, “सवारी चलाउन पनि समस्या हुन्छ ।”

    यसरी धुलोले स्वास्थ्यमा निकै असर गर्ने चिकित्सकहरुले बताउने गर्छन् । धुलोले गर्दा घाँटी, फोक्सोमा समस्या निम्त्याउने, नियमित खोकी लाग्ने, औषधी खाँदा पनि सञ्चो नहुँने अबस्था आउने डा अशोक कुमार पण्डितले बताए ।

    लामो समयदेखि अलपत्र चार लेन

    घोराही–तुलसीपुर चारलेनको काम विसं २०७५ माघदेखि सुरु भएको हो । ३० महिनामा काम सक्ने गरि सम्झौता भयो । तर, अहिलेसम्म पनि त्यो काम पूरा नहुँदा यात्रुहरुलाई मात्रै नभई वरपरका बासिन्दाहरुलाई पनि समस्या हुने गरेको छ । उक्त सडकमा अहिलेसम्म ७ पेटी ठेकेदार फरिएका छन् । चौथो पटक म्याद थप भइरहसकेको छ ।

    विसं २०७८ जेठ ६ गते भित्र काम सक्नु पर्ने भएपनि त्यसो हुन सकेन् । काम सक्ने त टाढाको कुरा ६ प्रतिशत भन्दा बढि प्रगति हुन सकेन । त्यसपछि २०७८ साउन २७ गतेसम्म काम सक्ने गरि पहिलो पटक, २०७८ पुस २८ गते सक्ने गरि दोस्रो पटक म्याद थप भयो । तर, काम अघि बढ्न नसकेपछि तेस्रो पटक २०७९ बैशाख २९ गते सक्ने गरि म्याद थप भएको थियो ।

    त्यो समयमा पनि १० प्रतिशत भन्दा बढि काम हुन सकेन् । अहिल खरिद ऐनको १२ औं संशोधनले चौथो पटककालागि विसं २०८० असारसम्म स्वतः म्याद थप गरेको छ । सुरुमा अष्टभैरव निर्माण सेवाका अनुप पाण्डेले ठेक्का पाए त्यसपछि सुवास श्रेष्ठ, जनक डाँगीले पेटी ठेकेदारका रुपमा जिम्मा पाए ।

    त्यसपछि पुनः अनुप पाण्डे आए । उनले पनि गर्न नसकेपछि एकेन्द्र खड्का,विजय पाठक र रोशन श्रेष्ठले पनि प्रत्येकले पेटी ठेक्का पाए । उनीहरुबाट पनि काम हुन नसकेपछि अहिले सुनिलजंग रायमाझी आएका हुन् । पटक पटक म्याद थप हुने तर, काम नसिकदा नागरिक स्तरबाट पनि विरोध हुने गरेको छ । केही दिन अघि मात्रै सामाजिक अभियन्ताहरुको पहलमा चारलेनमा परेका खाल्डाखुल्डी पुर्ने काम भएको थियो ।

    चारलेन सडक भ्याट सहित १ करोड २१ लाख ८२ हजार तीन सय १ रुपैँया अमेरिकी डलर ९ नेपालीमा १ अर्ब २३ करोड ० मा निर्माण हुन लागेको हो । भारतीय तथ्य इन्जिनियरिङले ठेक्का लिएको हो । तर, उसले बिभिन्न पेटी ठेकेदारलाई जिम्मा दिने तर, समयमा काम नगर्ने अबस्था हुँदा नागरिकले निकै सास्ती खेप्नु परेको छ ।

    पछिल्लो समय पुस १८ देखि बुटवलका सुनलिजंग राइमाझीले पेटी ठेक्का पाएका छन् । तर, उनले पनि काम अगाडी बढाउन सकेका छैनन् । तोकिएको समयमा ठेक्काको ३० प्रतिशत काम नसकेकाले अहिले ठेकेदार कम्पनीलाई दैनिक करिब ३ लाख २१ हजार ९ सय रुपँैया जरिवाना गर्ने गरेको छ । कूल रकमको १० प्रतिशतसम्म जरिवाना हुने व्यबस्था अनुसार ठेकेदार कम्पनीलाई जरिवाना गरिएको हो । यसको मुख्य ठेकेदार भारतीय तथ्य इञ्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट रहेको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.