काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख तीन हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलामा एक लाख दुई हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ ।
आज चाँदी तोलामा एक हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।








