• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

काभ्रे जिल्लाको कुल सङ्क्रमितमध्ये ४१ प्रतिशत एउटै अस्पतालमा

  •   आइतबार, भदौ १४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काभ्रे ।  जिल्लाको कूल कोरोना सङ्क्रमितमध्ये ४१ प्रतिशत बनेपा नगरपालिका-१३ भैँसेपाटीस्थित स्पाइनल इन्जुरी अस्पतालमा मात्रै छन् । उक्त अस्पतालमा पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या बढिरहेको तथ्याङ्कले देखाएको छ ।

    शनिबार मात्रै थप ३६ मा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म उक्त अस्पातालमा जिल्लाको कूल सङ्क्रमितमध्ये ४० दशमलव ३१ अर्थात् १०४ सङ्क्रमित भएका छन् । तीमध्ये ७२ अस्पतालमा उपचाररत बिरामी र बिरामी कुरुवा सङ्क्रमित छन् ।

    यसबाहेक अस्पतालका २७ कर्मचारी, ११ प्रशिक्षक र अस्पतालको क्यान्टिनमा कार्यरत चार सङ्क्रमित भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्ट काभ्रेपलाञ्चोकले जनाएको छ ।

    पोष्टका अनुसार सङ्क्रमितमध्ये ९६ सोही अस्पतालमै, छ होम आइसोलेसनमा रहेको, एक बनेपास्थित शिर मेमोरियल अस्पताल र बाँकी एकको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ ।

    अस्पतालको सम्पर्कमा रहेका १२ स्थानीयवासीमा समेत सङ्क्रमण देखिएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्र झाले बताउनुभयो । “उक्त अस्पतालमा केही दिनदेखि अप्रत्याशितरूपमा सङ्क्रमितको सङ्ख्या बढिरहेको छ, अस्पतालका अन्य र सङ्क्रमित स्थानीयको सम्पर्कमा रहेकामा थप कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षणको दायरा बढाइरहेका छौँ”, उहाँले भन्नुभयो ।

    झाका अनुसार यसअघि धुलिखेल अस्पतालमा मात्रै कोरोना भाइरस परीक्षण गर्दै आइएकामा हालै मात्र सदरमुकाम धुलिखेलमा प्रादेशिक प्रयोगशाला स्थापना भएपछि सङ्क्रमण परीक्षणको दायरा बढाउन निकै सहज भएको छ । उक्त अस्पतालका एक कर्मचारीमा यही भदौ १२ गते पहिलोपटक कारोना सङ्क्रमण देखिएको थियो ।

    त्यसलगत्तै भदौ ३ गते एक स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएपछि उक्त अस्पतालमा पछिल्ला केही दिनमा उच्च सङ्ख्यामा सङ्क्रमण फैलिएको तथ्याङ्कले देखाएको छ । यसमध्ये पनि भदौ १० र १२ गते सङ्क्रमण सङ्ख्या बढी देखिन्छ ।

    उक्त अस्पतालमा सङ्क्रमण नियन्त्रणका लागि शनिबारदेखि स्वास्थ्यकर्मीको एक टोली परिचालन गरिएको छ । स्वास्थ्य प्रमुख झाले उक्त अस्पताल र स्थानीय समुदायमा सङ्क्रमण नियन्त्रणका लागि सहयोगको अपिल गर्नुभएको छ । अस्पताल प्रशासनले सावधानी अपनाउँदा अपनाउँदै सङ्क्रमणदर बढेकामा चिन्ता व्यक्त गर्दैै स्वास्थ्य-सुरक्षा मापदण्डानुसार सङ्क्रमण नियन्त्रणमा गम्भीरतापूर्वक लागेको जनाएको छ ।

    धुलिखेल अस्पतालमा पनि ३१ स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । योसँगै जिल्लाका ५२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको पोष्टले जनाएको छ । पोष्टका अनुसार २२ सुरक्षाकर्मी पनि सङ्क्रमित छन् । जिल्लामा काभ्रेपलाञ्चोकमा हालसम्म २५८ लाई कोरोना सङ्क्रमण भएको छ । यसमध्ये एक पुरुष र एक महिलाको मृत्यु भइसकेको छ भने ९३ उपचारपछि घर फर्किएको र १६३ अस्पताललगायत विभिन्न स्थानको आइसोलेसनमा उपचाररत रहेको पोष्टले जनाएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.